बिशेष गरी मार्च महिना महिला स्पेसल महिना परेको हुनाले मार्टीन चौतारीमा पनि मार्च महिनाभर छलफलका बक्ताहरु महिलाहरु नै रहे । चौतारीको नियम अनुसार हरेक अंग्रेजी महिनाको अन्तिम आइतबार भने साहित्य स्पेसल हुने हुनाले यो आइतबार अझ फरक खालको माहोल बनेको थियो । सधैको आइतबारहरुमा कहिले ठुल ठुला साहित्यकारहरुको पुस्तकको बारेमा गफ हुन्थ्यो त कहिले ठुल ठुला साहित्यकारहरुले साहित्य सँग सम्बन्धित रहेर बिभिन्न छलफल गर्ने गर्थे तर यो पटक नवोदित (स्थापित नभै सकेका) महिला कविहरुले आफ्ना रचनाहरु ठुल ठुला कविहरुको माझ बाचन गरेका थिए । महिला बिशेष भएता पनि शिर्षक आफु खुसी थियो कसैले माया प्रेमका बारेमा सुनाए त कसैले जीवनका भोगाइहरुकाबारेमा कसैले समसामयीक विषयमा त कसैले शिक्षाकाबारेमा ।
सधै झैं घडिको चक्रले तीन बजायो सम्पूर्ण स्रोताहरु जम्मा भइ सकेका थिए । संगिता पाण्डे दिदीद्वारा कार्यक्रम सुरु भएको संखघोस गर्नु भएको थाहा पाइ म पनि ढोकाबाट चियाउदै चियाउदै भित्र छिरेँ, त्यसबेला सबै जनाले आ आफ्ना परिचय दिइ रहेका थिए मैले पनि दिएँ । कविताको चाङ् थुप्रै भएतापनि सुनाउने कवयित्रीहरु भने सिमीत उपस्थित भएका रहेछन। परिचयको क्रम सकिए पश्चात कार्यक्रम संचालन गरिरहनु भएको दिदी संगीताले चौतारीको नित्यकर्म पुरा गर्नु भो । म आनन्दै कुनामा बसेर अन्य कुरा सुनी रहेकी थिए ।
सुर्य पनि सुरुमा पुर्बैबाट झुल्कन्छ भने झै आइतबारको कविताको सुरुवात पनि पुर्बेली कबयित्रीबाटै सुरु गर्नु पर्ने स्थिती आयो । अगाडीबाट नाम उच्चारण भै सके पस्चात पहिलो कबिता लिएर म नै त्यहा झुल्किन पर्ने भयो । गन्तव्य बिहिन यात्रा शिर्षकको कबिता लिइ अगाडी गए । सधै पछाडी बसेर सुन्ने बानी धेरै मानिसको अगाडी पुग्दा आफैलाइ असहज महसुस भयो । मेरो पालो हतार हतार कविता पढेर सकाइ दिए । पछि कमेन्ट पनि आयो जति कबिताको भाव बगेको छ त्यती बाचनमा बग्न सकिन रे ।
त्यस पछि साहित्यीक यात्रा चितवन तिर पुग्यो तर कवयित्री नारायणी देवकोटा उपस्थीत नभएको कारण कार्यक्रम संचालिकाले नै बाचन गर्नु भयो ।

चितवनबाट यो यात्रा काठमाण्डौं तर्फ आइ पुग्यो । कबिताको रचनाकार सृजना सुब्बाको अनुपस्थितीका कारण कैलाश दिदीले कबिता बाचन गरिदिन परेको थियो । बाग्मतिबाट सुरु भएको काठमाण्डौंको साहित्यीक यात्रामा अनिता दुलाल, कमला शर्मा देखी बालाजुकी रेनुका श्रेष्ठको म हारेकी छु मा पुगेर टुङ्गीयो । यात्राको दौरानमा एकछिन बिसौनी लिर्यौ । यस बिचमा साहित्यकार पुस्कर लोहनि??? बाट कवयित्री नारायणी देवकोटाको कबिताको टिप्पणी श्रवण गर्यौ । फेरी कबितात्मक साहित्यीक यात्रा नेपालकै सुन्दर नगरी पोखरा तर्फ लाग्यो आइमाइ शिर्षकको कबिताको पनि लेखक उपस्थीत नभएका कारण अरुले नै बाचन गर्नु परेको थियो । यात्राले कोल्टेफेर्दै जादा बा लाइ चिट्ठी शीर्षकमा कबिता लिएर आन्वीका गिरी आइपुगीन् ।
त्यस पछि यात्रा पश्चिमी पहाड रुकुम तिर लाग्यो । रुकुमकी स्मिता मगरको मैले नचाहेको शुभचिन्तक शिर्षकको कबिता पश्चात यात्रा भेडेटारको घुम्तिहरुमा लुकामारी खेल्दै तमोर र अरुण नदीमा डुवुल्की मार्दै पुन पुर्वको पहाडी तर रमणिय स्थल भोजपुर सम्म पुग्यो । जिवनको वास्तविक भोगाइ डेरा खोज्दा शिर्षकको कबिता लिएर पुन एक पटक कवयित्री कैलाश दिदी उदाउनु भयो । अन्तमा कथाकार संगिता पाण्डे दिदीले पनि एउटा रमाइलो कबिता सुनाएर नवप्रतिभाको कबिता बाचनको बिट मार्दै स्थापित कबिहरुलाइ पालो दिनु भयो । तीन जना स्थापित उपस्थित कवयित्रीहरुको कविता सुनेर आइतबारे साहित्यीक कार्यक्रमको बिसर्जन भयो ।
यसरी माहोल पनि कबितामय भएको र मलाइ भने ब्लग पनि अपडेट गर्ने मौका नमिलेकोले फेरि ब्लगमा पनि एउटा सन्देशमुलक कबिता छोड्न मन लाग्यो ।
ब्यर्थै शिशिरको तुषारोलाई अगाल्न नखोज
बसन्तको बहार चुमेर रहनेले
ब्यर्थै काँडा सरीको फुललाई नै नरोज
बगैचाको माली भै फुलको स्याहार गर्नेले
ब्यर्थै पहाडको पखेरुमा जिउन नखोज
तराईका समथर मैदानमा हुर्कीनेले
ब्यर्थै औसीको रातलाइ अगाल्न नखोज
सधै सधै चाँदनी रातमा जिवन जिउनेले
ब्यर्थै अरुको दुखमा सामेल हुन नखोज
सधै आफ्नो खुसीयालीमा रमाउनेले
ब्यर्थैको संघर्षमा होमीन नखोज
सरल शैलीमा जिवन जिउन चाहनेले
मलाइ थाहा छ यहा कविता लेखाइका नियमहरु पुगेका छैनन् तर पनि यहा कैलाश दिदीको भाषामा टासो छोड्न मन लागेर मात्रै हो सबैलाइ ह्याप्पी ब्लगीङ ।

9 comments:
ए ए ए ! मनु जि अनी कवितामा त थुप्रै ठाउँहरु पुर्बबाट आँफैले शुरुवात गरी चितवन, काठमाण्डौ, बागमतीको सेरोफेरो, पोखरा हुँदै पश्चिमी दुर्गम जिल्ला रुकुम पुगी फेरी भोजपुर सम्मको यात्रा भएछ त ! तर शुरुमै तपाईंले त "गन्तब्य बिहिन यात्रा" शिर्षक को कविता सुनाउनु हुँदैन थियो । हा हा हा ... नरिसाउनुस् है फेरी जष्ट एज फ्रेन्ड एज आइ फन विथ यू ।
ब्यर्थै शिशिरको तुषारोलाई अगाल्न नखोज
बसन्तको बहार चुमेर रहनेले
ब्यर्थै काँडा सरीको फुललाई नै नरोज
बगैचाको माली भै फुलको स्याहार गर्नेले
लहै लहै, मनु बहिनीले टन्न कबिता मार्फतनै
के भन्छ चेतावनी दि सक्नु भएको छ, याद राख्नु होला माली हुनेले, उहाँको हृदयको गहिराई छुनेले,,,,,,,, It's Just joking or Kidding.
बहिनी राम्रो छ, कबिता धेरैनै राम्रो छ, अनि जुन पुरै समय दिएर तयर् पार्नु भएको टाँसो धेरैनै रामो छ माथी उचाल्दै लैजानुहोस आफ्नो जोसलाई शुभकामना।
मनु जी चौतारीको मार्च महिना विशेषको कुरा कोट्टाउनु भएछ। खुशी पो लाग्यो त। तर एउटा कुरा चाहिँ मिलेन है। हरेक अंग्रेजी महिनाको पहिलो आइतबार हो साहित्य छलफलको क्रम। खासमा यो पालीको महिला वक्ता विशेष महिनाको अन्तिम आइतबारलाई नयाँ तरिकाले अनि केही रमाइलो पारामा मनाउँने चेष्टामा कविता वाचन कार्यक्रम राखिएको हो।
अनि यो कवयित्री भन्ने शब्दको साटो कवि भन्ने शब्द नै राख्दा के होला हगि? अनि मलाई नि कवयित्रीको पदबी दिइदिनुभएछ। म त्यो धान्न सक्ने क्षमताको मान्छे हैन है साथी। आक्कलझुक्कलमा शब्दहरु जोड्दाजोड्दै कविताको रुपधारण गरेको हो नि।
happy blogging
hahahaha Thankyou for all sabai bhanda badhi has utheko kura kailas didi ko coment bata hai... sachai ho ni didi maile ta birsechhu ani gharai ko kura yesari nai birsanhha rea nita hoina?
oh ho bj dai tapai ko yo kabita amsa jaile padna painchhara na ma hausinchhu kya bina bithhamaa hahaha
arjun jee ma risaudina ni ye tapaile ta thikai bhannu bho maile pani sochna ta tei sochya ho mero palooo pachhi aauchha bhanera pichadi kuna mai baseko thia but k hai ekai choti mero nam aauda ta aatiyea ni .
स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै
यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !
पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना
मलाई पनि लेखहरु लेख्नु मनपर्छन तर लेखाइका नियमहरु पट्टक्कै थाहाछैन तेसैले नियमहरु सिक्ने रहरछ यदि तपाईंहरु कसैसँग सबै बिधाका ( जस्तै => कबिता, मुक्तक्, गजल्, गित, गेडी, आदि) लेखाइका नियम हरुछन भने कृपा गरेर मेरो इमेलमा पठाइदिनुहुन हुन बिनम्र अनुरोध गरेकोछु । मेरो इमेल हो drayackula_magick@yahoo.com धन्यवाद ।
Post a Comment