Monday, January 5, 2009

बित्यो नयाँ बर्ष पनि

खोइ अब कहाँ बाट सुरु गरु पो भयो हौ मलाइ त ...

फैलियुन जरा सरि चहानाका सिमाहरु
लेखियुन कथा सरि सुखद पलका यादहरु
नछुटोस साथ हाम्रो प्रण गरौ यसैमा रमाउने
दियो गत सालले पनि धेरै कुरा यसपालि नया बाटो समाउने

सबै जना साथीहरुले शुभकामना आ आफ्नै सैलिले दिइ सक्नु भयो, मेरो तर्फ बाट नयाँ बर्षको शुभकामना दिने बेलामा यो मेरो गाउले दाजु श्याम आचार्य को लाइनहरु ज्यादै मन परेकोले तपाइहरु सामु पनि ठेलि दिने बिचार गरे लौ नयाँ बर्ष को सबैलाई फेरि पनि शुभकामना ।

हरेक दिन बिहानी हुन्छ, दिउसो हुन्छ र साँझ पर्छ अनि एउटा सिङ्गो दिन बितेर जान्छ। यसै गरि हरेक दिन, हरेक महिना र बर्ष गर्दै आफ्नो जीवनका एक एक पानाहरु बिस्तारै पल्टदै जान्छन्। सधै झै सन् २००८ पनि बर्ष बित्यो नयाँ बर्ष २००९ को पुनरागमन भयो अझ भनौ न जीवनको एउटा पानो फेरी पल्टियो। यो अङ्ग्रेजी बर्ष कै नयाँ बर्ष भएतापनि अधिकांश नेपाली युवाहरुले पनि यसलाई निकै महत्वका साथ हेरीन्छ। अन्य बिशेष कार्यक्रम नवनाए पनि नयाँ बर्षको शुभकामना आदान प्रदान गरेर यो उत्सव मनाइन्छ, मैले पनि ब्यक्तिगत रुपमा यसरी नै मनाए । कतिपय साथीहरुले नयाँ बर्षको स्वागतको लागी मध्यरातको चिसो हावाको पनि पर्वाह नगरी जाग्राम बस्नु भयो होला,कतिपयले भब्य पार्टी आयोजना गरी मनाउनु भयो होला तर मेरो छुट्टै कहानी बन्यो यो सालको नयाँ बर्ष । यहा कहानी केहि नपाइ रहेको मौका पारी ब्लगमा ठेल्ने मेलोमेसो गरे मैले पनि ।
नयाँ बर्षको साँझ विशेष तयारी त के हुनु है म एक्लो मान्छेको । साथीहरु सँग नयाँ बर्ष मनाउन फिलिम हेर्न जाने योजना बनाउदै थियौ अर्को एउटा दशाहारी साथी पनि आईपुगेछ चौतारीमा (पहिला देखि हेर्ने मन छ भन्दा भन्दा हिजो पल्टमात्र हेरेको रहेछ उसले, मैले हामी सँग जानको लागी प्रस्ताव गरी हाले ­‌­­त्यो बेला त उसले नाई भनेन तर भोली पल्ट हेरी सके पछि मात्र थाहा पाँए दोश्रो हेराइ हो भनेर)। सल्लाह भयो हल जाने कुरा मिल्यो अब टिकट काट्न जान पर्ने भो मैले, घरमा पनि म एक्लै रहेको निउ पारी एक जना दिदीलाई सँगै बस्न आग्रह गरे। साँझ चौतारीबाट हतार हतार फर्क्यौ अनि खाना साना बनायौ,खायौ,नयाँ नेपालको नयाँ नियती चौबिसै घण्टा लोढ सेडीङ अब के गर्ने त थाल्यौ गफ गर्न । बर्षौ दिनको आ-आफ्नो कथा-कहानी, जिवनका घटना दुर्घटना साटासाट गर्दागर्दै रात त सुलुलु चिप्लिएछ गाँठे । ७ बजे टिकट काट्न काउन्टर पुग्नु पर्ने एक झिपिक नगरी ६ बजि सकेछ अब परेन फसाद?
सुतौ भने ६ बजी सक्यो,नसुतौ त निदाएकै छैन। लौजा हाम्रो पालो पनि झन उठेर चिया नास्ता गरी गयौ टिकट काट्न ।समयमै टिकट का‍टे पनि साथीहरु ढिला आई पुगेकाले झण्डै बस्ने सीटै नपाएको तै पनि हेरीयो गजीनी, साथमा अमिर जी को नया शैलीको केश स्टाइल अनि जीऊ भरी कोरीएको नया शैलीको प्रयोग। समग्रमा राम्रै बनेको रहेछ गजीनी । बाटामा अलिअलि खाजा खाए पनि खाना खान अलि समय मिलेन,हलबाट सिधै गयौ चौतारी ।

अफिसमा केही बेर काम गरेको के थिए बिदेशीएका छिमेकी दाइ आउनु भएको रहेछ। फोन आयो भेट्ने भए तुरुन्त धराहरा छेउ आइजा नत्र म भोली घर जादै छु । लौ नत के नै पो बिग्रेला र हउ आज एकै दिनमा फेरी भोली त दाइ पनि जानु हुन्छ भेट्न नी पाउदीन मनमा सोचे र हुइकिए दाइ अनि बैनीहरुलाई भेट्न। नयाँ बर्षको दिनमा बर्षौ पछिको दाई सँगको पुनर्मीलन गजब भयो तर फेरी बेलुकी घर आईपुगे लोडसेडिङको अध्यारो नै । के खोज्छस कानो आँखो भने झै भो नी निन्द्रा लागेको बेला बत्ति पनि नहुनु हतार पतार खाना खाएर सुतेको मान्छे बिहानको साढे ९बजे मात्र आँखा खुल्यो। बित्यास पर्यो कति थियो काम फेरी पनि लाइन छैन। मनमनै सोचे हरे यस्तो मान्छेले के गरी खाला ? जे होस यो बर्षको नयाँ बर्ष अबिस्मरणीय बन्न पुग्यो मेरो लागी। धन्यबाद कैलाश दिदी मेरो नयाँ बर्ष अबिस्मरनीय बनाइ दिनु भाको मा ।

5 comments:

Yumesh Pulami said...

Thanks for the your शुभकामना .....
ani gajab nai po bhae6 ni tapaaiko naya barsa t !
jehos jasari bhae pani bityo ni ! hain !
pheri pani nayaa barsako शुभकामना 6 hai ..............

Unknown said...

thikai chha, manu jee tyati sarai selai haleko chhaina naya barsha ali dhilai bhaye pani aalai rap parosa, saathi harumaa naya srijanako paaluwaa parosa ra tapaai maa chahi saahityako barsha paros happy the new year 2009,

Basanta said...

रमाईलोसंग बितेछ नि हो मनुजी तपाईँको नयाँ वर्ष:)

शुभकामना फेरि एकपटक नववर्ष २००९को!

कैलाश said...

मनुजी तपाईलाई पनि यति... खै कति भनु र भन्नै नसक्नेगरी धन्यवाद है। यो पालीको नयाँ साल साँच्चै नै कहिले नबिर्सिने भयो। यस्तै हो नि जीवन चलीरहन्छ नि हैन र? अनि एक्लो मान्छेको के हुन्छ भनेर किन मन मारेको नि? यो दुनियाँमा कोही कसैसँग हुन्न। तरपनि सबैजना भीडमै भइन्छ। फेरीपनि एक्लै भइन्छ। रपनि तपाईहामी त छौ नि। हैन र। be possitive, the world is your। ठूलो गफ दियो नभन्नु है फेरी। के गर्ने गफाडीको अखडाको असर न हो। हे हे हे।

By the way, 'Happy New Year 2009'. Be happy and enjoy everytime. love u dear.

मनु ठाडा मगर (MANU) said...

तेइ त हो दिदी यस्तै हो जिन्दगी तर मैले नेगेटिव भएर सोचेको चाइ अलि होइन तर पनि हाहाहाहा धन्यवाद सबैलाइ