Friday, November 7, 2008

आफ्नै दुइ पल

दिन आफनै रफ्तारमा दौडिएछ । रात सुलुलु चिप्लिएछ म भने भुसुक्कै निदाएको खरायो झैँ पल्टि रहेछु । तन्द्राबाट ब्युझिएर यसो हेर्दा आफु एक्लै रन्थनिएर ढल्कि रहेकी रहेछु । वास्तवमा सबैको त होइन मलाई लाग्छ संसारका केहि व्यक्तिहरुको दिनाचर्या पनि यसरी नै चिप्लिएको होला । आज व्लग Update नगरेको पनि करिव करिव २ महिना हुन लागेछ यतिका दिन वितेको पत्तै पाइन, साच्चै म निकै हराएछु । आफै लाई खोजीमारे, आफैले नभेट्‍ने ठाउमा लुकी बसेकी रहेछु । ताजा कुरा नै गर्नु पर्दा भुपेन दाइ इण्डिया फनफनि घुमेर फर्कि सक्नु भएछ, मेरै सोल्टिनी दशै तिहार मानेर कति जील्ला चहारेर फर्कि सक्नु भएछ । देशमा गृह मन्त्रिज्यू ले नाइट रेष्टुरेन्ट क्यासिनो मात्र नभै फुटपाथका पसल हटाइ सकेछन्‍ । हुँदा हुँदा अमेरीकामा बाराकले राष्ट्रपतिय चुनाब जिती नयाँ इतिहास रचि सकेछन्‍ म भने जहिको तहि थलिएछु ।
साथीहरुको ब्लग हेरी हेरे प्रगतीका शिखर चुम्न दौडिएर निकै नै अघि पुगी सक्नु भएछ, म भने जहिको तहि मात्र हैन १० कदम धकेलिएर निकै पछि परेछ र पनि ममा कुनै नयाँ जोश जाँगर र उमंगले जन्म लिनै सकेन, खैर केही छैन जीन्दगी हो चलुन्जेल चल्न दिनु पर्छ चल्न छाडे पछि जबर्जस्ति नै सहि चलाउनु पर्छ र चलाउँदै आएकी पनि छु। कुनै ठुलो बज्रपात पछि अतल्लिएको, अर्धमृत मानिस जस्तो । हुनत वास्तवमै मनमा आघात पुगे पछि चाहेको कुरा नपुगे पछि भनौ न पूर्ण हुन लागेको कुरा पूर्ण नभै दिए पछि निकै निराशाले मन छाउदो रहेछ साथै मनका जोश जाँगर मरेर आउदो रहेछ । रफ्तारमा हिडी रहेको बेला अचानक Track change भए पछि पुन Track मा आउन निकै कठिन पर्दो रहेछ । म पनि यहि Track मा आउने कोशिस मै निकै दिन विताइ दिए ।
वास्तवमै सपना देख्नु आफैमा नरामो कुरो त पक्कै पनि होइन तर देखिएका सपना अनि रचिएका कल्पना साकार नभए पछि मानीस एक पकार भित्र भित्र टुट्दो रहेछ । यसरी टुटिँदा डोरी र मेटासीटको साहारा लिइ आफैलाई समाप्त पार्दा रहेनछन् । म पनि यस २ महिनाको दौरानमा एउटा ठुलो सपना देखेर दौडी रहेँ कुनै दिन उफ्रिरहेँ कसैले सपना देखाइ दिदैमा म लाटी पनि हो न हो देखिइ रहे तर अचानक त्यो सपना विपना भइ चकनाचुर भइ टुटी दियो त्यहि देखि म पनि केही मात्रामा टुटिन पुगे आफैलाई धिक्कारी रहे । तर फेरी आफै न्यायधिश वनि आफैलाई कसुरदार ठहर्याइ अदालतको कठघरामा उभ्याइ दिए । यसरी उराठ जीन्दगी लिइ हरीयाली वसन्तको खोजीमा पंख फुकाइ फेरी अगाडी आइरहेकी छु ।

मानीसको जीन्दगी न हो कुनै दिन निकै ठुलो सपना देखिदो रहेछ । जुन जीन्दगीका गोरेटोहरुमा भेटीदा रहेछन्‍ । साथ साथै चाडै नै मेटिदो पनि रहेछ । मेरो पनि यहि मात्रामा केहि विर्सन नसकिने गरी घटनाहरु घटे धेरै साथीहरुले Blog update नगरेकोमा गुनासो पोखाउनु भयो । आफै नै सजिव न निर्जीव भै रहेको अवस्थामा मैलै Blog update गरि निर्जिव तुल्याउनै सकिन । यस्तै क्रममा हामो कैलाश दिदीको कुरोले भने निकै घत पारेर छाड्‍यो मनमा । उहाँ पनि कुनै समयमा blog बन्द गरी अरुको Blog मा लेख्ने सोच बनाउन भा थियो रे, जडित जीले उहाँलाई जिवित पार्ने खालको केहि शब्दहरु उपहार दिनु भयो रे फलस्वरुप दिदीको Blog आज हाम्रो साम' विविध ख'राकका साथ अगाडी छ । जडित जीकै शब्दहरु सापटी लीएर मलाइ उक्साउनु भयो साच्चै चित्त वुझ्यो । उहाले भन्नु भएको बेला त खासै केही भएन तर जब घर फर्किएर आए त्यहि कुराहरु मनमा खेल्न थाल्यो। मध्यरातमा काम गरी रहेको वेला पनि बारम्वार दिमागमा आउन थाल्यो साँच्चै अरुको घरमा गएर बेस्सरी रोएर के पाइन्छ र ? लौ जा यसै बाहानामा तब थाले मनका भावना कपिमा पोखाउन, जति बेला रात निकै छिप्पिइ सकेको थियो, बाहीर कार्तिके चिसोले सम्पूर्ण संसार कठांग्री रहेको थियो, यहि चिसोलाई भगाउन बुनी रहेको मखलरको धागो र काटालाई फाली मेरा हातले कलम समाउन पुग्यो अनि कोरीन थाले यसरी यिनै मनका बहहरुः

कुनै दिन बायोडाटा बनाउदैमा त कुनै दिन University को Form भर्दैमा विताइ दिए
कुनै दिन पासपोर्टको लाइनमा त कुनै दिन सभासद ज्युसँग भेट गर्दैमा विताइ दिए
कुनै दिन डा....संगको भेटमा त कुनै दिन Internet धाउनैमा विताइ दिए
कुनै दिन कसैको शुभकामना त कुनै दिन कसैको बधाइ लिदैमा विताइ दिए
कुनै दिन घरमा दशै त कुनै दिन काठमाडौमा तिहार मनाउदैमा विताइ दिए

जीन्दगीको रफ्तारलाई यसै गरी विताइ दिए

कुनै दिन ठुला वडा भनाउदाको फोन पतिक्षा गर्दैमा विताइ दिए
कुनै दिन फोन त कुनै दिन सबैलाई मेल गर्दैमा विताइ दिए
कुनै दिन बा, आमा संग त कुनै दिन साथी संगै विताइ दिए
कुनै दिन बाहिर पढन जादैछु भनि Interview दिदैमा विताइ दिए
कुनै दिन आफ्नै सपना टुटेको खवर संकलन गर्दैमा विताइ दिए
कुनै दिन आफ्नै भाग्य र कर्मलाई दोष दिदैमा विताइ दिए
यसै गरि जीन्दगीका चारपल मात्र हैन मेरा २ महिना नै विताइ दिए

4 comments:

sangamkirati said...

ओ,,हो,,very wellcome है मुना जी धेरै पछि दर्सन पाईयो।खुशि लाग्यो जे जस्तो परीबेशमा भए पनि जिन्दगी चलाउनै पर्यो होइन र?भन्छन नि बुढा पाकाहरु। दुखमा आंशु नझार सुखमा हासो नछोड! बन्छ एकदिन सपना साकार हिम्मत कहिल्यै नहार!होइन र?

Basanta Gautam said...

मुनाजी, यस्तो अनुभूति सबैलाई बेला-बेलामा हुनु स्वाभाविक हो। जिन्दगीलाई स-साना टुक्राहरुमा बाँडेर हे-यो भने केहि पनि गरिएनछ, त्यस्सै समय बिताईएछ जस्तो लाग्छ। तर जिन्दगीलाई ती टुक्राहरुको समष्टिका रुपमा हे-यो भने केहि न केहि गर्व गर्न लायक, खुशी हुन लायक अवश्य भेटिन्छ।

तपाईँको ब्लग अपडेट हुन थालेको देखेर निकै खुशी लागेको छ। नियमित लेख्दै गर्नुहोला।

manu said...

धन्यवाद मित्रहरु प्रतिकृयाको लागि तपाइ हरु को येहि उर्जा ले त आज फेरि तपाइहरु माझ फर्कन बाद्य बनायो त। पक्कै पनि सङ्गम जी ले भन्नु भये जस्तै अब जस्तो परिबेस् आइ लग्छ त्यो त चलाउनै पर्ने रहेछ वास्तव मै हो रहेछ, बसन्त जी ले भन्नु भए जस्तै जिन्दगि को टुक्रा टुक्री बटुल्नु हो भने त साचै को जिन्दगि खोज्न सकिने रहेछ , अब अगाडिका दिन् हरुमा पक्कै पनि नियमितता दिने कोसिस् गर्ने नै छु;
अनि छ नि साथी म त मुना हैन हौ, म त मनु चाँही हो क्यारे नाम मा अलि कति परिबर्तन आए जस्तो लागेर मात्र् हो तर यस्ले खासै केहि असर त नपर्ला तै पनि ..............
thankyou for all

sangamkirati said...

हा,,,हा,,,हा,, बशन्त जी!हामिले त मनु जी को नाम नै पो परिबर्तन गरीदिएछौ।समग्रमै सरी है मनु जी ,,हाम्रोतर्फबाट!!!!