Friday, May 22, 2009

आफ्नै अन्तरकुनोको गन्थन

खाद्दान्न अभाव पेट्रोलियम पदार्थको अभाव खानेपानी अभाव तथा लोडसेडीङ त नेपाली समाजको एउटा पहिचान नै बनि सकेको छ । हिजो आज नेपालका बिभिन्न एफ एम रेडियो तथा टेलिभिजनमा होस वा बिभिन्न पत्र पत्रिकामा बन्द हडताल दोहोरो झडप तथा दुर्घटना साथै सदन अवरुद्दको बाहेक समाचार नै बन्न बन्द भै सकेको अवस्था छ । यसो भनि रहदा म निरासाबादी ठहरीउला तर यो नेपालीहरुको तितो वास्तविकता हो । यी कानहरुले सुभ समाचार नसुनेको पनि निकै महिनौ कि बर्षौ नै भै सकेका थिए हिजो यानीकी २०६६ साल जेष्ठ महिनाको सात गते नेपालीहरुको बिरता र साहसीको प्रशंसा गर्दै सचांरका माध्ययमहरुले खुसीको समाचार प्रशारण गरे । बिभिन्न पत्र पत्रिकाले पनि निकै महत्वका साथ छापे एकै दिन दुइ वटा अलग अलग नेपाली बिरहरुको साहसपूर्ण सफलताहरु ।

एउटा नेपाललाइ बिश्वसामु चिनाउने सँसारकै अग्लो सगरमाथाको चुचुरोमा नेपाली मुलका शाहसी ४९ बर्षीया आप्पा शेर्पाको १९ औ पटकको सफल साहसी पाइला टेकीएको खवर। सगरमाथा टेक्नु भनेको चाने चुने कुरा होइन त्यसमा पनि यो १९ औ पटकको साहसीक कदम हामी सबैको लागि गौरवशाली समाचार त हुने नै भयो । अझ यसमा पनि बिश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहिको रुपमा गिनीज बुकमा कोरिएको उनको आफ्नै नाममा फेरि पनि एक पटक १९ औ पटक भनेर थपिने भएको छ भने अर्को तिर दुइ सय बर्ष देखि बिदेशी भुमीमा आफ्नो ज्यानलाई तरवारको धारमा राखेर लडाइ लडि रहेका नेपाली महान बिर योद्दाहरुले बर्षौ देखि आवासीय अधिकारको माग गर्दै लडेको लडाइको शुभ खवर । अथवा बेलायती सेनामा काम गरेका पुर्व गोरखा सैनिक र तिनका परिवारले बेलायती भुमीमा आवासीय अधिकार प्राप्त गरेको खवर । बिश्व सामु बहादुरी साहस र बलिदानी पुर्वक पुराएको योगदानको कदर गर्दै बेलायतले आवासीय अधिकार दिएकोमा थुप्रै नेपालीहरु खुसी छन् बिशेष गरि गेसोका पदाधिकारीहरु । यो जित उनिहरुको लागि त्यति सहज र सरल थिएन तापनि नेपाली बिर भएका नाताले अरिङगलको गोलोमा हात हालेर पनि सफलता पाउन सकेका छन् । उनिहरुको यो बर्षौको अथक मेहनत र प्रयासबाट सफलता पाएका कारण उनिहरुले मे २१ लाइ बिजय दिवस नै मनाउने घोषणा गरेका छन् । बधाई छ नेपालको सान उचो र ठाडो पार्न सधै लागि परेका आप्पा शेर्पालाइ साथै बधाई छ नेपाली बिरता र बलिदानी गरे बापत आवासीय अधिकार मागेर छाडेका गेसोमा संलग्न हाम्रा आम नेपाली बुवा, बडा तथा मामाहरुलाई ।

तर दुखको कुरो नेपाल र नेपालीको यत्रो साहसीक कदमहरुले सफलता पाए पनि, बिश्वसामु चर्चाको बिषय बन्न सके पनि बिभिन्न बिदेशका मानिसहरुले खुसीका आशु झारे पनि नेपालका बरिष्ठ भनाउदा राजनीतिक नेता तथा बरिष्ठ ब्यक्तित्व ज्युहरुको कानमा कुनै चिसो पस्न सकेन । एक शब्द बधाईका गुच्छाहरु यी साहसीको नाममा संवोधन भएको खवर नै सुन्न पाइएन । यतिका ठुला समाचार बनेर यत्रतत्र छाउदा पनि नया नेपाल बनाउनका लागि लागि परेका हाम्रा बिद्वान कमरेडहरुलाई एउटा बधाई शब्द मुखबाट फुत्काउन गाह्रो भयो । जहाँ सम्म लाग्छ फोहोरी राजनीतिको दलदलमा फसेर जुँगाको लडाइ गर्न मै ब्यस्त भएकाले हुन सक्छ । एकले अर्कालाई आरोप प्रत्यारोप लगाउनमै मस्त भएकाले पनि हुन सक्छ । राजनीतिलाई निकासा दिनको सट्टा देश भिरमा पुर्याइ अल्झाएर सत्ता तेरो र मेरो गरी जुहारी खेलिरहेकोले हुन सक्छ जे होस् । किन कन्जुसाइ भयो यो त उनै जानुन् तर यहि सन्दर्भ सँग मिल्ने एउटा कबिता मेरो मानसपटलमा आएको छ जुन कबिता मेरा आदरणीय गुरु बिधान आचार्यज्यूले लेख्नु भएको हो । यी हरफहरु हामीलाई अध्ययनको क्रममा कक्षा कोठामा करिव ३ बर्ष अघि सुनाउनु भएको थियो । हुन त यो कबितांस पूर्ण छैन मेरा गुरुज्यूले नै अन्तिम हरफ बाँकी राखेर सुनाउनु भएको थियो । यहि कबिता अँश सापटी मागेर यहा राख्न चाहन्छु ।

म फुर्सदहरुमा यति ब्यस्त थिए र तिम्रो कथा सु्न्न भ्याइएन छु
म नानीहरुमा मैलाई हेर्थे र आशु झरेको नै देखेन छु
म तिम्रो मनै भित्र यति रमाए र त्यै मन दुखेको त जानेन छु

यी हरफहरुले भने झै नजिकै रहेको कुरा हतत्त पत्त थाहै पाइन्न क्यारे । जनजातिहरुको हरेक पिडालाइ सम्वोधन गर्न लागेका यी नेताहरुले जनजातिले जीतेका यी महान बिजयउत्सवलाई पनि सम्मान गर्न भु्ल्न पुगेका छन् । नेपालको शिर उचो बनाउछु भनि लागेका यी महामहिमहरुले देशको शिर उचो गर्न सदातत्पर रहने ब्यक्तिहरुलाई सम्झननै बिर्सेका छन् । वास्तवमै नेपाल बनाउने सुरमा नेपालीले यतिका बिजयको झण्डा फहराउदा पनि नेपालमै बसेर केही नदेख्ने भएका छन् अहिलेका नेताहरु । आफ्नै दाजुभाइको खुसि खोज्नेहरुले यतिका बिधी खुसी पोल्टामा पार्दा पनि खुसी देख्नै छाडेका छन् । हुन त राजनेता हुन या नेता जो कसैको बधाई बिना यी साहसी र बलिदानी नेपालीहरुको केहि नोक्सानी हुने त पक्कै होइन तर पनि नेपालीहरुको एउटा जीतको बेलामा त खुसीमा साथ नदिनेहरुले दुख पर्दा कसो गर्लान् सोच्नै पर्ने भएको छ । बलिदान र योगदानको फुइलडाउनेहरुको बलिदानीको कथा अब कति विश्वास गर्ने भन्ने प्रश्न पनि उतिकै जरुरी भएर आएको छ ।

Photo source: internet

4 comments:

Basanta said...

साह्रै चित्तबुझ्दो कुरा गर्नुभयो मनुजी! हामीमा फोहरी राजनीति यति गहिरोसंग गढेको छ कि सकारात्मक र आशावादी समाचारमा कसैको पनि आँखा पर्दैन।

आप्पाजी र गोर्खाहरुमा सफलताको लागि धेरै-धेरै बधाई!

Unknown said...

good and creative pen

Go ahead.

Unknown said...

मनु बहिनी मलाई धेरै खुशी लाग्यो तपाईको यो पोस्ट देखी, हाम्रो देशमा के को कदर छ र, केवल नेताहरुलाई कुर्सीको चिन्ता अनि जनताले गरेको कुनैपनि राम्रो कामको कदर गर्ने को छ? नेताहरु रातदिन कुर्सीको लागी लडाँई गरीरहेछन, आफु आफु एक्लै एक्लै लडाँई गरे त हुने नि जनतालाई बलीको बक्रा बनाई रहेछन र यो परिपेक्ष्यलाई हेर्दा हो साँच्चीकै नेपाली बिदेश तिरै आवस गर्ने बेला भएको छ, जति पनि गोर्खालीले आफ्नो हक र अधिकार पाएका छन उहाँहरुको अदम्य शाहसको लागी र उहाँको सफल्ताको कमना सहित आप्पा शेर्पा मा हार्दिक हर्दिक बधाई एबं शुभकामना नेपालको नाम आफुले आफ्नो ज्यानलाई बाजी थाप्दै भएपनि उच्चो बनाउन सफल हुनु भएको मा।

मनु ठाडा मगर (MANU) said...

Thanks for all thankyou so much