Wednesday, June 17, 2009

नेपालको वर्तमान अवस्था

भन्नै पर्दा म जस्ता सर्वसाधारणले बुझ्ने र चिन्ने विश्वको सर्वोच्च शिखर सगरमाथाको देश भएर पनि विश्वसामु आफ्‍नो सान उच्च बनाउन नसकेको, शान्तिको अग्रदुत भगवान गौतम बुद्धको जन्मभुमि भएर पनि शान्ति र सद्‍भाव हुर्कन नसकेको, प्राकृतिक रुपमा विश्वको धनि देशहरु मध्येको भएर पनि दुनियाको दरीद्र राष्ट्रमा सुचिकृत हुन पुगेको, दुनियामा बहादुर गोर्खालीको पहिचान बनाएर पनि आफ्‍नै मातृभुमिको सिमाना दिन दहाडै मिचीदा लाचार र मुकदर्शक भएर बसिरहनु परेको, संसारमा जहासुकै पुगेर पनि इमान्दार जातिको रुपमा पहिचान बनाउन सक्ने नेपाली जातिको स्वदेश स्वंयमा भने धुत्र्यार्इ छली, चेलिवेटि बेचविखान गर्ने देखि स्वदेशी काठपात तस्कर गर्ने एउटा विचित्रको देश हो नेपाल ।
किन यस्तो हुन गयो त नेपालको स्थिति ? यो स्वाभिमानी नेपालीहरुको निम्ति ज्यादै महत्वपुर्ण र गम्भिर सवाल हो । यस सवाललाइ सहि तरिकाले विश्लेषण गरिनु, उचित उत्तर पहिचान गरिनु र निकासको बाटो खोज्नु नितान्त जरुरी छ । मर्निङ्ग सोज द डे भनिए जस्तै अर्थात जस्को वर्तमान राम्रो छ उसैको भविश्य पनि राम्रो हुनेछ भन्ने भनाइ सँग नेपालको वर्तमान स्थितिलाइ दाजेर हेर्दा साथै यहांका राजनैतिक पार्टी वा तिनका नेताहरुको हर्कत हेर्दा अनि बहुसंख्यक मानिसहरुको प्रबृत्ति हेर्दा त्यो छाट अझै निक्कै पर देखिन्छ ।
यसो भनिरहदां म निरासावादि ठहरीन सक्छु तर त्यो अवश्य पनि होइन । यो त नेपालको वर्तमानलाइ म जस्तै सामान्य मानिसले बुझ्ने र हेर्ने दृष्टिकोण मात्र राखिएको हो । जहा सम्म लाग्छ कुनै पनि राष्ट्र, एउटा राष्ट्रको रुपमा स्थापित हुन त्यस देशको निश्चित सिमाना सहितको भुगोलको अपरिहार्यतालाइ स्विकार गर्दछ । त्यसरी नै कुनै पनि राष्ट्र एउटा गतिशिल, सभ्य र समुन्नत हुनको लागि त्यो देशको भुगोल र प्राकृतिक उपस्थिति वाहेक त्यस भित्र बसोवास गर्ने मानिसहरु र उनीहरुको आवश्यक्तालाइ बुझ्न सकिएन भने त्यो राष्ट्र अराजक तथा कुशासनले ग्रष्त हुन जान्छ । नेपालीमा एउटा उखान छ हामी हतारमा बिवाह गर्छौ र फुर्सदमा पछुताउछौं । इतिहास देखि वर्तमान सम्म नेपालका राजा महाराजा देखि क्रान्तिकारी नेता सम्मले कुनैपनि दुरगामि महत्वको विषय/कार्यमा विना योजना, विना प्रयाप्त छलफल र विना गृहकार्य तुरुन्त कामको घोषणा र थालनि गर्ने र केहि समय पछि त्यसलाइ सुधार/परिवर्तन गर्ने, विगार्ने, भत्काउने कार्य संस्कारकै रुपमा विकसित गराएका छन । यो कार्य दुरदृष्टिको अभाव वा अयोग्यताको कारणले पनि हुने गरेको छ । जस्तो पछिल्लो पटक माओवादीका नेताहरुले कहा के बोले । पछि आएर सच्चाउदै हिड्‍ने तथा आफ्नो गल्ति सुधार्नु साटो आफै अरुलाइ विरोध गर्ने, आफै अरुलाइ दोष लगाउदै हिड्‍न थालेको छ । के यो आफैले थुकेको थुक चाटे सरह होइन र ? क्रान्तिकारी भनाउदा सार्वभौम संस्थाका नेतृत्वदायी समुहको यस्तो हविगत छ भने झन अरु क्षेत्रमा के अवस्था होला ? हुन त माओवादी मात्र नभै अन्य राजनैतिक दलका नेताको पनि चाला उही नै छ । यस्ता केटाकेटि खेल जस्तो कामले जनतामा अविश्वास श्रृजना हुन पुगेको छ र यो निरन्तर भइ रहे निराशा र निराशाको परिणाम त झन ठुलो दुर्घटना ।
अर्कोतिर नेपाल जस्तो गरीव मुलुकमा गठित धेरैवटा पार्टीहरु पार्टीसंचालनको विबिध पक्षमा आर्थिक समस्याहरु ब्यहोरी राखेका (झेल्नु परेको) हुन्छन । त्यसबखत विभिन्न व्यापारि वा तस्करहरु संगको बाध्यतापुर्ण सम्बन्धले सो पार्टि सरकारमा पुगेको बखत तस्करहरुले अबैध कार्यको संरक्षणको अबसर प्राप्त गर्दछन । त्यसले राजनितिलाइ कालाबजारि, घुषखोरी, तस्करी लगाएतका कार्यहरुको पर्‍र्यायको रुपमा वदनाम गर्न मात्र होर्इन जनतामा राजनैतिक नेतृत्वप्रति बितृष्णा/घृणाभाव जागृत भइ पलाएनवादिताको बिकास हुन थाल्छ । आफ्‍नो पक्षको सरकार आएको वखत भरपुर उपयोगको निति लिइ कर्मचारीतन्त्र नै राजतिनिकरणको भुमरिमा अनायासै पुर्‍याउछ । एकपटक निजामति कार्मचारी राजनितिकारणको सिकार भइ सरकारमा निजमति कार्मचारीहरुले राजनिति गर्न थाले पछि जाने हुन्छ देश पतनको बाटो गयो भनेर । नेपालको अहिलेको बिडम्बनायुत्त अवश्थाको धेरै मध्य एक प्रमुख कारण यहि नै हो ।
देशमा गणतन्त्र आए पछिको यो एक वर्षमा त झन चोरी सीकारी तथा ठगीको विगविगी बढेको छ । अस्ती भर्खर मात्रको घटना हो । ललितपुर नीवासी एक नेवार जातीको घरमा भाडामा बस्ने बस्ने एक परिवारले २ वर्ष सम्म घरभाडा नतिरि घरै मेरै हो भनि जिद्दी गरे पछि न्यायको ढोका ढकढकाउन सर्वोच्च अदालत सम्म पुग्नु पर्यो । सर्वोच्चमा पुगेर फैसला घरवालाको तफ भए तापनि माओवादी निकटका वाइ सी एल भनाउदाहरुले वकिल,समाज र घरवालाहरुलार्इ ज्यान मार्ने धम्कि दिइ रहेको कारण कैयौ महिना सम्म वकिल लगाएत घरवाला लुकेर हिड्‍ने अवस्था आयो । त्यस बेला न त प्रहरीले नै सहयोग गर्न सके न त अन्य कसैले बल्ल तल्ल आफ्नो आफन्तको सहयोगका कारण माथिल्लै तहमा कुरा पुराए पछि मात्र उत्तब्यक्तिलाइ घरबाट निकाला गरियो । आफ्नै घरमा आफ्नो स्थान सुरक्षित पार्न त यस्तो महायज्ञ गर्नु पर्छ भने अन्यत्रको त कुरै नगरौ ।
जहा सम्म भन्सार ठगीको कुरा छ, सर्वसाधारण जनताले थोरै झोलामा पोका पारेर ल्याइएका समानको पनि भन्सार कर तिर्नु बाध्य बनाइन्छ भने नेता तथा सरकारमा रहेका मानिसको आफन्तहरुको छ भने ट्रकका ट्रक समानको पनि केही तिर्नु पर्दैन । यसरी हेर्दा नेपालमा बनेका नियम तथा कानुनहरु हामी सर्वसाधारणलाइ मात्र हो जस्तो छ । जो पार्टी तथा सरकारका माथिल्ला तहमा पुगेका राजनेता तथा नेत्रीका लागि साथै उनीहरुका भाइ भतिजा साखा सन्तानका लागि होइन । किन भने भन्सार छलिएर आयातित सामान होस वा भंसार छलेर निर्यात गरेका सामानमा सरकारमा रहेका मानिसहरुको निकै ठुलो हात रहेको देखिन्छ । भनेको सुनिन्छ, नेपालका विभिन्न नाका तथा भन्सारबाट मल, ग्यास लगाएत विभिन्न प्रकारका सामानहरु ट्रकका ट्रक विना भन्सार तिरी भित्रि रहेकाछन्‍, भने ट्रकका ट्रक काठहरु निर्यात भै रहेका छन्‍ । कार्वाहिको लागि भन्सारमा पुराइएको सामान पनि माथिल्लो ओहदामा रहेका नेता तथा मन्त्रिहरु द्वारा भन्सारका कर्मचारि तथा उक्तक्षेत्रका सुरक्षा पति कहा धम्कि पूर्ण फोन आए पछि विना कार्वाहि छोडिन्छन्‍ । यसरी संविधान निर्माण कर्ताहरु काठ तस्कर तथा विभिन्न सरसमान विना कर भित्राउन तिरै लागि रहने हो भने कस्तो होला हाम्रो नया नेपाल ?
जब भन्सार छलिको काम सुरु हुन्छ त्यहि बाट घुसखोरीहरुको पनि जन्म हुन जान्छ साथै यहि कारणबाट असन्तुष्ठि र सामाजिक अपराध पनि । आफ्नो पेशा प्रतिको बफादारीता निभाए तापनि जस नपाइने हुनाले कर्मचारीहरु नचाहदा नचाहदै पनि सामाजिक अपराध तिर धकेलिन थाल्छन । कर्तव्य पालनाको क्रममा केही भन्सार छलि आयात तथा निर्यात गरेको पाइएमा कार्वाही गर्न तिर लागेमा मन्त्रि तथा सांसदको धम्किपूर्ण फोन आउन थाल्छन । आफुले गलत काम न नगरी धम्की सहनु पर्दाको पिडा त छदैछ फेरी सरुवा या त ज्यानै मार्ने धम्कि पनि आउन सक्छ किन भने नेपालमा मानिस मार्नु एउटा सडकको भुस्याहा कुकुर मार्नु सरह भएको छ । नेपालमा अहिले नत शान्ति छ न त सुरक्षा नै ? केही नभए पछि आफनो ज्यानको सुरक्षा गर्नका लागि नै भए पनि अपराधी गिरोहका नाइकेहरु संग मिल्नु पर्ने बाध्यता नै हुन सक्छ । तर जे सुकै भए पनि नेपाल जस्तो संयुक्त परिवारको पृष्ठमुमी भएको देशमा ती पहिले शासन गरेका र नयां आउने शासकहरु विचमा पुस्तौनि वा सगोत्रिय नाता सम्बन्ध कायम रहने हुदां सामाजिक दवावकै कारण पुरानो ब्यवस्थाका अपराधिहरुलाइ कार्वाहि गर्न नसक्नु तथा दण्डहिनताले प्रश्चय पाएको छ । राज्यको उच्च तहमा नै दण्डहिनता प्रस्ट देखिएपछि तलसम्म कानुनलाइ अटेर एवं अपमान गर्ने कार्यको बिजारोपण भइ राज्य अराजकताको बाटो तफ धकेलिएको प्रष्ट छ ।
राज्यको महत्वपुर्ण अवयवहरु र व्यवस्थापनमा परिवर्तन आएता पनि संस्कार, चिन्तन र दर्शनमा परिवर्तन नआएको कारण जनतामा पुरानै रक्सि नयां शिशि भन्ने गहिरो छाप परेको छ । गणतण्त्र नै आए पनि सरकार नै फेरीए पनि सरकारमा पुगेका नेताहरुको का गर्ने सैली अझै फेरीएको छैन । यी पुरानो संस्कार र चिन्तनको गन्धका उदाहरणहरु हजारौको संख्यामा देखिसकेका छन। खुला सिमाना भारतिय अतिवादिहरुको समर्थन तथा घुसपैठ र बेरोजगारीको समस्या लगाएतका विभिन्न गंजागोल अहिले नै शान्त होला जस्तो छैन । पार्टीहरुको हालको हर्कत वर्गत हेर्दा अब पनि घुसखोरी अपराधिहरुलाइ कार्वाहि गर्ने छाट देखिदैन । त्यसको मतलब राजद्रोहि शक्तिहरु र हिजोका सामान्ति शक्तिहरु फेरीपनि फुक्का रहने र नेपालको अशिक्षित समुदाय अनि निरास समुहहरुलाइ परिचालन गरि देशमा एक किसिमको आतंक वा राष्टि्रय अस्थिरता फैलाइरहन सक्ने सम्भावनालाइ अहिले कम्तिमा नकार्न सकिदैन । मुल्य बृद्धि र देशमा बढ्‍दै गएको बेरोजगारिको कारण उत्पन्न हुने सबैखाले बिकृतिहरुलार्इ परिचालन गरि आफनो पक्षमा प्रपोगाण्डाको लागि होस वा र्‍युमरको लागि निश्चित रुपमा कुनै पनि अपि्रय घटनाको संभावना रहिरहन्छ ।
ब्यक्ति ब्यक्ति मिलेर परिवार बन्छ, अनि परिवार परिवार मिलेर गाउ समाज बन्छ अनि त्यो गाउ/समाजहरु मिलेर बल्ल राष्ट्र बन्ने हो । अब राष्ट्र बन्न लाइ समाज बन्नु पर्‍यो र समाज बन्नलाइ परिवार बन्नु पर्छ । अर्थात ब्यक्ति ब्यक्तिमा परिवर्तन आएन भने सिं¨गो राष्ट्र बन्नलाइ ब्यक्तिको स्वभाव, चिन्तन, वानि व्यहोरा अनि क्षमतामा बृद्धि र बिकास हुनु पर्दछ । त्यसनिम्ति देशवासिले सुझबुझका साथ बृहत रुपमा राष्ट्रलार्इ समाहित गर्न सक्ने पार्टी वा नेतृत्व छनौट गर्नुपर्ने र समानुपातिक प्रतिनिधित्वको समावेसि वा समुहिक अवधारण विकास गराउन जरुरी छ । तर त्यहि ब्यक्ति विचमै बैमनस्यता तथा गरिव निमुखा जनतालाइ चर्को भन्सार असुल्ने, सामान्य जनताले चेलिबेटि बेचविखन गरेको भेटेमा कार्वाही गर्ने तथा सरकार संचालनमा रहेको ब्यक्ति निकटका मानिसहरुले जत्रो सुकै अपराध गरे पनि दण्ड नहुने हो भने यो देशले कहिले पनि कोल्टो फेर्न सकिदैन । त्यसैले अहिले गठित नया सरकारले यो दण्डहिनताको अन्त्य गरिनु पर्छ र म जस्ता सर्वसाधारणले पनि चैन र आरामको जीवन ब्यतित गर्न पाउनु पर्छ । देशले राजनैतिक निकास मात्र खोजी रहने, ६, ६ महिनामा पालो फेरी फेरी सरकार मात्र फेरी रहने र अहिले त झन ‍तिन महिना मात्रै समय तोकिएको छ क्यारे अब जता गयो फोरम उतै पुग्ने कोरम पनि फुटेर टुक्रा टुक्रा भै एक अर्का संग नमिलेर अरुको खुट्टा तान्ने प्रयत्न मात्र गरि रहने हो भने म जस्तै करोडौ नेपालीको भविष्य अन्धकार छ । त्यसैले शान्ति सुरक्षा र अमन चैनको स्थीति सृजना गराउनु सरकारको अहिलेको तात्कालिन कर्तव्य हो । शान्ति सुरक्षा नै अहिलेको आवश्यकता पनि हो त्यसैले बन्द, हडताल र दोषारोपनको राजनीति बन्द गरिनु पर्छ । आपराधिक घटनामा संलग्न दोषीहरुलाइ नेता तथा मन्त्रि नै भए पनि कार्वाही गरिनु पर्छ । अब नया ढंगले सहमति खोजिनु पर्छ नत्र पुरानै सैलीका ब्यवहार भइरह्यो भने फेरि पनि विकासले छलाङ मार्ने सम्भावना कमै रहन्छ ।

1 comment:

अर्जुन दुङमेन् said...

मनु जी,
नेपालको बर्तमान अवस्था, शिर्षकको तपाईंको लेख असाध्यै मिल्दो-जुल्दो छ । यथार्थ चिन्तन छ त्यहाँ लेख भित्र । तर जती पनि त्यो अड्डा अदालत, ओकिल र सर्बोच्च अनी रजानैतिक पार्टीहरुको कुरो गर्नु भा'छ । त्यो यथावत रहिरहन्छ । दु:खको कुरो यहाँ छ । तपाईंकै भनाइमा- "अहिले गठित नया सरकारले यो दण्डहिनताको अन्त्य गरिनु पर्छ र म जस्ता सर्वसाधारणले पनि चैन र आरामको जीवन ब्यतित गर्न पाउनु पर्छ ।" लेख्नु भा'छ । उचालेको कुकुरले मृग मार्दैन । बर्तमान सरकारले केहीनै गर्न सक्दैन । जो-जो ब्यक्तिलाई नेपाल र नेपाली नागरिकले नै स्वीकार गरेका छैन, उही देशको प्रधानमन्त्री, उही नै देशको रक्षा अनी गृह जस्ता प्रमुख नाईके भई देश नाशक तत्व बनेका छन । भारतीय राष्ट्रिय सञ्चार माध्यमहरुले सोझै लेख्यो, फुक्यो, भन्यो- "भारतिय मुलको ब्यक्ति नेपालको प्रधानमन्त्री भयो'रे !" ल हेर्नुस्- कहाँ सम्मको ठाडो नेपालप्रतिको देख्ने नजर वा हस्तक्षेप । अर्को कुरो, कुनै पनि सरकारले केही गर्नु पर्छ र यदी गर्छ भने लगातार डेढ दशक, २ दशक सरकारमा रहेर राज्य सञ्चालन गर्नु पर्छ । अन्य राजनैतिक दलहरुले उसको साकारात्मक कार्यमा सहर्ष स्वीकार गर्न सक्नु पर्छ । नाम मात्रको कम्युनिष्ट हुँ भनेर काम चल्दैन । कडा भन्दा कडा र स्वच्छ क्रान्तिकारी बिचारधारा नै भएको कम्युनिष्टको खाँचो छ । युरोपियन राष्ट्रहरुबाट "मानबअधिकार" को कुरो आयो । त्यहाँ छैन मानब अधिकारको कुरो । भने हाम्रो देशमा आउछ कुरो मानब अधिकारको । भन्नाले मार्नु र मर्नु नै क्रान्तिकारी बन्नु हैन । तर कुनै पनि त्यस्ता जघन्य अपराधका भागेदारहरुलाई मृत्युदण्ड सम्मको सजाय भोग्न वाध्य बनाइनु पर्छ र भोग्नु पनि पर्छ । ताकी त्यस्तो कार्य अरुबाट हुन छाडोस । बोरामा एउटा आलु कुहिनुले सबैलाई नष्ट गरिदिन्छ भने त्यो एउटालाई जिकेर फ्याक्दा सबै आलु सफा हुन्छ । अर्को प्रसंगमा, जुन चेली-बेटीको र भारतीय खुला सिमानाको कुरो छ- जसमा हालै घटेको वा घट्दै गरेको दाङको घटनामा त्यहाँ त्यती सम्म भयो । कि बर्णन गर्दा पनि दु:खको कुरो छ । त्यो अब हाम्रो परराष्ट्रमन्त्री सुजता दिदीले ठाडै भनी दिनुहुन्छ- यो घटना घटेको छैन, त्यसो भएको छैन, अर्थात वनवटी कुरो । वहाँ एउटा महलको युवराज्ञी भएर हुर्केकी मान्छे ले चेली-बेटीको समस्या र सिमा देखेकी छिन ? बुझेकी छिन् होला त्यो करो ? हुन त कमेन्ट भनेर लेख्दै जाँदा लामै भई गएछ माफ गर्नुहोला । के गर्ने मलाई पनि लागेको कुरो गरी हालौ झै लाग्छ । तैपनी मलाई के लाग्छ भने, देशबासी हामी जो कोहिले पनि सुखको श्वास फेर्नु छ भने दुनियाँ यो लोकतन्त्र, गणतन्त्रको नाममा खुकुलो नीति-नियम, ऐन, बिधान नभएर कडा भन्दा कडा संबिधान भन्नु पर्छ । जुनकुनै पनि राजनैतीक पार्टीले राज्य सञ्चालन गरेपनी दिर्घकालिन शान्तिका साथ आफ्नो ढंगबाट जनताको हितमा रहेर, भारतका पण्डितहरुको आशिर्बाद लिएर हैन । हैन भने ठूला-ठूलाका जती माइत र ससुराली भारत नै छ, नेपाललाई भारतको कुनै अंग भनाइदिन्छन । यसबाट होसियार रहौ, नेपाली मन मुटुहरु !!