Sunday, July 13, 2008

घुमघाम

विविध कारणले गर्दा ब्लग अपडेट गर्न पाइ रहेकी थिइन । आज धेरै दिन पछि अपडेट गर्न कम्प्युटरमा बसे । तर खासै ब्लगमा हाल्ने सामग्री त जुटाउनै सकिन अनि यसो सोच बनाए कहिले काही त पुराना तस्बिरलाइ पनि सदुपयोग गरौ । यसो पुरानो खिचेको केहि तस्बिरहरु वल्टाइ पल्टाइ गरी यहा राखीदिए
घुमघाम गर्न चाहनु हुने साथीहरुलाइ यो सुन्दर स्थलहरुले भरिपूर्ण धनकुटा पनि एउटा राम्रो गन्तव्य बन्न सक्छ । यहाँ धेरै नै राम्रा ठाउँहरु छन जिल्लामा रहेका केही घुम्नै पर्ने ठाउँहरु तपाइहरुको सामु पस्केको छु एक चोटी यतै जाउँ न त? म तपाइहरुलाइ एउटा सुन्दर ठाउँ लैजान्छु एक छिनसगँ यात्रा गरौ न है ?तपाइहरु जहाँ हुनुहुन्छ त्यहिबाट सिधै धनकुटा,हिले सम्मको रात्री बस उपलब्ध छ । हैन त्यसरी रात्रीवसमा जान सकिन्न भने पनि केहि छैन तपाइ धरान सम्मको (दिवा तथा रात्री) बसमा जान सक्नु हुन्छ । जादा धरान नै पनि एउटा राम्रो गन्तव्य बन्न सक्छ । या एउटा नेपालकै सुन्दर नगरी हो । जहाँ तपाइको १२ घण्टाको बसको यात्राले थकित मन पनि त्यसै फुरुङ्ग बनाइ दिन्छ । अब जाउ धरानबाट १६ कि.मी. उकालो.... यो धरानको उत्तर समुद्रसतहवाट १४२० मी. को उचाइमा पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर ठाउँ जुन भेडेटार बजारको नामले परिचित छ । यसलाइ म पुर्वको नगरकोट भन्न रुचाउछु। चिसो ठाउँ,स्वच्छ वातावरण,नागबेली सडक तथा मनमोहक दृष्यहरु यहाँका प्रमुख आर्कषण हुन। यी एक चोटी नजर लगाउनुस त यहाँ । छैनत सुन्दर ?
यो धनकुटा जिल्लाको दक्षिणी प्रवेशर पनि हो । यहाँबाट धनकुटा सदरमुकाम ३६ कि.मी. दूरीमा रहेको छ । भेडेटारबाट ओरालो र उकाला करीब १० वटा जति नागबेली घुम्तीहरु काटेर धनकुटा पुगिन्छ ।
हजुर यी माथीका डाडाँहरु धनकुटा बजारको एक भलकहरु हुन् । अब यो धनकुटा नगरपालिका स्थीत धनकुटा बजार छोडेर हामी फेरी उकालै लागौ । धनकुटा बजारको बसपार्कबाट करिब १२ कि.मि. अगाडी लगभग भेडेटार जतिकै चिसो ठाउँमा पुग्न सकिन्छ जसको नाम हो हिले । यो समुद्रसतहबाट करीब १९५० मीटर उचाइमा अवस्थित छ । यस हिलेबजार धनकुटा नगरपालिका वडा नं. १ मा अवस्थीत परदछ । कोशी राजमार्गमा पने हिले बजारबाट अघि बढेर तेह्रथुम, संखुवासभा तफ गएको छ भने भोजपुर तथा तुम्लिङ्गटार तफ जाने सडक पनि यहाँबाटै छुट्टिएको छ । हिले एक सानो पहाडी बजार हो । हिले एउटा व्यापारीक केन्द्र पनि हो । यहाँको तोङ्गवा र सुकुटी निकै प्रसिद छ । यदि तपाइहरुले पनि यहाँ पुगेर यहाको सुकुटी अनि तोङ्गवाको स्वाद लिनु भएन भने तपाइले जीवनमै निकै महत्वपूर्ण कुरा मिस गर्नु हुनेछ । यहाँ पर्यटकहरुकालागि सुविधाजनक होटल, लजहरु उपलव्ध छन। वर्षभरी चिसो हावापानी रहने हुनाले हिलेमा पनि चिसो वातावरणमा रमाउन चाहने मानिसहरु वर्ष भरी नै आइरहन्छन त्यसैले त तपाइहरुलाइ पनि सगैँ लान लागीरा छु नी ।







अव वाया तफको तेह्रथुम जाने बाटो छोडेर दाया तफ मोडौ अनि करिब १२ कि.मि. अगाडी बढौ त अब................. एक पटक यो भित्तालाइ पनि नियाल्ने कि त ????
हजुर यो हो पाखि्रबास, यी भित्ताहरु सदैव तपाइहरुको स्वागतमा हासी रहेको हुनेछ । मैले आज लैजान खोजेको ठाउँ पनि यहि सम्म हो, यो घुम्न जानेहरुको लागी उपयुत्त गन्तव्य स्थल । यी रङ्गिन भित्ताहरु आफै पनि मनमोहक छ यो एउटा कृषी अध्ययन अनुसन्धान केन्द्र पनि हो । यहाँ भित्र तपाइहरुले विभिन्न प्रकारका बनस्पति तथा जनावरहरु पनि नियाल्न सक्नु हुन्छ भने यहा विभिन्न किसिमका बोट विरुवा निसुल्क वा ससुल्क प्राप्त गर्न सकिन्छ । नीकै वष देखि यो क्षेत्र एउटा रमाइलो पारिवारिक पिकनिक स्पटका रुपमा पनि विकसित हुदै आएको छ । यहाबाट अगाडी गयौ भने अरुण पुग्न नि सकिन्छ तर यात्रा यहि विसर्जन गरौ । कस्तो लाग्यो त यो पहाडी यात्रा?एक चोटी जानेकी त यहा सम्म ?

8 comments:

कैलाश said...

दाम्मी ६ नि त यार । त्यता जानु नपाको पनि धेर भयो । अब अहिलेलाइ मगरमिगिनबाटै घुमघाम गरियो है। अनि अहिले त पानि पनि परेको पर्यै होला है?

Basanta said...

सुन्दर तस्बीरहरु राख्नुभएकोमा धन्यबाद! अहिल्यै जाऊँ-जाऊँ जस्तो लागिसक्यो। एकचोटि नगई त यो जुनी के सकिएला र:)

मनु ठाडा मगर (MANU) said...

ब्लग हेरी प्रतिकृया दिनु भएको मा सबै साथीहरुलाई धन्यवाद। अनि कैलाश दि पानी त धनकुटा भरि मै बढी पर्ने ठाउँ यो। तै पनि तेती असर चै पार्दैन है पानीकै कारणले। अनि बसन्त जी लाई पनि धेरै धन्यवाद । बसन्त जी लाई सधैं स्वागत छ हाम्रो धनकुटा अनि हाम्रो पखिबास् मा ।अनि पक्कै पनि पखृबास् नगै त यो जुनि सकाउनै पनि भएन नि
.

Unknown said...

tashbir dhari ramro lagyo ani geet samjhe

Dhankuta hile maan hamro mile...

ani chai birshye

prayash ramro chha. la la

साहित्यसंगम said...
This comment has been removed by the author.
साहित्यसंगम said...

मनु जी धेरै नै राम्रो कलेक्सन हो फोटो हरु पनि धेरै नै राम्रो छन, तपाईंको प्रयासलाई सलाम है त।

Unknown said...

५४ सालतिर हो क्यारे म एक पटक गा'को थें धनकुटा । आज फेरी गए झैं लाग्यो । धनकुटाको पिपल चौतारीमा एकदिन दिनभरी बदाम खाएको र साथी भेट्न सल्लेरी ब्यारेक गएको बाहेक अरु सम्झना त सबै हराईसकेछ अब त । धन्यवाद फेरी धनकुटा घुमाउनुभएकोमा । साह्रै सुन्दर ठाउँ हो धनकुटा ।

Anonymous said...

Hi, just wantеd to say, I enjoyed this post.
Ιt ωаs іnѕpіring. Keep
οn роsting!

mу ωeb pagе; ipad repair puchong