Friday, August 7, 2009

रामपुर कृषि कलेज एक अवलोकन

नारायणगढबाट करीव ११ किलोमिटरको दुरीमा रहेको सुन्दर वातावरणिय उद्यान झै लाग्ने नेपालको एक मात्र बृहत कृषि तथा पशु अध्ययन संस्थान हो रामपुर कृषि तथा पशु अध्ययन संस्थान । यसका साखा कलेजहरु पकलीहवा र लमजुङ्गमा पनि रहेका छन्। दशकौ देखि कृषिी तथा पशु विज्ञानमा पि.एच. डी सम्म अध्ययन अध्यापन हुने यस संस्थानले नेपाल जस्तो कृषिमा आधारीत देशको लागि आवश्यक कृषि विज्ञहरु तथा पशु चिकित्सकहरु उत्पादन गरि देशलाइ निकै ठुलो टेवा दिलाइ रहेको छ । कृषि तथा पशुमा गरि हरेक बर्ष लगभग १८० विद्यार्थीहरु यसमा भर्ना हुने गर्दछन्। यहा पुर्ण रुपमा डोनेशनमा पढ्‍ने भन्दा अन्य विभिन्न आरक्षण कोटा (सीट)मा अध्ययन गर्ने विद्यार्थीहरु धेरै छन्। मेरो जानकारीमा आए अनुसार पुर्ण डोनेशनमा पढ्‍ने छात्र, छात्राले पुरै अवधिभर (कृषिमा आठौ सत्रान्त र पशुमा नवौ सत्रान्त) को लगभग २ लाख ५० हजार रुपैया तिर्नु पर्छ । तर महिला, दलित, मधेशी, जनजाति तथा क्षेत्रगत कोटा अन्तरगत आएका विद्यार्थीहरुले लगभग एकसत्रान्तको १३०० रुपैया मात्र तिर्नु पर्ने हुन्छ भने अझ स्टाफ कोटाबाट आएका विद्यार्थीको निम्ति लगभग ३५० नेपाली रुपैया मात्र तिर्नु पर्ने हुन्छ । सस्तो र ब्यवहारीक विषय भएकाले चिकित्सा तथा इन्जिनियरीङ्ग तिर नाम निकाल्न नसक्ने विद्यार्थीको लागी पनि दोश्रो रोजाइको रुपमा विकसित भएको पाइन्छ । शान्त तथा सुन्दर वातावरणमा अध्ययन गर्न सम्पुर्ण विद्यार्थीहरु (छात्र तथा छात्रा दुवै) को निम्ति छात्रावासले अझ सरल र सुलभ गराएको छ । यस्तै खालको कृषि सम्वन्धि अध्ययन हुने कलेजहरु एकाध ठाउमा सिमित नराखी देशका कुना काप्चाका सर्वसाधारण र गाउका गरिव जनताका छोरा छोरीको पहुँच हुन सक्ने गरि ठाउ ठाउमा स्थापना गराउन सके पुरानो कृषि प्रणालीमा आधारीत कृषिकहरुले पनि केही राहत पाउथे भने नेपाली जनताको आर्थिक अवस्थामा पनि केही सुधार आउने अपेक्षा गर्न सकिने थियो ।

यहा केही यस कलेजका सुन्दर झलकहरु पनि समेट्ने प्रयास गरेकी छु ।













Institute of Agriculture and Animal Science (IAAS) को लोगो सहितको पोष्ट ग्र्याजुएट सम्मको अध्ययन हुने भवन, रुखमा अलपत्र चाका लगाएको माहुरीको घार दाया












रिसोर्ट झै देखिने महिला छात्रावास अगाडिको दृष्य , पानीको ट्याङ्कीमा अलपत्त झुन्डाइएका माहुरीका चाकाहरु














कृषि तथा पशु अध्ययन सँगै रहेको नार्क अन्तरगतका मकैवालि अध्ययन केन्द्र भित्रका केहि झल्काहरु















सजाइएर राखिएका मकै धान तथा गहुहरु
अन्तमा नार्क अन्तरगतका पाहुनाघरमा बस्न तथा खानको सुविधा मिलाइ दिनु भएकोमा श्री दिल गुरुङ ज्युलाइ धन्यवाद । रामपुर कलेजका सम्पुर्ण महिला विधार्थी साथीहरुमा सहयोगको लागि हार्दिक धन्यबाद र अनिता र परिवारमा सम्पुर्ण सहयोगको लागी आभार साथै मार्टीन चौतारी प्रति पनि आभार प्रकट गर्दछु ।

3 comments:

Basanta said...

तेह्र वर्ष पहिला केहि दिन बसिएको थियो रामपुर क्याम्पसभित्र। याद ताजा भयो मनुको यो लेख पढेपछि।

Unknown said...

Hey dear sis,
I m sorry I just wwent through yr blog superficially ,someday I m gonna dive in to it properly but I really appreciate yr way of expressing things,

will write more later on dear,
take care.

ankita paudel said...

i also want to b the part of this.....hope i will b..:)