Monday, June 8, 2009

लाल सलाम

पृष्ठभुमीमा एक पुरुष आवाजले विभिन्न बिषयवस्तुको बारेमा ब्याख्या तथा बिश्लेषण गरि रहेको हुन्छ र सान्दर्भिक स्थानहरु पनि पर्दामा देखिइदै आउछन् । एउटा बिहान गाउका ठकुरी चिरीच्याट्ट परि कहि जान निस्कन्दै छ । त्यहि समयमा एक जना दलित टुप्लुक्क आगँनमा आइ पुग्छ । जदौ हजुर के भनेका हुन्छन मुख भरीको गाली र डुमरे का संज्ञाले सम्मानित हुनु पर्छ ति निर्दोष र निरिह मानिस । बिना गल्ति गाली खाइ पिडा बोध गरि पछाडी के फर्केका हुन्छन ति दलित ठकुरीनी आमै पानी लिएर आउदै गरेको बेला अनायासै छोइदिन पुग्छ फेरी गालीका साथै बिहान बिहानै चिसो पानी टाउकै बाट खनिन पुग्छ । एउटा पुरानो गाउको माटोले लिपिएको भित्रको भर्याङ समेत बाहिरैबाट देखिएको सिकुवा भएको घर जहा एक जड्याहा बस्ने गर्दछ जसले जहिलै पनि श्रीमतिलाई मादक पदार्थको मात लागे पछि कुट्ने गर्दछ । घरमा एक दाना अन्न नभए पनि गाउमा रक्सी खाएर आउदा खानेकुरा पकाइनस भन्दै चादे लगाउछ र एक दुइ शव्द फर्काउदा घरबाटै निकालिन पुग्छन । पिडा खप्न नसकी छटपटिएका श्रीमति समाज भेला गराउन पुग्छन । तर पुरुष बादी चिन्तनले ग्रस्त नेपाली समाजमा एक निरीह महिलालाइ कस्ले दिने साथ यस्ता श्रीमानको मान मर्यादा गर्न नजान्ने महिलालाई गाउमा राखेमा गाउ भरिका सबै महिला उस्तै हुन्छन भनि डाडै कटाइन्छ ।

बिहानी लगभग नौ बजे तिरको घाममा केही भद्र पुरुषहरु लर्को लागेर कमरेड लालबिरको घर हुदै माओवादीको केन्द्रिय समितीको पुर्ण बैठक भए तिर लागी रहेका हुन्छन ।लामो छलफल र बहस पछि एउटा ठोस निर्णय आउछ जनयुद्दको सुरुवात। रातारात भित्ताहरु रंगाउने तथा पोस्टरहरु टास्ने साथै मसाल जुलुस निकाल्ने कार्यको सुरुवात हुन्छ । केहि संका लागेका ब्यक्तिहरुलाइ रातारात घरमै गएर चुट्ने पिट्ने तथा बिभिन्न किसिमका सजाय दिएर छाडि दिन्छन भने जाड रक्सी सेवन गर्नेलाइ कान समातेर उठबस गर्न लगाउने आदी काम गर्न थाल्छन । कृषी बिकास बैंक कब्जामा लिइ त्यहाका रिणीहरुको धितो राखीएको काजगहरु च्यात्ने र जलाउने कार्यका साथै लाल पुर्जा फिर्ता पनि गरिदिन्छन । बाटोका बृद्द बृद्दालाइ भारी बोक्न सहयोग देखी गाउ गाउमा पुगेर घास दाउरा जस्ता काममा सहयोग गर्ने र विश्वासीलो पात्र बन्न माओवादी जनयोद्दाहरु तल्लीन देखिन्छन । यसै बेला जंगलको बिचबिचमा अत्यन्तै बिकट ठाउहरुमा सैन्य तालिम पनि गर्नै गराउने र दुष्मनहरुको अखडामा गएर हमला गर्ने ग‌र्न थाल्दछन ।
मध्यरातको समय पारि बिभिन्न प्रहरी विटहरु जलाउनुका साथै भवनहरु ध्वंस गर्ने कार्य पनि सुरु हुन्छ ।
उनीहरुले यस्ता बिध्वंसका काम मात्र नभै सडक खन्ने कार्य पनि सुरु हुन्छ । यस्तैमा दोहोरो ठुलो भिडन्त सडक खन्ने ठाउमा हुन्छ र त्यहा कैयौ गाउले निर्दोष पनि पिल्सन्छन त कति महिला बलत्कृत हुन्छन भने कति माओवादी कार्यकर्ताको आखा पनि निकालिन्छन । यहिबाट सुरु हुन्छ सहि रुपमा दुष्मनी र बैमनष्यता । गाउगाउका निर्दोष मानिस माथी सैन्य कमाण्डरहरुको हमला र ज्यादतिका कारण संम्पूर्ण गाउबासीमा आतंक फैलन्छ । यस पछि चर्कन्छ देशब्यापि रुपमा युद्द । चलचित्रको अन्त १९ दिने दोश्रो महान जनआन्दोलन पश्चात गणतन्त्र घोषणा संगै भएको छ ।

समग्रमा ठिकै ठिकै बिषयबस्तु समेटेको चलचित्र हो लाल सलाम । नेपालका केही सुन्दर ठाउहरुलाइ देखाइएको छ यो एउटा राम्रो पक्ष हो । संकटकालमा नेपाली सेना तथा प्रहरी जवानबाट भएका ज्यादती लाई केही नजिकबाट देखाइएको छ । एउटा दृष्य जसमा एउटी महिलाको बलत्कार पछि आखा निकालिएको छ त्यो भने पक्कै दर्दनाक र हृदय बिदारक नै छ तर नया पात्रहरु भएको कारण सबै सबै कलाकारको अभिनय अत्यन्तै कमजोर, बनावटी र अत्यन्तै अश्वभाविक छन। सैन्य कमाण्डर भएर भाषण गर्दै हिड्ने पनि तिनै र कुनै साँस्कृतिक कार्यक्रममा नाच्ने कलाकार पनि तिनै हुदा अलि असोभनिय दृष्यहरु पनि रहेका छन ।

शीवजी लामीछानेको निर्देशनमा बनेको लालसलाममा इश्वरचन्द्र ज्ञवाली गणेश भण्डारी र शीवजी लामीछानेको पटकथा तथा छ भने तारा थापाको सम्पादन रहेको छ साथै भीम रानाको छायाङकन । खासमा लाल सलाम देशकाल र परिस्थितिलाइ समेटेर बनाउन खोजिएको चलचित्र हो । माओवादी पार्टी कसरी जन्म हुन पुग्यो । माओवादीहरु जनयुद्दमा कसरी होमिन पुगे भुमिगत हुदा उनीहरुले के के समस्या झेल्न परेको थियो भन्ने बिषयको सेरोफेरोमा रहेको छ लालसलाम। तर सबै र सधै झै यस चलचित्रले पनि आफुले त कुनै गल्ति नै गरिन्न । जस्तो भए पनि आफ्नै कुरा मात्र सहि र आफुले गरेको मात्र ठिक भन्ने मेरो गोरुको बार्है टक्का भन्ने उखानलाई भने चरितार्थ गरेकै छ । माओवादी ज्यादतिको बारेमा अनभिज्ञ रहेका नेपालीहरु नेपालमा बिरलै भेटिएला जवकी लाल सलामले त्यो पक्षलाई पटक्कै छोएको छैन ।
नयाँ विषयवस्तुलाई छोएर नयाँधारमा बनाइएको भनिए पनि यो चलचित्र ठिकै मात्र छ । यो भन्दा अगाडि नै द सारी सोल्जर हेरी सकेकोले होला त्यसमा जतिको मार्मीकता लालसलाममा पाइन्न । हामी पिडीतहरुलाई थाहा छ कि कति सरकारबाट दमन भयौ र कति माओवादीबाट । आखिर दोहोरो मारमा पिल्सने जनता त हामी नै थियौ नी त्यसैले यदि चलचित्रले देखाउने नै हो भने दुवै पक्षको खुलेर आलोचना तथा आत्मालोचना गर्न सकेको भए चलचित्र निकै स्तरीय हुने थियो । सेना पक्षको ज्यादतीलाई जति राम्ररी देखाएको छ त्यती माओवादी पक्षको ज्यादतिलाई देखाइएको छैन ।
यहा माओवादी पार्टीमा लाग्न तथा भुमिगत हुनलाई घरका बुवा आमाले नै आशिर्वाद दिइ फुलमाला लगाएर पठाएका थुप्रै दृष्यहरु छन तर मलाइ जहा सम्म लाग्छ कुनै पनि आमा बुवाले जानी जानी र देखि देखि आफ्ना सन्ततीलाई त्यती सजिलै बिदाइ गर्दैनन् । लालसलाम पश्चिमी नेपालको सेरोफेरोमा रहेर बनाएको हो भने ठिकै छ होला । थाहा छैन सायद पश्चिमी नेपालका मानिसहरुले त्यसै गरि पठाएका थिएकी लडाइको मैदानमा युद्द लड्नलाई‌‌‌‌ । म यस बिषयमा अनभिज्ञ छु तर मेरो पुर्वको सन्दर्भमा भने यो सतप्रतिशत झुठो छ ।

ललाइफकाइ जालझेल र जबर्जस्ती मा धेरै गाउले माओवादी भएका थिए । कति घरबार पढाइ छाडेर लापत्ता भएका अहिले सम्म घर आएका छैनन । यस मध्य मेरै घरकी एउटी बहिनी अहिले सम्म अधकल्चो पढाइमा रुमल्लीएर रहनु परेको छ । र मेरै कुरा गर्नु पर्दा म पनि कैयौ पटक भागेर सहरमा लुक्नु परेको तितो यथार्थ म सँग ताजै छ । हुन सक्छ त्यो मेरो कमजोरी होलाकी उनीहरु जस्तो महान युद्दमा बन्दुक बोक्न म जान सकिन । देश र जनताका लागि केही गर्न सकिन । त्यस बेला मलाइ ज्यान मार्ने धम्की दिने साथै मेरो परिवारका सदस्यहरुलाइ मानसीक तनाव दिने आदि कार्य कति भयो कति । दिनै पिच्छे दश पन्ध्र जनालाइ खाना खुवाउनु र महिनै पिच्छे चन्दा दिनु त मेरो परिवारको नित्यकर्म भएको थियो । यहि पिडा सहन नसकी आफ्नो प्राण भन्दा प्यारो मातृभुमिलाइ चटक्क छाडेर नया परिवेश नया माहोलमा रम्न अहिले सम्म बाध्य छन मेरा परिवार । यस्ता हजारौ लाखौ उदाहरणहरु जिवितै छन त्यस्ता पक्षलाइ भने केलाउन सकेको छैन लाल सलामले। भन्नै पर्दा हेर्नै पर्ने चलचित्र भने पक्कै पनि होइन लालसलाम ।

4 comments:

प्रदिप said...

मनु जि को प्र्यास निकै सराहनिय छ वास्तवमा द्वन्द्रकालिन परिस्थितिमा जे भए भए अब ति घाउहरु मा मलम लगाउने काम राज्यले गर्नु पर्ने त हो तर खै हाम्रो राज्यले के गर्ला र अब भएको पनि सक्लान जस्तो लागिसकेको छ । दलिय स्वार्थ मा आधारित् बन्न को लागि माओवादी पनि आफुलाइ पछी पारेन त तिनै माओवादीहरुलाई आटो पिठो खुवाएर सत्तासम्मा पुर्याउने जनताले के आशा गर्ने अब खै खुन्नी ???

जे होस् चल्चित्र को मर्मा वा उदेस्य जे भए पनि भावी दिनहरुमा नेपालीहरुले यस्ता द्वन्द्रात्मक द्रिस्यहरु हेर्न सकभर नपरे हुनेथ्यो । जसरी मनु जि ले आफ्नो चल्चित्र पर्तिको भाव यहाँ राख्नु भएको छ त्यसैगरि सबैले आफ्ना कुरा गर्न पाउने नागरिक स्वतन्त्रता भाईदिए राष्ट्रमा केही होला कि कसो मनु जि !!!

Basanta said...

अति मन छुने विश्लेषण! समस्या यहि हो कि माओवादी आफना गल्तीलाई भने कहिल्यै स्विकार गर्दैन। देशमा जारी दण्डहीनताको अन्त्यका लागि सबैभन्दा पहिले माओवादीले आफ्ना ज्यादतीहरुका लागि इमान्दार आत्मालोचना गर्नु र संलग्न आफ्ना कार्यकर्ताहरुलाई कारवाही गर्नु जरुरी छ। खाली अरुका दोषमात्रै देखाएर कराएर केहि हुने वाला छैन।
हिजो त ज्यादती दुबै तिरबाट थियो होला, आज अरुका ज्यादती रोकिएका छन्, माओवादीको ज्यादती भने जारी छ।

मनु बहिनीको लेखाईले मन छोयो!

एकलकाटे said...

ठीक भन्नु भो मनु जी, मेरो एउटा साथी थियो तेस्को बौ माओवादी रहेछन साथीले भन्थ्यो बाउ ले मलाई चाँही माओवादी नभएस भन्छ यो ५,७ बर्ष अघिको कुरा हो तेतिखेर माओवादी सफल होलान भनेर उनिहरु लाई नै पनि आशा राइनछ माओवादी कै नेताहरुले पनि त आफ्ना छोरा छोरी लाई सुरछित ठाउँ मा पढाउन रखेका थिए नि

manu said...

pakkai pani ho pradip dai, k garnu yeso man ko gunaso pokhaune matra na ho kyare tai pani hamro prayaas aba ka din maa feri tei kura dohorauna naparos,Thik bhannu bho basanta dai k garnu mero goruko barhai takka hat khutta bhachi dinchhu ani gau nikali dinchhu bhanna ajhai chodeko chiana gau gau maa ajhai pani hami ra hamra kamred thiakai chhan bhanne matra chhan, kaile aafno galti sudharne hun yee maoist harule thahachiana. pakkai pani ekalkate jee tyo ta paila ko kuro aile samma pani ju kaa tyu huda po pida bho ho aba k garnu?

thankyou for all