साझको खाना खाइसकेर कोठा तिर लाग्दै थिइन पबित्रा कोठामा रहेको फोनमा रिङ्ग बजिरहेको थियो । पवित्राले फोन उठाइन हेलो
अर्कै ब्यक्तिलाइ गरेको फोनमा अर्कै मधुर आवाजले दिपक पनि झस्कीए।
हेलो अरे यो फोन बिक्रम सरको हैन र?
हजुर, को बिक्रम सर? यहा त कोही बिक्रम सर छैन । तपाइले गलत नं डाएल गर्नु भयो होला एक पटक चेक गर्नुस त ।
ओ सरी है
फोन काटियो तर उनी सँगको यो एकै पटकको संवादले दिपकको मनमा केही अनौठोपनाको महसुस भइ सकेको थियो । डाइरी पल्टाएर बिक्रमदाइको नं हेरे मात्र बिचको एउटा नं हेरफेर भएको रहेछ ।
उसले मन मनै सोच्न थाले, स्वर यति मिठो थियो उनको नाम सम्म सोध्न सकिन । के होला उनको नाम, कहा होला उनको घर, कहा होलिन अहिले उनी, धत्तेरीका त्यती बोली त सकेको थिएँ उनको नाम मात्र सोधेको भए पनि त हुने थियो । फेरी फोन गर्ने मुड बनाइ अपरीचित मैयाको नं हत्तपत्त सेभ गरे ।
भोली पल्ट बेलुकी लगभग उही बेला फेरी पबित्रालाइ त्यही नं बाट फोन आयो ।
हेलो, तपाइ को बोल्नु भएको? तपाइले कस्लाइ खोज्नु भएको?
पहिलो फोन उठाइमा नै एतिका धेरै प्रश्न ओइरीएकाले दिपक एक छिन अलमलमा परेर हेलो भन्नै बिर्सीएर बसे ।
हेलो..........
उता बाट फेरी तिखो स्वरमा आएको आवाजले दिपक आतिए
हेलो ए म..........म..........म !
मेरो नाम दिपक अँ ...........मैले हिजो पनि फोन गरेको थिए नी ।
अँ.......... मैले हिजो गल्ती नं हानेछु तर.......... तर आज त तपाइ सँगै बोल्नलाइ गरेको ।
ए साँची तपाइको नाम के नी?
ए हो र? हा हा हा नचिनेको मान्छे सँग के बोल्ने नी?
हैन मेरो नाम दिपक मेरो घर रामेछाप भए पनि म काठमाडौंमा काम गर्छु त्यती भए पछि त तपाइले मलाइ चिनी हाल्नु भयो नी हैन र ? कि किन तपाइको नाम भन्न मिल्दैन र मलाइ?
मौका पाउने बित्तिकै दिपकले नौनी लगाइहाले बोलीमा।
हैन नी । अँ.... मेरो नाम पबित्रा।
अहो कति राम्रो नाम । तपाइ त नाम जस्तै पबित्र हुनुहुन्छ होला है? अनि कहा हुनु हुन्छ अहिले? तपाइ के गर्नु हुन्छ?
होइन है त्यती पबित्र त ।आवाजमा अलि मधुरता छायो । अँ मेरो घर इलाम अनि म यहि पढ्दै छु । अनी तपाइ चै के गर्नु हुन्छ नी काठमाडौमा ?
बल्ल खुल्न थालीन् पबित्रा मौका यहि हो दिपकले पनि निकै रमाइला रमाइला गफ गरेर मोहित बनाइ दिए । ठमेलको रात्रि रेष्टुरेण्टमा कार्यरत दिपकले आफु सानो तिनो ब्यापार गरेर गुजारा गरेको बताइ ढाँटे । सुरुमा बोन्सरबाट काम थालेका दिपक अहिले निकै चर्चीत गुण्डाहरुको दाहिने हात भएर काम गर्न थालिसकेको कारण पैसा निकै कमाउने भै सकेकाले पबित्रालाइ दिनै फोन गर्ने र मिठा मिठा गफ गर्ने गर्न थाले। उनिहरु बिचको यो अपरिचित सम्वन्ध बिस्तारै मित्रताको साइनोमा दिन दुइ गुणा रात चौगुणाले झागिंदै गइ रहेको थियो । बिस्तारै फोन मित्र हुदा हुदा उनीहरुको यो रुप प्रेममा परिणत भै सकेको थियो । पहिलो फोन सम्पर्कको करिव ५ महिनामा पबित्राको घरमा दाजुको बिबाह थियो । उनीहरुको मित्रतालाइ अझ प्रगाढ बनाउन उनीहरुको भेट आवश्यक भै सकेका कारण पबित्राले आफ्ना दाइको बिबाहको मौका छोपी दिपकलाइ आफ्नो घर बोलाइन् । दिपक पनि के कम हानिए आफ्नी प्रेमिकालाइ भेट्न उनको घर इलाम। पबित्राले घरमा पनि दिपकलाइ साथी भनी परिचय दिलाइन् ।
इलाम बहुमुखि क्याम्पस वि ए तेश्रो बर्षमा अध्ययनरत भएता पनि पबित्रा साच्चै सोझि थिइन । दिपक एक बिकट गाउको भएता पनि सानै उमेर देखि घरबाट टाढा काठमाडौमा अनेक दुख हन्डर खाइ हुर्कीएका कारण निकै बाठा थिए । उनले वास्तवमा एक कक्षा पनि पढेका थिएनन् तर म वि ए पढेर छोडेको भनि ढाट्न सफल भए । पहिला फोन मै मोहित भै सकेकी पबित्रा दिपक सँगको भेटले निकै हर्षीत थिइन । हेर्दा कालो बर्णको भए पनि हट्टा कट्टा खाइलाग्दो अग्लो शरीरले उनीलाइ निकै आकर्षीत गरेको थियो ।
दाइको बिबाहमा गएका दिपक झण्डै आठौ दिन पछि काठमाण्डौ फर्कने तयारीमा थिए तर ऊ एक्लै नभै सँगै पबित्रालाइ पनि साथमा ल्याउदै थिए । यसको जानकारी न त केटा पक्षको परिवारलाइ थाहा थियो नत केटी पक्षका परिवारलाइ नै । थाहा थियो त सिर्फ एक जना गोपाल र उनीहरु दुइ जनालाइ । गोपाल दिपकका साख्खै दाजु नभए तापनि काकाका छोरा दाजु थिए तर आफ्ना दाइहरु सँग भन्दा धेरै मिल्ने । दाइको नाताले उनलाइ पनि खासै बिस्तृत जानकारी दिएनन् मात्र अब तिम्री बुहारी लिएर आउदै छु है भन्ने जानकारी दिएका थिए । भाइलाइ तिम्रो बारेमा उनीहरुलाइ के थाहा छ भनी गोपालले सोधेको प्रश्नको प्रती उत्तरमा मात्र हासे । पछि आफु पनि फस्न सक्ने संभावना देखि गोपालले सम्झाउने कोसीस पनि गरे । तर दिपकले आफ्ना दाइलाइ त्यसको चिन्तै नगर्नु सल्लाह दिए ।
सामान्य परिवारकी पबित्रा दिपकको चुरीफुरी र हाइफाइ देखेर मख्ख थिइन । उनिहरु दाइको बिवाहको आठौ दिनमा घर परिवार तथा साथी भाइलाइ थाहै नदिइ चल्दै गरेको बि ए को परिक्षा छोडेर सुइकुच्चा ठोके । काठमाण्डौ आएको करिब एक महिना पछि बिभिन्न कारणबाट साथीहरु सँग झगडा पर्यो । त्यस पछि मात्र पबित्राले उनी अनपढ रहेछ भन्ने कुरा थाहा पाइन् तर काठमाडौको रमझम, सुख सयल र मोजमस्तीको दुनीयामा रम्न थाली सकेकी उनलाइ त्यसकुराले खासै असर पारेन। त्यस पश्चात उनीहरु नेपालको सुन्दर नगरी पोखरा तिर हानीए । बोन्सर हुदा कमाएको पैसाले साथी सँग मिलेर पोखरा मै एउटा रेष्टुरेण्ट खोल्न पुगे । उनीहरुको हाइफाइलाइ मेन्टेन गर्न रेष्टुरेण्टको कमाइले मात्र पोखरा जस्तो ठाउमा असंभव थियो । तर दिपकको पोखरामा पनि उस्तै खाले केही माफिया साथीहरु सँग सँगत भएको कारण पुरानै अनैतिक कार्य गर्न सजिलो भयो । महिनाको पचासौ हजार कमाउने तथा कमाइएका पैसा मोजमस्ती मै उडाउथें।
घरबाट भागेर आएका उनीहरुको बिबाह करिव एक बर्ष पछि गरि दिन परिवारबाट बोलावट आयो । पोखरा मै बस्दै आएका उनिहरु घर परिवारको कोही सदस्य बिना जाने निधो गरेतापनि माइती पक्षकाले एक जना मात्र भए पनि लिएर आउने हुकुम दिए पछि गोपाललाइ लैजाने भए । मगर समुदायमा हुर्केका दिपक अन्यजातिको रीति रिवाजका बारेमा केही थाहा थिएन । पाँच दाजुभाइ सहितको राइ परिवारकी एक्लि चेली पबित्राको अन्तरजातीय बिबाह नै भएतापनि धुमधाम सँग गरि दिन लागेका थिए । तर टाढाबाट जानु पर्ने भएकाले सबै समानको जोहो माइती पक्षबाटै गराइएको थियो । यहाबाट बेहुला बेहुली र एक दाजु सहित तीन जना बिवाहमा जादै थिए । इलाम पुगेर केटीका पहिलाका साथीहरुलाइ खवर गरी करिव १५ जना जतिको जन्तबनाइ बिवाह भोजमा सरिक भए ।
बिबाह सकिएको तेश्रो दिन पबित्रालाइ गतबर्ष छुटेको परिक्षा दिन माइती मै छाडेर दुइ दाजु भाइ काठमाडौ फिर्ता भए । बिवाह भोज सम्पन्न भएको २७ दिन पनि नकटी अबैध काम गरेको आरोपमा दिपक प्रहरीको पक्राउमा पर्न पुगे । बिविध आपराधिक गिरोहमा लागेको र एक जना साथीको हत्याको आरोपमा रिवलवर सहित मध्यरातमा आफ्नै कोठाबाट दिपक समातिए । समातिएको भोली पल्ट फोन आयो पबित्रालाइ पतिदेब समातीएको खवर सहीत । दिपक गलत कामको सजाय स्वरुप जेलको चिसो छिडीमा दिन बिताइ रहेका छन । पबित्राभने ६ महिनाको दिपकको मायाको चिनो पेटमा हुर्काउदै अर्धचेतन अबस्थामा दिपकको पर्खाइमा दिन गन्दै एक्लो जिवन बिताउन बाध्य छिन ।
4 comments:
हाम्रो समाजको एउटा कटु यथार्थको सटीक प्रस्तुति! कति पवित्राहरु यसैगरी धोका खाईरहेका छन्।
sarai ramro lagyo
मनु जि,यो एउटा पवित्रको मात्र ब्यथा हैन ।यस्त हजारौ पवित्रहरु छन जो केटा मान्छेको वास्तबिक्त जन्न, बुझ्न र पहिचन गर्न नसकि उसको देखावटि जिवनको रमझम र देखा सिखिमा फसेर आफ्नो जीवनलाई दुखको ढोका सम्मा धकधक्याउने र पछि यतर्थको भुमरिमा परे पछि पछुताएर जिवन बिताउने, यो नै हाम्रो चेलिबेटि हरुको अभिसप कयम छ। जे होसतपाईंको यो लेखले कसैलाई शिक्षाको मार्गदर्शन मिल्नेछ भन्नेमा म पुरा बिश्वास गर्दछु ।
Thankyou sathi haru sabai janalai
Post a Comment