नेपालमा गणतन्त्रको उदय पश्चात देश संघीयतामा जाने नजाने भन्नेबारे अन्योल रहदा रहदा एक हिसावले देश संघीयतामा जाने निश्चित भै सकेको छ । तर केही ब्यक्ती तथा राजनीतिक समुह यसको चर्को बिरोधमा उत्रिएका छन् । संघीयताले देश बिखण्डन बनाउछ अथवा देश टुक्राउछ भन्नेहरुको जमात पनि देखिएको छ । उनीहरुको यस प्रकारको क्रियाकलापले फेरी राजधानीमा सडक जाम तथा बिभिन्न अवरोध उत्पन्न भएको छ । दिन दिनैको जुलुस धर्ना र सभा सम्मेलनले जता ततै सडक जाम भएको कारण निश्चित समय भन्दा दुइ या तीन घण्टा अगावै हिड्नु पर्ने अवस्था छ । केही दिन सम्म भए पनि उफ्रनेहरु उफ्री नै रहेका छन् वास्तवमै संघीयता चाहने एउटा जाती तथा एउटा समुह मात्र त्यसको बिरोधमा उत्रने हो भने फेरी देशले अर्कै मोड नलेला भन्न सकिन्न ।
एकातिर यसरी संघीयताको बिरोध र जुलुस निकाली रहेका छन् भने अर्को तिर संघीयतामा जाने निश्चित प्राय भएकाले अब बन्ने संघीय सरकारमा कस्तो शिक्षा नीतिलागु गर्ने कस्तो पाठ्यक्रम तयार गर्ने कस्ले जिम्मा लिने भन्नेबारेमा बौद्दिक बहस पनि सुरु भएको छ । यसमा पनि नीजि बिधालयहरुको भुमिका के रहने उनीहरुले कस्तो भाषा नीतिलाइ प्रायोरिटी दिने भन्नेबारेमा १३ गते राजधानिमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । एलाइन्स फर सोसल डाइलग ए एस डी र चौतारीले मिलेर गरिएको यस कार्यशाला गोष्ठीले अब देशका सबै तहमा यस किसीमको बहस चलाउनलाइ आवाज दिएको छ ।
एउटै देशका जनताले पनि दुइ खाले शिक्षा पद्दती (सरकारी बिधालयमा अङग्रेजी बाहेक सबै बिषय नेपाली भाषामा र नीजि बिधालयहरुमा नेपाली बाहेक सबै बिषय अङग्रेजी) अपनाएर समान तहमा प्रतिश्पर्धा गर्नु पर्ने हाम्रो परिपेक्षलाइ पनि केही छोएर भएको छलफल नीकै लाभदाएक थियो । यद्दपी हाम्रो देशका मानिसहरुमा जुन सुकै कामलाइ पनि हल्का लिइ दिने समयमा आइ नदिने आफुले बोल्न पर्ने बिषयमा पुर्व तयारी बिना नै उपस्थित भै दिने बरु आउने बितिकै लाजै पचाएर माफ माग्दै बोल्न सुरु गर्ने यो परिपाटी भने यहा पनि देखियो ।
प्यावसन तथा एन प्यावसनका संबन्धित ब्यक्तिहरु स्टु लगाएत रातो बंगला र सिद्दार्थबनस्थलीका शिक्षकहरुको अनुभव र आफ्ना धारणा सहित उक्त छलफलका अनुसार संघीयता भए पनि शिक्षालाइ खासै असर नपार्ने भनाइहरु आए । जहा सम्म भाषाको कुरामा ३ वटा प्रारम्भीक र लोकल ज्ञान बुझ्नलाइ मातृभाषा अन्य समुदायका ब्यक्तिहरु संग सहकार्य गर्न नेपाली भाषा र अन्तराष्ट्रिय विश्व बजारमा बिक्नलाइ अंग्रेजी भाषा नै लागु गर्न सकिने कुराहरु भएको छ ।तर यिनै बैधानिक नभएकाले देशभरी यसलाइ बहसको रुपमा अगाडि बढाउन सकिने अबधारणाहरु राखे ।कसै कसैले फेडेरल स्ट्रक्चरमा पुगे पछि नीति बनाउने कुरा राजनीतिक नेतृत्वले नै निर्णय गर्ने कुरा हो भनि पन्छिए ।
तर जे सुकै भए पनि हामीलाइ कुन प्रकारको शिक्षा आवश्यक छ भन्ने कुरा महत्वपुर्ण हो । हामीले बुझ्नु पर्ने कुरा शिक्षा केका लागी र शिक्षा कसको लागी भन्ने हो । शिक्षा सोसल सर्भिस हो भन्दै शिक्षाका नाममा भएको ब्यपारीकरणमा पनि एक अर्कामा दोष थोपर्नु बन्द गर्नु पर्छ । बक्ता तथा बनस्थली स्कुलका पुर्व प्रिन्सिपल लक्ष्मण राजबंशी सरको भनाइहरुमा भने म निकै प्रभावित भए पक्कै पनि आजको हाम्रो छलफल भनेको भोलिको दिनको लागी हो तर हामी सबै जना हिजोको कुरालाइ लिएर दोषारोपण गर्दैमा ठिक छौ जुन सहि होइन । हिजोको दिनले सिकाएका पाठबाट भोलीको लागी सहि बाटो खोज्ने बेला हो नकी आफु आफुमा लड्ने ।
राजबंशी सरका अनुसार १०० जना शिक्षक मध्ये तिमीहरु मध्येमा चाहेर म शिक्षक बनेको हो भन्नेहरु कति जना छौ भन्दा कुनै पनि हात नउठेको । त्यसै गरि शिक्षकका अबिभावकलाइ पनि तपाइहरु मध्ये कतीले आफ्ना छोरा छोरीलाइ शिक्षक बनाउनु चाहनु भएको थियो हात उठाउनुस भन्दा एउटै पनि हात नउठेकोले हामी भन्न सक्छौ की हामी संग प्राय शिक्षकहरु नचाही नचाही शिक्षक बनेका छन ती नचाही नचाही बनेका गुरुबाट के कति सिकिन्छ । हुन पनि काम केही नपाउदा एसो स्कुलमा पढाउने त्यो भन्दा बढि तलब आउने वा सजिलो काम पाएमा बिधार्थीको पढाइ जहा सुकै पुगोस नया नया सर फेरीदा उनीहरुमा कस्तो असर पर्छ भन्ने केही नसोची स्कुल छोडी दिने प्रचलन यदपी छ । यसरी हेर्दा हामीमा सही ब्यवहारीक शिक्षाको कमि छ । त्यसैले आजको आवश्यकता भनेको प्राबिधिक र ब्यवहारीक शिक्षा जसले देशका सम्पुर्ण युवा बेरोजगारमा हल्लिन नपरोस ।
No comments:
Post a Comment