Sunday, September 6, 2009

नर्सहरुको आन्दोलन कति जायज कति नाजायज

नर्सीङ पेशाको सम्मान बेलायतकी समाज सेवी फ्लोरेन्स नाइटिगेंलको अवधारणाबाट विकसित भएको पाइन्छ । नेपालमा नर्सीङको अध्ययन अध्यापन नहुन्जेल सम्म भारतमा तालीम प्राप्त सुडीनीहरु र डाक्टरहरुले नै सेवा उपलब्ध गराएको थियो । नेपालमा नर्सीङको अध्ययन अध्यापन नभएको कारण नेपालबाट पहिलो पटक 1985 मा विद्यावति कंशाकार लगाएत ४ जना नेपाली केटीहरु अलाहाबादमा 15 महिने सुडीनी तालीमको लागी भर्ना भएका थिए । यसै गरि तीन पटक सम्म अलाहाबादमा पठाइ सके पछि राजा महेन्द्रले 2013 मा विश्व स्वस्थ संगठनको सहयोगमा सुरेन्द्र भवन सानेपामा पहिलो पटक एच एम जी स्कुल अफ नर्सीङ स्कूल खोलेका थिए ।



वि.स. 2034 देखि स्नातक तहमा पढाइ फस्टाउन थालेको नर्सीङ विषयको हाल सम्म नेपालमा ७ वटा क्याम्पसहरु खुलेका छन। ५वटा त्रि.वि. अन्तर्गत, एउटा स्वास्थ्य मन्त्रालय अन्तगर्त वीर अस्पतालमा र अर्को युनाइटेड मिसन टु नेपालले सञ्चालन गरेको छ । त्रि.वि.का ४ वटा क्याम्पस उपत्यका बाहिर र उपत्यकामा रहेको एउटा महाराजगञ्ज नर्सीङ कलेज हो । हाल सम्म यहि एउटा 2042 सालमा स्थापित महाराजगञ्ज नर्सिङ क्याम्पसमा मात्र डिग्रीतह सम्म पढार्इ हुने गर्दछ। यसबाहेकका नीजि क्याम्पसहरु त च्याउ उम्रे सरि नै उम्रेका छन उपत्यकामा मात्रै डेड दर्जन नर्सीङ कलेजहरु खुलेका छन भने मोफसलका परिचित सहरहरुमा पनि यसको अध्ययन हुने हुदा नर्सहरुको सँख्या दिन दुगुना रात चोगुना बडेको छ। नेपाल नर्सिङ काउन्सिलका अनुसार 2052 देखि यता मात्र लगभग 24 हजार महिलाहरुले नर्सिङ अध्ययन पुरा गरि सकेका छन भने हजारै अध्ययनमा मस्त छन (त्यो भन्दा अगाडिको तथ्याङ्क कति हो थाहा छैन) । हाल नेपालमा मात्र 26 नर्स महिलाहरुले रोजगारी गरीरहेका छन भने लगभग उतिनै प्रतिशत बिदेशिएका छन।

प्रमाण पत्र तथा स्नातक तह नै पुरा गर्ने बितिकै जागिर खान पाइने हुनाले साथै नेपाल लगाएत अन्य देशमा पनि यसको महत्व धेरै भएकोले गर्दा नेपाली चेलीहरु यस बिषय प्रति निकै आकर्षित भएका छन । यसै भिडले गर्दा देशमा बिभिन्न प्रकारका आन्दोलन गर्नु परेको छ । मैले यी सम्पुर्ण ब्रितान्त बताउनुको पछाडी एउटा कारण छ देशमा वितेका तीन दिन देखी लगातार नर्सहरुको बन्दले गर्दा हजार नेपालीहरुले उपचार पाउनबाट बन्चित हुनु परेको छ । मेरो ब्लगको लागी केही खुराकहरु नपाइ रहेको बेलामा खस खस मेटाउने बाहाना खोजेकी छु यहा ।
सेवाको भावले काम गरीने पवित्र र स्वच्छ निस्ठावान पेसाका नामले परिचित नर्सहरुले पनि देशव्यापि हडताल गरेर सयै नेपाली दाजुभाई तथा दिदी बहिनीको ज्यान जोखिममा डालेको देखेर कता कता दुख लागेको छ । हुन त नेपालमा हामी जस्ता सर्वसाधारण जनताको कुनै पनि माग पुरा गराउनलाई बन्द तथा हडताल नै गर्नु पर्ने धर्ना तथा जुलुस नै गर्नु पर्ने र सडक नै तताउनु पर्ने सँस्कार बनि सकेको छ । र त्यसै अनुरुप यस पटक पनि दुइ दिनको आन्दोलन पश्चात दश बुदे सहमतिमा टुङ्गीएको छ । तर आफ्नो माग पुरा गराउन अरुले जे गरे त्यसै गर्नु पर्छ भन्ने त कहि थिएन तै पनि यसपटकको लामो बन्दले गर्दा मानिसलाइ फेरी पुरानै उखान छोरा बिग्रिए कमर्स छोरी विग्रिए नर्स भन्ने उखानलाई दोहोराउलान कि भन्ने डर पनि उब्जेको थियो मनमा धन्न चाडै टुङ्गियो तर पनि यो सहमति पुरा भएन भने फेरी यही प्रकृया नदोहोरीएला भन्न सकिन्न । त्यसैले सिंह दरबारमा कानमातेल हालेर आखामा पट्टिबाधेर बसेकाहरुले समयमै पट्टि तथा कान सफा गर्नु जरुरी छ । अहिलेका हरेक नेपालीहरु आफ्नो हक र अधिकारको लागी जती खेर पनि उत्रन सक्छन र उनीहरुले जे पनि गर्न सक्छन भन्ने मानसिकता तयार गर्न जरुरि छ ।
सेवाको भावनामा चुर्लुम्म डुवेका भनेर चिनिने नेपाली नर्सहरुले पनि अरु राजनैतिक दलका नेता तथा कार्यकर्ताले झै बन्द र हडताल गरेर आफ्ना माग पुरा गराउने काइदा देख्दा भने अलि नमज्जा लागेको छ । यसले नर्सहरुको आफ्नै गरिमालाई कतै घटाइ रहेको त छैन सबैले एकपटक सोच्नै पर्ने भएको छ । हुनत यस हडतालमा नर्स एक्लै नभइ स्वास्थ सँग प्रत्यक्ष सरोकार राख्ने तीनवटा सँस्था मिलेको छ । नेपालमा नर्सिङ संघका साथमा चिकित्सक शिक्षक संघ र अखिल नेपाल स्वास्थकर्मी संगठनले पनि साझेदारीमा काम गरेको छ । अझ यी सबैले गर्दा कति बिरामीहरुले कति पाउनु दुख र शास्ति पाए भन्नेकुरा त उनीहरुलाई मात्र थाहा छ । काठमाडोको चर्को महंगी नर्सहरुको काम पनि सबै बिरामी कुरुवाले नै गर्नु पर्दा कहि नभएको जात्रा हाडी गाउमा भने झै भएको थियो । अझै यो आन्दोलन कति दिन चर्कीने हो भन्ने अन्योलको अन्त्य भएता पनि फेरी चाडै दोहोरिने हो कि भन्ने आशंका उतिकै छ। यस बेला फेरी कति बिरामीले उपचार नपाइ अकालमा ज्यान गुमाउनु पर्ने हो कसैलाइ थाहा छैन । नर्सहरुको दिनरातको खटाइ अनुसार माग राख्नु हुन सक्छ उचित नै होला तर गरिव र निमुखा जनताको ज्यानै जाने गरि गरिएको यो आन्दोलन अलि असोभनिए नै भयो की । मलाई थाहा छैन यो माग वा यो हडताल कति जायज थियो छ र कति नाजायज तर मात्र थाहा छ आफ्नो माग पुरा गर्नलाई अड्डिकसेर स्वास्थ जस्तो गंभिर कुरामा सर्व साधारण जनताले भगवान मानेका स्वास्थकर्मिहरुले नै सोझा र निमुखाहरु माथी खेलवाड गरिनु हुन्न ।
नर्स र डाक्टरहरु बिरामीहरुको लागी भगवान हुन रे तर भगवान नै फेरी राक्षसी रुप लिएर अगाडी आउनु अथवा उनिहरु जस्तो पढे लेखेका शिक्षितहरुले पनि यो खालको कदम नउठाएको भए राम्रो हुने थियो । हुन त हाम्रो सरकार पनि राज्यका हरेक आपतिमा कानमा तेल हालेर बसेको छ । जम्वो टोलीको भ्रमणमा करोडै रुपैया हावामा उडाउनुको सट्टा तीनै माग राख्नेहरुलाई हुन्छ भनि दिए देखि त कुरै सकिने थियो । हुनत अहिलेको नेपालको जस्तो अपागं सरकारले कहिले देश र जनताको भलो गर्ला र खै ? हुनत हालको सरकार कति खेर भत्किने हो टुङ्गो छैन त्यसैले होला पछि चान्स आउला कि नआउला जे गर्नु छ अहिले नै गर भनेर आफ्नो बारेमा सोच्दै होलान तर समग्र देश र जनताको हक र हितको लागी काम गर्छु भनि बाचा गर्नेहरुले कुर्सीमा पुगे पछि सबै बिर्सदो रहेछ । तसर्थ आदरणिय स्वास्थकर्मी महोदयहरुले पनि सेवा गरेर मेवाको जवर्जस्ती आस पनि गर्नु अलि नाजायज पो हो कि ? त्यसैले सच्चा नागरिक भै आफै जस्ता दाजुभाइको ज्यानको पनि बिचार गर्नु जरुरी छ । भविष्य भनेको कसैले देखेको हुन्न तपाइहरु मध्ये कै कसैको घरमा त्यस्तो बिपत्ति नआउला भन्न सकिन्न तसर्थ ठण्डा दिमागले एक पटक गहिरीएर सोचौ र मात्र आन्दोलनमा उत्रौ। आफ्नो साथ साथ आफ्नो वरपरका साथीभाइ छरछिमेकी तथा मानवताको नाताले अर्को मानवको स्वास्थ सँग खेलवाड गर्न छोडौ ।

No comments: