Tuesday, September 2, 2008

गल्ति

पूर्णिमाको रात , टहटह जुनको उज्यालोले चन्द्राको नशा नशामा आफ्नै प्रकारको अनुभुति दिलाइ रहेको थियो । जताततै बनावटी बस्तुहरु मानिसलाइ जिस्काइ रहेका थिए । जहातति मानिसहरुको भिड र होहल्लाबाट आज चन्द्रा टाढा थियो नितान्त टाढा विलकुल एकान्तमा, शहरको होहल्ला धुवाधुलो र भिडबाट धेरै टाढा उसको आफ्नै गँउमा, जहा कृतिमताको आभाष केहिमा हुन्न थियो न त त्यहा गाडीहरुको घार्रघुर्र आवाज, न त फोनको घण्टि, चकमन्न गाउँहरु बति नपुगेकोले बस्तीहरुमा सानो सानो धिपधिपे दियालो बलेको मात्र देखिन्थ्यो । वरपर निकै अध्यारो गाउँ,यसो नियालेर हेर्दा सातकोष पर जति मसिनो मिलिमिली बत्त बलेको धरान बजारको एउटा छेउ देखिन्थ्यो त्यहाबाट । त्यसैले आकाशमा जून पनि आज मस्ति सँग आफ्नो उज्यालो प्रकाशको शक्ति देखाउदै नाची रहेको थियो ।चन्द्रा बाहिर बरण्डामा उभिएर वरपरका सुनसान गाँउलाइ नियाली रहेकी थिइन् कतै कतै भ्वाङ भ्वाङ भोटे कुकुरको भुकाइ बाहेक पारी जगंलमा कोइलीको एकोहोरो कुहु कुहु आवाज सुनिन्थ्यो,राती कराउने किरिरिरि किराको आवाजले अलि कति सगिंतमय बनेको थियो वातावरण। अनि नजिकैको खोला बहदाको कलकल आवाज आहा कति सुनसान,कति एकान्त कति शान्त साच्चै मैले चाहेको र खोजेकै जस्तो शान्त वातावरण, यहा बसेर पढे ता सबै दिमागमा बस्छ होला मन मनै वात मार्छिन् अनि अलि परतिर पट्टिको झ्यालबाट निस्केर बार्दलिमा उभिन पुग्छन् एकटकले नजिकैको मुलबाटोलाइ निकै बेर हेर्छिन अनि खै मनमा केके सोचे जस्तो गरि जून तिर हेरेर मुसुक्क मुस्कुराउछिन्, निकै वर्ष भै सकेको रहेछ उनि त्यहा नपुगेकी पनि समय कति चाडो वित्दो रहेछ । हिजो अस्ति भरखर जस्तो लागेको थियो छोडेर बाबा ममि सँग काठमाण्डौ गएको त्यहाबाट फर्केर त्यो जन्मभुमिलाइ चुम्ने सौभाग्य उनलाइ मिलेको थिएन ।

जुनेलीरातको शन्त वातावरणले उनिलाइ फेरी एक पटक आफ्नो बाल्यकालको सम्भना दिलायो जता ततै जुन पोखिएको त्यो वातावरण कहि कहि रुखको छाँया परेको, उनिलाइ अति मनमोहक लाग्यो ती दृष्यहरु रातको सुन्यतामा एक्लै उभिएर चारैतिर नियाल्न थालिन मनमा के के कुरा खेलाएर जाडो महिनामा जहा उनि एका विहानै बाटा भरी सेताम्य परेका हिउ धेरै चिसोले जमिएर सिसा जस्तै बनेका बनेका ति बरफका टुत्राहरुलाइ पातलो चप्पलले झरप झरप टेक्दै घर देखि निकै परको जगंलमा घाँस काट्‍न जान्थिन । माथिल्लो घरको भाइले साथी नदिएके दिन स्याल कराउदा पनि डराएर रुदै घाँस नलिइ घर फर्केको घट्‍ना सम्भि आफै खित्खिताइन ।
ति पाखा पखेराहरु सँग मितेरी गाँस्दै ८ वर्ष सम्म त्यहि विताएकी चन्द्रा खुल्ला आकाश अनि अगेनाको भुब्रोमा रहेका आगोको कोइला भै देखिने ति ताराहरु अनि पूर्णेको दिन देखिएने पूर्ण चन्द्रमा निकै मन पराउथिन्। घण्टौ सम्म दाइलाइ त्यो जून टिपिदे भनि झगडा गरि रहदा एक दिन दाइले गालामा दिनु भएको चडकन पनि सम्झना आयो, अर्ध सपनामा चड्‍कीएको त्यो गाला छाम्दै मुस्कुराइन पनि ।

रात आफ्नै सुरमा चिप्लिरहेको थियो । चिसो बतासको स्पर्सले उनी फेरी झसग झस्कन पुगिन अनि फेरी काठमाण्डौं र त्यहि गाँउको तुलना गर्न थालिन । अघिल्लो हप्तामात्र नेपाल बन्दमा गाँडी चलाएको आरोपमा आफ्नै गाँडी अगाडी टाउको फोडेको, दोश्रो तल्लामान बस्ने गोमा दिदीको विधुतिय तरङ्गलाइ नाङ्गोहातले छुदा भएको दुर्घटना, शीवरात्रीको दिन भङ्ग धतुरो खाएर एक आपसमा झगडा गर्दा हानाहान र भागाभाग गर्दा प्रहार गरेको ढुङ्गाले चर्काएको उनको झयालको सीसा अनि धुवा धुलो चक्का जाम होहल्ला कोलाहल, कसैले कसैको बारेमा सोधीखोजी गर्दा वास्ता नगर्ने सहर वासीको ब्यबहार सम्झेर दिक्क भइन । फेरी त्यहाको गाँउ बासीको एकता आत्मिएता, सौहार्द पूर्ण वातावरणमा सम्पन्न गरिएको कुनै पनि काम देख्दा आकाश जमिनको फरक पाइन । ति गाँउलेहरुको मिठास पूर्ण बोली, संम्यमप”या व्यवहार सम्झेर गदगद्‍ भइन साच्चै मेरो गाँउलेहरु महान छन्। एकआपसमा यति मिलोमतो छ । सबै ठाउँमा यस्तै भै दिए.................. अनि फेरी ती छिल्याहा सहर बासी युवाहरुको व्यवहार, कुनै ब्यक्तिको बारेमा सोध खोज गर्दा सुनेर पनि मुन्टो फर्काउने ब्यापारीहरुको व्यवहार देख्दा उनि निकै चिन्तित भइन । जति ति २ ठाउको ब्यक्तिहरुको व्यवहार तौलियो उति खस्किदो सहरकै पाइन्। कता कता दुख: अनि रिस उठेर आयो । उनि रिसले रन्फनिएर फेरी थाम समाउन पुगिन किन यस्तो हुन्छ ???मनमा कुरा खेलाउदा खेलाउदा दिउसोको कुराहरु पनि तरङ्गीत हुन थाल्यो । एक पछि अर्का कुराहरु तछाड मछाड गर्दै आउन थाले फेरी आफुलाइ अलि सम्हाल्दै बार्दलीको थाममा अडेसिन पुगिन्। लामो सास फेर्दै त्यो उज्यालो जूनमा पनि कता कता ग्रहण लागेको महसुस गर्न थालिन्। त्यहि चन्द्रमामा देखिएको दागहरुलाइ केलाउदै मनमा विभिन्न कुरा सोच्न थालिन्। आफैमा प्रश्न गर्न थालिन के मानिसको जीवन सघंर्ष सघंर्षले जेलिएको हुन्छ । के सरस र सरल आफ्नो जीवन जीउने अधिकार हामीमा छैन ? करकापले मात्र जिवन जिउनु छ भन्ने कुरा कुनै शास्त्रमा लेखिएको छ र ?? उनका मनमा प्रश्न माथी प्रश्न खडा हुन थाल्यो तर निरुतर भै उभिरहन्छिन् उनि । यति ति सब प्रश्नको उत्तर भएको भए त यत्तीका पछि यो गाउँमा फर्कने पनि त थिइनन नी त ?

विचरीको शहराँ कुनै एक गरिब तर इमान्दार केटो सँग हिमचिम नीकै बढेको थियो तर काठमाण्डौमै घर सर जोडेर ठुला बडा भनाउदा नेताहरु सँगको संसर्गमा चलखेल गर्न सिकेका पिताश्रीले कहाँ उस्तै त्यस्तैलाइ हेर्थे र ज्वाइ राजा बनाउन ??? छोरीको उमेर ढल्किदै गएकोबेला बाबैको मनमा पनि छोरीको विबाहका सपनाहरु उनिन थालिसकेका रहेछन्। त्यहि सपना बमोजीम उहाँकै साथीको छोरो अस्ट्रेलियाबाट इन्जिनिएरी सकेर आएका सौरभसँग लगन गाँठो कस्नलाइ कुरोकानी छिनि दिएको कारण चन्द्रा आज गाँउ भाग्नु परि रहेको छ ।त्यस कुरामा विवाद नगरेकी पनि कहाँ हो र?? आफ्नो कुरा पनि प्रस्टै राखेकी हुन तापनि कुन आमा बुवाले आफुले दिएको वचन फिर्ता लिन चाहन्छन र? बाबा आमाले कुराको छेउ नछोइ दिए पछि दाइलाइ अमेरीका सम्म फोन गरी आफ्नो कुरा राखेकी हुन तर दाइ पनि काहाँ??तेरै भविश्यको लागी हो बा किन भाउ खोज्छेस्?? बा र आमाले राम्रो छ भन्नु भएको छ भने राम्रै त होलानी ?? तँ आफै भन न कुन बुवा आमाले आफ्नो सन्तानको भविश्य अन्धकार हेर्न चाहन्छन र?? बा आमा भनेको डाँडा माथीको जुन घाँम हो नानु त्यसैले भनेको मानेस् किन बुडेसकालको मन रुवाउछौ??

जीवनमा बुवा आमाको कुरा कहिल्यै नकाट्‍ने छोरी,दाइहरुको इशारामा नाच्ने बहिनी खै कुन्नी आज अचानक कसैलाइ थाहै नदिइ सुटुक्क गाँउको काका घर शरण लिन पुगेर प्रेम अन्धो हुन्छ रे भन्ने उखानको चरितार्थ आज चन्द्राले गर्दै छिन्। चन्द्रा जन्मन त गाँउमै जन्मेको हो र त्यस पाखा पखेरामा जीवनको पुर्वाध पनि विताएकै हो तापनि पछि शहराँ छिरे पछि शहरिया वातावरणमा हुर्केकी घरमा नोकर चाकरका साथमा बढेकी केटि त्यतै सिन्धुली तिरको ठिटो सोनमसँग कसरी माया प्रीती गास्न पुगीन कसैलाइ पनि थाहा छैन । भन्छन रे चन्द्रा म सँग धन छैन खाली एउटा मन छ त्यहि मन पनि तिमी सँग साटी सके अब तिमी अन्तै बाटो मोड्‍छौ भने मेरो बाच्नुको के अर्थ रहन्छ र??साथीहरु सँगको भेटमा पनि भन्दै थिए रे सुन्दर अनि सुसिल छिन् उनि जसको सहाराले म सँसार सबै जीत्छु झैलाग्छ, उनको सम्झनाले मात्र पनि मलाइ एकोहोरो अगाडी बढ्‍‍न प्रेरण मिल्छ । जीवनमा उनीलाइ म सुख अनि सम्पति त दिन सक्छु या सक्दिन तर खुसीको झोला कहिलै पनि रीत्तो राख्न दिने छैन । अरु साथीहरुले भो भो प्रेम नगर तँ प्रेममा फस्नेछस भन्दा जवाफमा उ तिमीहरु पनि एक चोटी मेरी चन्द्रालाइ भेट दिवाना बन्नेछौ सबैजना भन्ने गर्छ रे ।

एक छिन भए पनि सोनमको यादमा हराउन पुग्छिन फेरी नजीकैको बाँसघारीमा कोइलीको कुहु कुहु मधुरो आवाज सँगै सम्झनाबाट ब्युतिन्छिन्। अनि त्यो शहरको भिडभाडबाट फेरी काका घरको बार्दलीमा आइ पुग्छिन्। उनको मनमा आज विल्कुलै ताजापनको आभास छाइ रहेको छ । १२ घण्टाको त्यो एक्लो यात्रा पछि गाँउमा बाटो विर्सदै विर्सदै आइ पुगेकी घर देखि माथी एउटी ६०,७० वर्षको हजुर आमालाइ काकाको घर जाने बाटो सोध्दा नौलो देखेर खाला जामे नानी आइ ? खाइ घ्‍याम खाबा?? खाइ सेवा???(कस्को छोरी नानी तिमी? कहाँबाट आएकी?? कहाँ सम्म हिडेकी???) भनि मायालु स्वरले प्रश्न तेर्साउदा नवुझेर वाल्ल परेकी थिइन एकछिन्। हुनत नया ठाँउमा घुमघाम गर्नु, नया नया ठाउको बासिन्दाहरु सँग भलाकुसारी गर्दै नया विषयको ज्ञान लिनु, पुरानो टिकटहरु संकलन गन पत्र पत्रिका संकलन गरेर पढ्‍नु त उनको रुचीकै विषय हो यसका अलावा सामाजिक काममा हात हाल्न पनि नचाहेकी होइनन तर जीवनमा गर्नु पन कुराहरु धेरै देखेर कहाँबाट सुरु गर्ने भन्ने कुरामा सधै अल्मलिन पुग्थिन उनि कुनै पनि विषयमा गहिरीएर अध्ययन गर्न थाले आफैलाइ तुलना गर्न पनि पछि पर्दिन थिइन,कुनै बेला पारिजातको चर्चित पुस्तक शिरिषको फुल मा आफै मुख्य पात्र बन्न पुग्थिन त कुनै बेला लिला बहादुरको क्षत्रीको बसाइ उपन्यासकी मैना भएर बसाइ सर्न खोज्थिन भने कहिले सरुभक्तको चुली भित्र यात्रा गर्दा गर्दै आफै चिप्लिएर कोसौ तल पुग्थिन त कहिले विधान आचार्यको कविता पीडा मा सँग सँगै बहकिन खोज्थिन्। कहिले टेलिभिजन सिरीयल परिचय मा सरिताको परिचय खोज्दा खोज्दै आफै बहुलाउन खोज्थिन्‍ त कहिले संस्कार मा बाबु वोगटीको संस्कार सिक्न छाडी सौजन्य सुव्वाको मोडलीङ्ग मोह देखेर आफै मोडल बन्न तम्तयार हुन्थिन्। यस्तो पनि हुन्छ कतै?? नजिकैको सहेली रीनाको टिप्पणीले सोच्नै पर्ने बनाउथ्यो उनलाइ । साहित्यमा डुवुल्की मार्न त्यति सजिलो त कहा छ र ? तर पनि सुवि सुधाको गीत कस्तो भयो होला गाँउ सँगै पलेटी कस्दै झमक कुमारी घिमिरेको लेखाइ सँग काधमा काध मिलाउदै ध.च.गोतामेका घामका पाइला सँगै उदाउन खोज्थिन पनि । यसै गरी कुनै ठोस उदेश्य र लक्ष्य विना नै पनि साहित्यको पाइला नाप्न समेत पछि पर्दिन थिइन । यस्तै उदेश्य विना कै यात्राले आज सुनसान गाँउमा कीराको कीरीरी आवाज सँगै वात मार्न पुगेकी छन्।

आज धेरै दिनपछि शहरको रमझम, होहल्ला, दुर्गन्ध,धुले सडकबाट मुक्ति मिलेता पनि मन भित्रको त्यो अप्ठेरो पनबाट मुक्ति मिलेको छैन । मन भरि प्रश्नै प्रश्न अनि डरले घेरीएको छ उनको मन्। आज पहिलो पटक घरबाट विना स्विकृति लामो यात्रामा निस्किएकी हुन्। आउने वितिकै काका काकीले आश्चर्य मान्दै सोध्नु भएको प्रश्न अरे नानी तँ??आउने कुनै अत्तो फाट थिएन कसरी आइस एक्लै?? दाइले हिजो फोन गर्दा सम्म केहि भन्नु भएको थिएन त ??? ले मनमा परेड खेली रहेकै छ ।बेला बेला उनको आफ्नै व्यवहारले चित्त नबुभmनुको चुलि आकासिन्छ । समय पनि अचम्मै छ घुमीफीरी रुम्जाटार भने झै विर्सिन लागी सकेको यो सानो गाँउमा फेरी भागेरै सहि आइपुगेको छ । फेरी पनि एउटा अर्का प्रश्न ले उनको मनमा चक्रमारी रहेकै छ । यति ठुलो धोका किन दिएँ हुँला घरमा??कुनै पनि समस्याको समाधानै नहुने त होइन नी??समस्याबाट टाढा भाग्नुको के अर्थ ?? कायर अनि लाछीको सकेंत झुटो बोल्नु हो , अघि नै मैले काका काकी सँग झुटो बोलेर लाछी बनी सकें, आज त छले भोली वा पर्सि उहाँहरुले थाहा पाउनु भो भने?? आफ्नो कमजोरीलाइ हतियार बनाइ धम्कि देखाइ घर छोड्‍नु आफ्नै गल्ति हो । अहिले यसरी घर छोडेर हिड्‍नुको परिणम भोली समाजले आफु अनि आफ्नो परिवारलाइ पक्कै दिनेछन्। उनको मन भित्रको कुराहरु झनझन पहाड झै चुलिएर आयो, बल्ल उनले गरेको गल्तिको सहि महसुस गर्न थालीन्,अब भोली बिहानै काका काकीलाइ वास्तविकता बताउने र चाडै आतिइ रहनु भएको आमा बुवालाइ गाँउ आएको जानकारी गराउने निणर्य गर्छिन्। आफ्नो हरेक गल्ति स्विकार गर्दा गर्दा चिसो बतासले अब त रात पनि धेरै छिप्पिइ सक्यो सुत्न जाउ भन्ने आभाष दिलाए पछि मिठो निन्द्रको कल्पनामा डुवुल्कि मार्दै एसो के फर्किए थिइन् ड्‍याङ्ग टाउको झ्यालमा ठोक्किन्छ,टाउको रन्केर तिन तारा सात भुवन सँगै तोरीको फुल देख्छिन फुत्त मुख बाट निकालिन् एया झ्याल पनि कति होचो? ?
मैले मात्र कहा गल्ति गरेको हुँ र? काकाले पनि त झ्याल होचो राखेर जीवनमा ठुलै गल्ति गर्नु भएछ नी !

1 comment:

bishwo said...

HI SISTER
ahile yaha samma aaipugda timro story lekhai ma dharai nai pragati bhayeko lagyo kina u know..THE HUMEN BRAIN IS NOT BIGGER THAN THE SIZE OF A FIST OF A PERSON BUT IT IS DEEPER THAN AN OCEAN AND HIGHER THAN MT. EVEREST.... I RESPECT YOUR WRITING SKILLED AND WISH U ALL THE BEST .