Wednesday, May 6, 2009

देश अब कता तिर


बद्लीदो परिस्थीती सँग जुहारी खेल्दै यो जीवनले संघर्ष त गरेकै छ । अझै गर्नु पर्ने भएको छ । नेपाली भएर जन्मीएकोमा धेरै कुरा पाएकै छौं। एउटा नागरीकले पाउनु पर्ने सबै सुबिधा उपभोग गर्न पाएकै छौ । के नै पो बाकी छ र संचार स्वास्थ शिक्षा रोजगार बाट बन्चित भइ सबै सबै पगरीका साथ तुच्छ नागरीकको हैसीएतको सम्मान पनि पाएकै छौं। अझ भनौ न नेपाली भएको नाताले लोडसेडीङको उपहार पनि पाएकै छौ । जाम र महंगीको उपहार त छदै नै छ । हुदा हुदा काठमाडौंमै पनि भोकमरीको सीकारमा परिने संकेत देखिन थालेको छ । दिन दिनै पेट्रोलिएम पदार्थको अभाव ग्याँसको अभाव खाद्धान्नको अभाब हुन सुरु भएको छ । थारुहटको आन्दोलन भनौ या लिम्वुवानको जस्को भए पनि सडक बन्द अनि आयात बन्द भए पछि अभाबको मारमा पिल्सीएर जनता मरे पनि सदन र महलमा रमाउनेहरुको कानमा चिसो पस्न सकेको छैन । जुन जोगी आए पनि कानै चिरेको भन्थे बुढापाकाले भोगेर जानेर देखेर मात्र नै बनाउदा रहेछन उखानहरु। अहिले चरितार्थ भै रहेको छ ।

यो अभाबै अभावको जिन्दगी लिएर कहिले सम्म बाच्न पर्ने हो कसैलाइ पनि थाहा छैन । शिक्षण संस्था बैङ्किङ संस्था देखी सबै क्षेत्रमा हड्ताल छ । संसारका जटिलताहरु मध्यका सबै जटिलताहरु किन नेपालीले मात्र भोग्नु परिरहेको छ कसैलाइ थाहा छैन । शिक्षण संस्था देखी लिएर हरेक प्रकारका क्षेत्रमा यो फोहोरी राजनीति घुसाइ दिएका छन् नेताहरुले । यसको निवारण तर्फ कहिले जाने ? यो दुर्गन्धित र दुषित राजनीतिबाट नेपाली नेताहरु कहिले बाहिर आउने हो ? जनआन्दोलन भन्यो हत्या, हिंसामा मात्र किन अगाडि बढ्छन नेपालीहरु ? मेरो गोरुको बाह्रै टक्का गर्ने नेताहरुको घैटामा कहिले घाम लाग्ने हो ?

समय र मानीस सँगै बचेर हिड्नु पर्ने बाध्यताले साधारण जन समाज जहिले तहिले त्रसीत छन । कहा पुग्दा के हुने हो? भन्ने जहिले मनमा एउटा पीर त बोकेकै हुन्छ । हुदा हुदा अब कति खेर के हुने हो ? बाहिर कसरी निस्कनु पर्ने हो ?भनेर निस्कनु भन्दा पहिले दशबार सोच्नु पर्ने भएको छ । देशले नया मोड लियो, अब शान्ती छाउला, देशको शासन पद्दती फेरीने भो, नया नेपालमा आनन्दले बस्न पाइएला, भन्ने आषा बोकेका करोडौ नेपालीको मनमा पानी फेरेको छ । जुन कुरा संका मात्र थियो अब बास्तबिकता पनि देखियो । लौ के के न गरुला भनेर कुर्लनेको पनि चाल देखियो । तर यसले एउटा अर्को पाठ पनि सिकाएको छ संसार बिश्वासमा अडिएको छ भन्छन तै पनि सबैलाइ त्यति धेरै विश्वास नगर्नु रहेछ । मानिस आफ्नो स्वार्थले कहा सम्म गिराउछ भन्ने कुरा पनि स्पस्ट भएको छ । तर जे भयो राम्रै भयो एक न एक दिन खुलासा त हुनु नै थियो । मानिसलाइ झुटो कति दिन लुकाउन सकिन्छ र एक न एक दिन त अबस्य पारदर्सी त हुनु नै थियो ।
तर समस्या मात्र खडा हुन्छ समाधानको कुरै छैन । कति दिन चल्ने हो यो चालाले ? अझै कति दिन भोग्नु पर्ने हो यो समस्या ? समस्यै समस्यामा रुमलिएर देश कता तिर जाने हो ? हामी जस्ता आधा उमेरका जनताको भविष्य के हुने हो सबैले गंभिर भएर सोच्नै पर्ने बेला आएको छ । हामी जनता पनि भेडा भएर दौडनुको कुनै तुक छैन । अन्तिम सत्य देख्नेहरु कोही नभए तापनि केही वास्तविकता र साचो कुरा के हो निर्कौल गर्नु जरुरी छ ।

3 comments:

Basanta said...

साह्रै चित्त बुझ्यो मनुजीको कुरा! झूठ भनेको झूठनै हो, एक दिन त बाहिर आईहाल्छ। तर बिडम्बना, अब आफैंले बोलेको यहि झूठलाई पनि अरुको 'षडयन्त्र' देखाएर हामीमाथि शाशन गर्नेनै छन्।

च्याट्ठिने मान्छे said...

एक अर्का लाई निसेध गरेर देश चल्दैन भन्ने बुझेका छन यि नेता हरुले...तर शक्ती प्राप्ति को उन्माद मा बुझ पचायेका हून यिन्ले मनु जी

mgrgeen said...

honi basanta dai satile saraapeko desh re nepal tei bhayera holani khoi ta chyaathine manchhe jee aba yestai ko shasanma pirolinu parne hola feri pani