Saturday, September 19, 2009

विकासका कार्यमा युवाहरुको सहभागिता



बितेका दुइ दशकमा नेपालले सुचना प्रबिधिको क्षेत्रमा ठुलो फड्को मारिसकेको छ । सुचना प्रविधि शिक्षाका लागी नेपालमा पछिल्लो पाँच बर्ष देखि लगानी भैरहेको देखिन्छ पनि । केही समययता राजधानि लगाएत मुलुकका बिभिन्न शहरी क्षेत्रमा सुचना प्रविधि मार्फत आफ्नो ब्यवसायलाई सेवा एंव नाफा मुखि बनाउन सक्रिय छन् तर गाउ गाउमा त्यो अवस्था पुगी सकेको छैन । त्यसैले होला केही साहसि र दुरदर्सी युवाहरु गाउ गाउमा पनि यसको सेवा पुर्याउनमा तल्लिन छन् ।

गाउ गाउबाट उठ
बस्ति बस्ति बाट उठ
यो देशको मुहार फेर्नलाइ उठ ………………..
यही गीतलाई चरितार्थ गर्न आजभोली धनकुटेली युवाहरु E School project मा जागेका छन्। धनकुटा जिल्ला भित्रका केही बिद्यालयहरुलाई तार रहित सन्जालमा फिजाउन पाख्रिवास निवासी युवा बिजय देवान लगाएत उनका साथीहरु यती खेर लागी परिरहेका छन् । पश्चिममा महाबिर पुनले तार रहित सन्जाल फिजाएर उदाहरणिय काम गरेका थिए भने त्यहि कार्यलाइ पछ्याएर अघिबढेका छन् पुर्वेली महाबिरहरु । तर पश्चिका महाबिर सँग बाहिरी देशमा अध्ययन गरेका र अनुभवका थुप्रै पोकाहरु छन् तर उनिहरु सँग मात्र जोस जागर र सिप छ । त्यसर्थ पुर्वका महाबिरहरुलाइ हामी सबैले साथ दिन पर्ने अवस्था टट्कारो छ ।
तीन वर्ष अगाडी एउटा युवा सँस्था खोलेर समाज सेवामा होमिएका यि युवाहरुको लक्ष धनकुटा भरिका बिद्यालय र शिक्षाकार्यालयहरुलाई तार रहित बिद्युतिय सन्जालमा जोडेर सहज र सरल तरिकाले सन्चारका माध्यम गाउ गाउमा पुर्याउने हो साथै गाउगाउमा इ लाइब्रेरीको सुबिधा दिलाउने हो। हाल सम्म पाख्रिवासको जाल्पादेवि उच्च माध्यमिक विद्यालय र पन्चकृष्ण माध्यमिक बिद्यालय खोकुलाइ यस माध्यमबाट जोडिसकेका छन्, बिस्तारै बिस्तारै सबै विद्यालयहरुलाई यस सन्जालमा जोड्ने प्रयासरत छन् । यसबाट पाख्रिवासमा कुन बिषयको अध्ययन कसरी र कहा पुगेको छ भन्ने कुरा खोकुका शिक्षकहरुले सजिलै पत्ता लगाउन सकिन्छ। यसका साथै कुनै बिषयमा केही खवरहरु पठाउन परेमा फ्याक्सको सुबिधा पनि छ। यति मात्र हैन उनिहरुको सक्रियतामा बिद्यालयका कक्षा कोठाहरुमा सि सि क्यामेरा जडान गरेर कुन बिद्यार्थीले कक्षाकोठामा बद्मासी गरेको छ वा कुन बिद्यार्थीले राम्रो प्रस्तुती गरेको छ साथै कक्षा शिक्षकले कसरी पढाइ रहेको छ भन्ने कुराको निरिक्षण प्रधानध्यापक तथा कुनै पनि शिक्षकले सजिलै गर्न सक्ने बनाइ दिएका छन । यसका साथै गोकुण्डेश्वर माध्यमिक बिद्यालयमा अध्ययनरत दृष्टि बिहिन छात्रछात्राहरुको लागी पनि बिभिन्न बिषयका कितावहरु किनेर बिषयगत सि डि हरु बनाइ प्रदान गरि सहयोग गरिरहेका छन् । उनिहरुले गरेको यो कार्यहरुलाइ आफ्नै सँस्थाको वेभसाइडमा पनि राखेका छन्। के गरे के गर्दै छन् र के गर्न लागी रहेका छन् भन्ने वारेमा जानकारी लिन चाहनुहुन्छ भने यसको निमित्त यहा क्लिक गर्न सक्नु हुन्छ http://www.ypnepal.org/
हाम्रा देशको अधिकाँस युवाहरु बेरोजगारी र अर्धशिक्षाको पिडाले छटपटिएर बिदेश भासिन थालेको अवस्थामा आफ्नै गाउ र सहरमा केहि गर्न जोसिएका छन यी युवाहरु। यि सम्पुर्णकाम गर्नको लागी सबै भन्दा पहिला अर्थ चाहिन्छ तर उनिहरु सँग मात्र सिप र दक्षता छ नकी पैसा, किन भने उनीहरु पनि प्राय बिद्यार्थी जीवननै पार गरीरहेका छन् यती खेर। त्यसर्थ इ लाइब्रेरी तथा ताररहित सन्जाल जोड्न जति पनि आवश्यक भौतिक सामग्रीहरु चाहिन्छ त्यो सबै गाउले वा बिद्यालय आफैले तयारी गर्नु पर्ने हुन्छ । उनिहरुले समाजका बिद्यालयलाई परिस्कृत र परिमार्जित गर्नको लागी सहयोगीहातहरुको लागी पनि अपेक्षा गरेका छन । जे सुकै भए तापनि यी नवजवानहरुले नौलो, च्यालेन्जिङ र सराहनिय काम थालेका छन् । उनिहरुको यो कार्यलाइ हौसला दिनु तथा साथ दिनु हामी सबैको कर्तव्य हो । त्यसैले आउनुहोस हामी सबै मिलेर हातमा हात मिलाउ साथमा साथ दिउ जसले गर्दा समृद्द र सिर्जनशिल समाज निर्माण गर्न सकौ ।
l

No comments: