Tuesday, June 23, 2009

...............................


...............................केहि दिन देखि वाक्य रहित र निशव्द छु । मेरा वाक्यहरुको मोल निकै महंगो हुदै गइरहेको महशुस पनि हुन्छ तर शान्त दिमागले सोचि हेरे महंगो हैन रहेछ । मेरा दिमाग पनि खालि खालि भै रहेको छ । खालि नै दिमागले पनि भनि रहेको छ कि तँ धेरै नबोल । बोल्ने को जमाना गयो । केही गरेर देखाउनेको जमाना गयो । अब चुपचाप देखे पनि केहि नदेखे जस्तो गर, बुझे पनि नबुझे जस्तो गर, जाने पनि केही नजाने जस्तो गर र सुने पनि नसुने जस्तो गर । केहि जाने जस्तो गरेमा कुनै अपराध बिना मृत्यु निश्चित छ । त्यो पनि कुनै पापी र क्रुर मानिसको हातबाट ।
हिजो बिना कारण ख्यातीले मृत्युको ख्याती कमाउनु परेको छ । आखिर ख्यातीको गल्ति के थियो उहि सुन्दरता मिलनसार र जेहेन्दार नै होइन? त्यो भन्दा अगाडी उमाले ख्याती कमाइन उनको पनि गल्ति केही बुझेको जानेको कुरालाई जनता सामु राख्नु नै होइन र ? प्रजातन्त्र र गणतन्त्रले दिएको वाक स्वतन्त्रताको सदुपयोग गर्दा नै कैयौले अकाल मृत्यु वरण गर्नु पर्ने कस्तो जमाना होला यो ?

कुनै समयमा विश्वमा शान्तिको देश भनेर कहलीने देश भित्र दण्दहिनताले प्रशय पाउदा कैयौ ख्याति, उमा, बिबेक, रामहरि, बिहारी आदि आदीले अकाल मृत्यु बरण गर्नु परेको छ । सरकार मौन गम खाएर बसेको छ । हामी जनता दिनानु दिन आतंकित र त्रशित बनेर बस्नु परेको छ । पारिवारीक किचलो आपसी मनमुटाव र झै झगडालाई पैसामा परिणत गरेर विभत्स हत्या गरिन्छ । धम्कि र घुर्क्याइले हामी दिनानु दिन शसंकित हुदा कति कुराहरु आफै भित्र लुकाएर राख्नु पर्ने अवस्था छ । अव यसो गर्दा हामि मध्य को दोषी ? सरकार वाल्ल परेर बसेको छ। आफ्नो ठाउबाट गरेका छौ भन्लान सरकारवालाहरु खै त व्यवहारमा देखिएको? यस्ता अमानवीय विभत्स र क्रुर कार्यमा संलग्नहरुलाई दण्ड दिने व्यवस्था कहिले हुन्छ यो देशमा? के सरकारको केहि पनि कर्तव्य छैन? यसको लागि सरकारले एउटा कडा कानुन बनाउन किन सक्दैनन् ? के एक निर्दोष जनताको अकाल मृत्युको कारण खोजी सजाय दिनु सरकारको दायित्व होइन र ? यस्ता आपराधिक गतिबिधीमा संलग्नलाई राजनीतिक आश्रय किन दिन्छन हाम्रा देशका राजनेताहरुले ? सरकार मौन बसि दिए पछि प्रशासनिक फाँटका मानिसले के गर्न सक्छन ?

के निर्दोष मानिसको ज्यान ट्यापे र माफियाहरुको हातबाट सधै समाप्त पारी खुलम खुला सडकमा साँढे गोरु झै डुक्राएर हिड्न दिनु के यहि हो नेपालको लागि नागरिक सर्वोच्चता ?
के हो यो मानव अधिकार? नेपालको लागि कानुनी कारवाही के हो ?आज अपहरण, भोलि फिरौति रकम, पर्सी छेद बिछेद पारीएका मासुका टुक्रा, अर्को दिन समाचार, त्यसको भोलि पल्ट दोषीमाथि कारवाहीको माग सहित धर्ना र जुलुस, केही दिनमा अपराधी पक्राउ, त्यसको केही दिनमा तिनै निर्दोषका परिवारबाट लिएको फिरौती रकमको सदुपयोग अनि सामान्य तारिखमा अपराधी जेलबाट मुक्त के यहि हो मानव अधिकार ?
यस्तै हो भने हिजो पक्राउ परेका विरेन जस्ता नरसंहारकारि एक दिन पैसाको बलले चाडै हाम्रै अगाडि हात हल्लाउदै हिड्ने छन् के पाउछ ख्यातीका परिवारले? के यसो भएमा ख्यातीको रोइ रहेको आत्माले शान्ति पाउलान त? अव कुरा रह्यो अपराधीलाई के गर्ने? मानव अधिकार हनन को मुद्दा लाउने की त्यस्तालाइ सोझै फासी दिने ? बिना कारण अर्काको सन्तती हत्या गर्ने लाई सिधै फाँसी दिन किन मिल्दैन? हामी जस्ता गणतान्त्रिक भनिएका देशका जनताले यसो भन्न त नहुने हो तर के मानव अधिकार हनन हुन्छ भन्दैमा कैयौ निर्दोषको ज्यान दिनानु दिन गुमाउदै बस्नु उचित होला? मानव अधिकारको नाममा उर्लेको कार्यले सान्त्वना बाहेक उसको परिवारलाई के जिउदो जाग्दो ख्याती फर्काई दिन सक्छ? यो देशमा दोषी उपर अपराधको सजाय फाँसी नतोके सम्म फेरी अन्य लाखौ ख्यातीलाई गुमाउदै बस्नु पर्ने छ ।
ति ख्याती मध्येका निशाना हामी भित्र कै एक हुन सक्ने छ ।
अन्तमा निर्दोष र बालाबोध ख्यातीको चिरआत्माको शान्तिको कामना ।।।

4 comments:

Arjun Dungmen said...

मनु जि,
के गर्ने ? सबै सम्बन्धित निकायका तलाचाभी हातमा हुनेहरु र राजनेताहरु शक्तिशालिताको घमण्ड, लोभ, लालच, नताबाद र कृपाबादको खिचातानी, घुसपैठ अनी चोरको हजार दाउ भने झै, हजारौ दाउ रच्दै कोठिमा लुकेर बसेका छन, मनमा गुन्दै होलान मेरो दाउ कहिले आउँछ ! तर ख्याती अनी उनी मात्र नभएर, हामी जस्तो साधारण झुपडिको बास हुनेलाई न्यायको आँखा कहिले पुग्ला ? एनी वे, मेरो पनि "निर्दोष र बालाबोध ख्यातीको चिरआत्माको शान्तिको कामना !"

Basanta said...

हो, हिँसा-हत्याको कहालीलाग्दो दुष्चक्रमा गएर फँसेको छ हाम्रो देश। दण्डहीनताको वातावरण अपराधीहरुका लागि स्वर्ग हो। जबसम्म दलहरुले अपराधीहरुलाई राजनीतिक खोल ओढाएर जोगाईरहन्छन् तबसम्म स्थितिमा सकारात्मक परीवर्तन आउने सम्भावना देखिँदैन।

ख्यातिको आत्माले चीर शान्ति पाओस्!

Unknown said...

बोल्न सक्दा बाँकी ख्यातिहरुको जीवन फूल्नु पर्ने हो तर बोलेर पनि केहि नहुने नबोलेर त झन हुँदै नहुने अवस्थामा पुगेर होला वाक्य रहित र निशव्द भईएको ।

Rasmin Rai said...

मनु जि, धेरै राम्रो लेख्हरु त प्रकाशित गर्नु भएको रहेछ नि, धेरै खुशी लाग्यो तपाईंको लेख्हरु देखेर ।