
मानव सभ्यताको विकास जंगली युगबाट भएको हो भन्ने कुरा त हामीले विभिन्न एतिहासिक लेख रचनामा पाउन सक्छौं । त्यस युगका मानिसहरु भोजनका लागि बनजंगलमा पाइने फलफुल, कन्दमुल तथा जंगली जीबजन्तु हरुको शिकार गर्दथे रे । ति खाने कुरा अथवा शिकारलाइ भेला गरेर आगो बाली शिकारीहरु वरिपरि नाच्दै घुम्दै रमाउने खाने पिउने गर्दथे रे गीत, संगीतसँग मगर समाजको अत्यन्त गहिरो सम्बन्ध छ भन्ने कुरा पनि सुन्नमा पाइन्छ । मगरहरु गाएर, नाचेर कहिल्यै नथाक्ने र दर्शकहरु हेरेर कहिल्यै न अघाउने हुन्छन रे । मानिसले अनेकौ घटना, आस्था, विश्वासलाइ जोडेर परापुर्व काल देखि नै आफनो कला संस्कृतिलाई जीवन्तता प्रदान गरेको पाइन्छ।
मारुनी नाच मगर जातीको आफनै मौलिक नाच हो । यो हाम्रो समाजको गहना हो भन्न मैले रुचाए । यसलाइ सरस्वती नाच पनि भनिन्छ भने कतै कतै सोरठी पनि भन्ने गरिन्छ । यो नाच कहाबाट कसरी उत्पत्त भयो मगरहरुमा कति वर्ष् देखि प्रचलनमा आएको हो भन्ने बारेमा किटान गरेर भन्न सकिन्न । यसलाइ प्रमाण गने तथ्यहरु आज सम्म पाउन सकिएको छैन तर पनि यो नाच निकै पुरानो हो भन्ने कुरा वुढापाकाहरुको मुखारविन्द बाट सुन्नमा पाए ।
यो नाच आफनै जातीको मौलीक नाच भएता पनि नाच्नमा अलि जटिल र कठिन भएको कारण् मेरो आफनो गाउमा त हेर्न पाइएको थिएन तर यो वर्षकाे तिहारमा पुर्वाञ्चलको सुन्दर भेडेटारगाउको नाम्जेमा नाचको दृष्याअवलोकनका साथै रमाइलो गर्ने सौभाग्य मिल्यो । यो नाच हुर्रा भन्दा धेरै पहिला देखि प्रचलित तर यो नाच अलि जटिल र कठिन भएका कारण लोप हुने अवस्थामा रहेछ । जसलाई हामीले नया पिंढीहरुमा पनि सिकाउदै जानु नितान्त आवश्यक देखेको छु । नत्र भने मै जस्तो अफना नाँच हेर्न पनि अरु गाँउमा पुग्नु पर्ने बिडम्बना पाउन सकिन्छ ।
यो नाच धार्मिक तथा सामाजिक नाच भएकाले यसको प्रारम्भ विधिवत तरीकाले गर्नुकाे साथै अन्त्य पनि विधिपुर्वक नै गर्नु पर्ने रहेछ । यो नाच उठान गर्दा गाउका मिझार अथवा अलि यो नाचको बारेमा बढि ज्ञान भएको मुखिया वा प्रतिष्ठित मानिसको घरमा लगि थान बनाई सरस्वतीलाई पूजा गरि फुल प्रसादी सम्पूर्ण सहभागीलाई बाड्नुपर्ने रहेछ गीतको भाका सँगै मारुनी, मादले र धतुबोरले अभिनयका साथ नृत्य प्रस्तुत गर्ने गर्दा रहेछन्। मारुनीको जम्मा ५ वटा

फेदै काटी टुप्पै काटी बनायो बाँसुरी
बाँसुरीको शब्दैले धुरुमा धुरु रुवाउला
बाँसुरी बजीरह्ययो मधुवनैमा.........।
हा.......हा.......ह.........
जलेवाले पानी खायो है
मलेवाले देख्यो हाँसै पंख चलायो
हेरी देउन दुनिया कृष्णजीले नाचै ल्यायो ।
दौडी दौडी जादा केको रङ्ग लाग्यो मलाई
धोइ देउन धोवीनी बज्यै
आदी जस्ता भाकाका गीतहरुका साथ सुरु भएको नाँच कम्तिमा २५ मिनटको हुन्छ । यो नाचको अन्त्य अन्त्यमा सामुहिक रुपले दान निकाली दिने र नाचकै भाकामा आशिष दिने गर्दारहेछन्।
यस बाहेक सामूहिक रुपमा एकजोडी भालेपोथी कुखुरा सरास्वतीलाई पूजा गरी मण्डप बाधनलाइ दाहीने तर्फबाट विधिपूर्वक गीत गाउदै परिकमा गर्ने र मारुनी फुकाउने गरिदो रहेछ यस पश्चात सबैले मादल र गीतको तालमा मारुनी, मादले, पुरसुङ्गे, धतुवारे, गीताङ्गेले थान परिकमा गरिसकेर पूजा गरेर आपसमा प्रसादी बाडेर खाने र यस पछि यस सालको मारुनी सके घाेषणा गरि अर्का वर्ष् मात्र मारुनी नाँच नचाइने चलन रहेछ ।
3 comments:
एकदमै राम्रो लाग्यो तपाईंको यो लेख, आगामी दिनहरूमा पनि यस्तै यस्तै लेखहरु ल्याउनुहुन्छ भन्ने आशामा छु ।
Hi Dear, Interesting and informative post. Good job and keep it up hai.
मगर संस्कृतिको एउटा रमाईलो पाटोको बारेमा जानकारी बाँड्नुभएकोमा धन्यबाद!
Post a Comment