हाम्री माननिय परराष्ट्र मन्त्रि दिज्युको अस्वास्थताको खवरले हिजो देखि मनमा अशान्ति छाइरहेको थियो । आफै पनि अलि अस्वस्थताका कारण हिजै सिघ्र स्वास्थलाभको कामना दिनै सकिएन। जे होस ढिलै भए पनि सिघ्र स्वास्थलाभको कामना । नपाउनेले केरा पाको बोक्रै सँग खाको भन्ने नेपाली उखानलाइ चरितार्थ गर्न हाम्री महामहिम सुजाता दिज्यु अगाडी सरेको देखेर म मा महिला हुनुको अर्को पिडा थपिएको छ। हामी नेपालीहरु अझ नेपाली महिलाहरु साह्रै भाग्यमानी छौ यस अर्थमा कि हामी सँग अगुवाको नाममा बाटो हगुवाहरु पाइ रहेका छौ । भन्थे नेपाललाइ खै सतियुगमा सतिले सरापेको रे जे पनि खै के खै के …….प्रुत मात्र हुन्छ ।
Thursday, August 20, 2009
नेपाली समाजमा संस्कृतिको नाममा मौलाउदै गएको विकृति
आधा आकाश ओगटेका महिलाहरुले संसारमा भएका सकारात्मक परिवर्तनको आधा जतिमात्र पनि जस लिन सकि रहेका छैनन् । यसको मुख्य कारण महिलाहरु आफै नै कुनै पनि कुरामा अडिग भएर अगाडी बढ्न नसक्नु साथै आफ्नो लागी कुन कुरा महत्वपुर्ण हो र कुन कुरा आवश्यक छ भन्ने कुराको पहिचान गर्न नसक्नु पनि हो । राजनैतिक, आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा पहुँच नभएका कारण पनि उनीहरु आफ्ना कुरा आत्मविश्वासका साथ भन्न नसक्नु हो । पहिला भन्दा नेपाली महिलाको अवस्था केही सुदृढ हुदै आएको छ तर यसो भन्दैमा चित्त बुझाएर बसि हाल्ने अवस्था भने आएको छैन । जति सुकै शिक्षित नै महिलामा पनि केही कुसंस्कार तथा विकृति भने अझै छदैछ किन भने नेपाली समाजमा संकिर्ण सोच लिएर हुर्किदै आएका हामी नेपालीमा अझै पनि पुरानो सोचको भुत उत्रि सकेको छैन । नेपाली महिलाहरुको कमजोर अवस्था हुनुमा दोष जरा गाडेर बसेको सामन्ति संस्कार महिला प्रति हेरीने दृष्टिकोण, गरिने भेदभाव र परिवर्तन हुन नचाहने जड नेपाली समाज नै पनि हो ।
Friday, August 7, 2009
रामपुर कृषि कलेज एक अवलोकन
नारायणगढबाट करीव ११ किलोमिटरको दुरीमा रहेको सुन्दर वातावरणिय उद्यान झै लाग्ने नेपालको एक मात्र बृहत कृषि तथा पशु अध्ययन संस्थान हो रामपुर कृषि तथा पशु अध्ययन संस्थान । यसका साखा कलेजहरु पकलीहवा र लमजुङ्गमा पनि रहेका छन्। दशकौ देखि कृषिी तथा पशु विज्ञानमा पि.एच. डी सम्म अध्ययन अध्यापन हुने यस संस्थानले नेपाल जस्तो कृषिमा आधारीत देशको लागि आवश्यक कृषि विज्ञहरु तथा पशु चिकित्सकहरु उत्पादन गरि देशलाइ निकै ठुलो टेवा दिलाइ रहेको छ । कृषि तथा पशुमा गरि हरेक बर्ष लगभग १८० विद्यार्थीहरु यसमा भर्ना हुने गर्दछन्। यहा पुर्ण रुपमा डोनेशनमा पढ्ने भन्दा अन्य विभिन्न आरक्षण कोटा (सीट)मा अध्ययन गर्ने विद्यार्थीहरु धेरै छन्। मेरो जानकारीमा आए अनुसार पुर्ण डोनेशनमा पढ्ने छात्र, छात्राले पुरै अवधिभर (कृषिमा आठौ सत्रान्त र पशुमा नवौ सत्रान्त) को लगभग २ लाख ५० हजार रुपैया तिर्नु पर्छ । तर महिला, दलित, मधेशी, जनजाति तथा क्षेत्रगत कोटा अन्तरगत आएका विद्यार्थीहरुले लगभग एकसत्रान्तको १३०० रुपैया मात्र तिर्नु पर्ने हुन्छ भने अझ स्टाफ कोटाबाट आएका विद्यार्थीको निम्ति लगभग ३५० नेपाली रुपैया मात्र तिर्नु पर्ने हुन्छ । सस्तो र ब्यवहारीक विषय भएकाले चिकित्सा तथा इन्जिनियरीङ्ग तिर नाम निकाल्न नसक्ने विद्यार्थीको लागी पनि दोश्रो रोजाइको रुपमा विकसित भएको पाइन्छ । शान्त तथा सुन्दर वातावरणमा अध्ययन गर्न सम्पुर्ण विद्यार्थीहरु (छात्र तथा छात्रा दुवै) को निम्ति छात्रावासले अझ सरल र सुलभ गराएको छ । यस्तै खालको कृषि सम्वन्धि अध्ययन हुने कलेजहरु एकाध ठाउमा सिमित नराखी देशका कुना काप्चाका सर्वसाधारण र गाउका गरिव जनताका छोरा छोरीको पहुँच हुन सक्ने गरि ठाउ ठाउमा स्थापना गराउन सके पुरानो कृषि प्रणालीमा आधारीत कृषिकहरुले पनि केही राहत पाउथे भने नेपाली जनताको आर्थिक अवस्थामा पनि केही सुधार आउने अपेक्षा गर्न सकिने थियो ।
Subscribe to:
Posts (Atom)