Monday, July 14, 2008

मान्छेहरु

आज मन मस्तिस्कैबाट अफिसको काम गर्ने जाँगर हराएर आएकोले व्लग तिरै आँखा दौडाए । व्लगमा के गर्ने त? सोचे कविताको पालो आए जस्तो छ ,तर कस्तो कविता हाल्ने त? सोच्दासोच्दै दैनिक पत्रिकाहरुमा प्रकाशित समाचारहरु सँग मिल्ने आफ्नै कविता सँग्रहको एउटा कविताको याद आयो, लौजा एउटा आफ्नै कविता सँग्रहको कविता हाली दिए समय सान्दर्भिक छ या छैन थाहा छैन अनि यो कविता भन्न मिल्छ वा मिल्दैन त्यो पनि थाहा छैन । त्यसैले यो छुट्‍याउने काम चै तपाइहरुलाइ नै जिम्मालाइ दिए

आज भोली मानिसहरु फेरी हास्न छाडेका छन्
किन हो कुन्नी कुराहरु मन मै राख्न थालेका छन्
हिमाल चढ्‍न चालिएका पाइलाहरु शिखरमा कहिल्यै नपुग्ने भएका छन्
आफैले हिड्‍न थालेका बाटाहरु आफैले विर्सन थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्

एउटा लक्ष लिएर बाटो लागेकाहरु लक्षमा पुग्न छाडेका छन्
थालिएका काम पनि अधुरो अधरै छाड्‍न थालेका छन्
देश बनाउछु भनि लागेका नेताहरु देशै छाडी भाग्न थालेका छन्
धिकार दिलाउन लागेकाहरु आफै घर भत्काउन थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्

मानवताको अर्थ नबुभी रहरहरुको लहर बोकी दौडन थालेकाहरु
आफुले गर्न सक्नेकामहरु पनि विचैमा छाड्‍न थालेका छन्
आफ्नै स्वार्थ पुरा गर्ने मात्र ध्येय राखी अरुलाइ कन्याउन थालेका छन्
न्‍षड्‍यन्त्रको जालो बुनि सुन्दर सपनाको पालुवा भाच्न थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्

जन्मने वितिकै थालिएका कामहरु अनि आफ्नै कर्तव्य विर्सेर
जो पनि अरुलाइ भाजोहाल्न मात्र सिक्न थालेका छन्
एक पटक एकतान्त्रिय तानाशाहिको गन्ध फैलाउन खोजेका छन्
आफ्नै गाउँघर बनाउछु भनि लागेकाहरु आफ्नै पेट भर्न लागेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्
मान्छे माथि मान्छेको भिडमा आफै आफै हराउन थालेका छन्

6 comments:

Admin Dummali said...

अंग्रेजीमा के पो भन्छन , एक्स्लेन कि के भन्छन हौ , मलाई यो अंग्रेजी नअएनी यो सय प्रतिशत चै समय सपेक्षा कबिता हो भन्ने मलाई लागेको छ ।
हुन त मान्छेको आ-आफ्ना बिचार अनि अभिब्यत्ति फरक दृस्टिकोण,फरक बिश्लेशन, फरक परिभाषा हुन्छनै,यदि सन्सांरमा बिचार एउटै भएको भए किन युद्द हुन्थ्यो र हैन? ।
सहित्यले जहिले पनि सिंगो राष्ट्रलाई बोकिरहेको हुन्छ, र होलसेलामा बिक्री गर्न लागेका ती दलालीहरुलाई खबरदरी गर्दछ ।

Unknown said...

dear maya
i like your blog so much.
thankyou verry much.

Basanta said...

समयसापेक्ष कविता छ। राम्रो लाग्यो।

Netra P. Paudyal 'Krishna' said...

Hi Dhankuteli cheli,
Thanks for the nice blog and informative articles including this wonderful poem. I am glad that I could see some beautiful pics of Dhankuta and uttarpani. You know I also worked in Dhankuta for some time. I went up to Chintang as well. It is an amazing place.

मनु ठाडा मगर (MANU) said...

मेरो कबितलाई मन पराएर प्रतिकृया दिनु हुने सबै साथीहरुलाइ धेरै धेरै धन्यवाद । मेरो बुझाई र दिमगले भेटे सम्म कोरेको कबिता समये सापेचिक् भनि दिनु भयकोमा धेरै धन्यबाद् अब् बाकि रह्यो ब्लग् को, खासै तेति राम्रो त होइन तर सके सम्म् राम्रो बनाउने कोशिसमा छु ।

Anonymous said...

wow! dherai ramro. & malai khusi lagy. purano sathi ko rachana herera