Tuesday, April 28, 2009

मेरै मनको गन्थन

धेरै दिन भएछ कथा कबिता मुक्तक अनि हाइकुमा नजमेको पनि । पल्टाएर हेरे ब्लगका पानाहरु निकै उराठ लाग्दा भएछन यो बसन्त ऋतुमा पनि । निकै आदर्शका र राजनीतिका गफहरु छाट्नमा नै ब्यस्त भएछु । यसपाली भने मलाइ पनि केही साहित्यीक छनक हाल्न मन लाग्यो मेरो ब्लगमा । ब्लग खोलेर बसे हरियाली बनाउने सुरमा तर‌ अहँ पटक्कै फुरेन कुनै साहित्यका स हरु । टाइप गर्न मानेनन् यी औलाहरुले कथाका क हरु । झण्डै आधा घण्टा बितेछ घोरिदैमा........... बित्यास परो के लेखेर मैले मेरो ब्लगका उजाडपनलाइ हटाउने त?? सोच्न थाले । दिमागमा संझना आयो मेरा आदरणीय गुरु विधान आचार्यले पनि निकै दिन अगाडी देखी मेरा साहित्यका हरिया फाटाहरु हेर्न र पढ्न रुचाइ रहनु भएको थियो त्यसर्थ पनि मैले झन मेरो दिमागमा रहेको साहित्यका बाझाँ फाँटहरु फुटाउनु पर्ने भो तर....... अझै पनि औलाहरु सल्बलाउन मानेन्। भनेको सुनेको थिए

प्रयास अनुचित नठान
वास्तबिकता कसैको पेवा होइन
आफुलाइ असफल कहिल्यै नठान
सफलता कसैको मुट्ठी मा छैन

एकछिन थकाइ मारे । मेरा गुरुले पढ्न रुचाउनु भएको जस्तो कबिता त नफुर्ने नै भो अहिले तर पक्कै पनि प्रयास अनुचित हुदै हुन्न, म पनि आफुलाइ यति सानो प्रयासमा असफल मान्दै मान्दिन । त्यसैले निर्णय लिए सधै सबैले किन हरियाली बसन्तमात्र रोज्नु?? कहिले काही त पिडादायी कुरा पनि सिर्जना बन्न सक्छ । अनि फुर्यो मनमा एउटा बिरहका भाका ।

चाहाना त एउटा कल्पित इच्छामात्र हो
सम्झनालाइ नै वास्तबिकता ठान
मिलन त हाम्रो हुरीको धक्का मात्र हो
पिडा दायी बिछोडलाइ नै सत्य मान

यो पनि एउटा साहित्य कै सिर्जना हो । यसलाइ किन अगाडि नसार्ने ?? कैलाश दिदीको भाका सापट लिएर भन्नु पर्दा जे पर्ला पर्ला ठेली दिए म सर्जक भएको नाताले दुइचार हरफ सिर्जनाका रुपमा । अरुका लागी यो कबिता नभए पनि मेरा लागी यि नै कबिता यि नै साहित्य अनि यी नै भए मुक्तक

कहाली लाग्दो रैछ आफ्नै जीवनबाट
यो भिडहरुमा एक्लीएर गए पछि
हार खाइन्दो रहेछ गन्तब्य बिहिन यात्राबाट
दोवाटोमा पुगेर रुमल्लीए पछि
अभिसाप नै बन्दो रहेछ जीवन
त्यसै कसम खादै देबी देउराली भाके पछि
अर्थ यसरी लाग्दो रहेछ जीवनको
धोका र तिरस्कार खाए पछि
मुल्य हिन आशु नै बन्दो रहेछ
यसरी हृदयमा चोट लागे पछि

यि माथीका हरफलाइ आफुले कबिता माने । अन्तमा फेरी जानि नजानि दुख कै मुक्तक पनि कोर्न मन लाग्यो

भुल्न खोज्छु सवैकुरा
अतितआइ अल्झि दिन्छ
अधर खोली हासु भन्छु
पीडा सधै बल्झि दिन्छ

यो अन्तिम अंश अपुरै छोडि दिए मेरो ब्लगमा पाल्नुहुने मित्रहरुले यस भन्दा मुनीका हरफ बनाउन सघाइ दिनु हुन्छ की भनेर ।

5 comments:

Unknown said...

भुल्नै पर्छ अतितलाई
जो बल्झि बल्झि दुखिदिन्छ
हाँस्नै पर्छ यहाँ बहिनी
रुँदा आँशु सुकिदिन्छ।

धेरै राम्रो बहिनी यस्तै लेखहरु अरु लेख्दै जानु होला, धन्यबाद।

मनु ठाडा मगर (MANU) said...

oh thankyou Bj dai Tapai ko yehi kabitatmak haraf ko aasaamaa thia po ta.

Ramro Nepali News said...

nice blog keep it up

दूर्जेय चेतना said...

badho ramro sanga lekhnu bayo ho manu je. baaki bhag tapaile nai lekhu hola hai smaya nekalera..

Kobit "Durga" said...

मायाबी संसारमा मतलबी सबै धार हरु,
जीत बनाएर हेर्नु पर्छ बैनी हारेको सबै हारहरु,
सङ्कल्प गर्नुस् उडी छुने चन्द्रमा,
भेटिन्छन् कती कती ज्युने आधार हरु,

दुर्गा भोजपुर