Wednesday, October 28, 2009

के हो सपना?

सपना प्राय जसो जीवित मानीसले देख्ने गर्छन् । कतिले खुल्ला आखाले सपना देख्छन र कतिले निदाएको बेलामा । खुल्ला आखाले देखेका सपनाहरु साकार पार्न हरेक मानिस तल्लिन हुन्छन र म पनि । तर मानिस निदाएको बेलामा देखिने सपना भने सबैको एकै हुदैनन् होला भन्ने मेरो मान्यता छ । कतिपयको सपना साचो हुन्छ कतिपयको झुटो पनि । भनिन्छ कतिपय मानिसहरुले सपना आफ्नो दिमागमा सुसुप्त रुपमा लुकेर रहेको कुरा हो । तर मलाई लाग्दैन की यो कुनै दिन सोचेको कुरा हो । करिव एक वर्ष जति देखि अलि अनौठो खालको सपनाले सताइ रहेको छ । प्राय हरेक रात झण्डै उस्तै उस्तै खालको सपनाले गर्दा हैरान भएकी छु । यस्तो सपनाले गर्दा कहिले काही दिनभरी जस्तो पनि समस्या पारेको छ । मैले आइ ए अध्ययन गर्दा अनिवार्य अग्रेजीमा Recurring dream भन्ने एउटा कथा पढेकी थिए अहिले म आफै लगभग उस्तै प्रकारको सपनाले सताइएकी छु ।
म हरेक रात सपना देख्छु, कुनै दिन विहान उठ्दा बिर्सी सकेकी हुन्छु त कुनै दिन त्यही सपनाको कुराले दिनभर अरु तिर ध्यान केन्द्रित गर्नै सक्दिन । सपना फेरी उस्तै उस्तै हुन्छ । कुनै चिज वा बस्तु तथा कुनै जनावर देखिन्छ तर एकै छिनमा त्यहि चिज कोही चिनेको मानिस वा साथी हुन पुग्छ । त कहिले भने सुरुमा कुनै चिनेको साथी वा आफन्त हुन्छन एकै छिन पछि बोल्दा बोल्दै वा सँगै बस्दा बस्दै अन्य डरलाग्दो र हिंसात्मक जनावार भएर मलाइ आक्रमण गरिरहेको हुन्छ । यस्तो बेलामा म बाहिरी नै आवाज निकालेर चिच्याउदै गरेकी हुन्छु रे एकदम डरलाग्दो आवाज निकालेर । यति खेर कसैले हल्लाइ ब्युझाइ दिएमा मलाइ पिडाबाट मुक्त्ति मिल्छ तर ब्युताउने मानिस भएन भने धेरै समयसम्म तड्पिएर छटपटाइ रहन्छु । तसर्थ म सोच्न बाध्य भएकी छु सपना के हो ? किन मानिसले यस्ता चाहिदो नचाहिदो सपना देख्छन ? अरु भन्दा पनि मैले किन यस्तो सपना देख्छु ? म आफै सँग केही समाधान वा उत्तर छैन ।
आज पनि म यस्तै सपना बाट सताइए जसको कारण आज दिन भर मैले केही गर्न सकिन । आजको सपना अरु दिनको भन्दा पनि भयानक र पिडा दाएक थियो । म कराइ रहेको बेलामा वहिनिले व्युताइन तर फेरी निदाइ हाले फेरी निदाएको केही घन्टामै उस्तै सपनामा सताइए । म घर परिवार बाट धेरै टाढा छु घरमा बृद्दबुवा आमा मात्र हुनु हुन्छ ।सपनाले केही नराम्रो कुरा इगिंत गर्यो उहाहरु बिरामी पर्नु भयो वा कुनै अप्रिय घटना मलाइ थाहा छैन । मैले विहान उठ्ने बितिकै फोन गरे उहाहरु दुवै जना सँग बोले सकुसलको खवर पाए तर मनमा भयानक तनाव अझै खडा छ। मनलाइ बुझाउन खोज्छु यो सपना हो तर यो पापी मन मान्न तयार रहन्न। प्राय मानिसहरु आफनो सपना साकार होस भनेर कामना गर्दछन र कतिपय समयमा म पनि गर्ने गर्थे तर यस पटकको सपना भने कहिल्यै साकार नहोस भन्ने लागेको छ । मलाइ जहा सम्म लाग्छ सपना कुनै समयमा गरिएको कल्पना होइन र कुनै दिमागमा भएका सुसुप्त कुरा पनि । तर फेरी पनि म सँग समस्या किन उत्पन्न हुन्छ त म धेरै सोच्न बाध्य भएकी छु। एक मनले भन्छ हुन त म घरबाट,आमा बुवाबाट धेरै टाढा छु यसर्थ हुन सक्छ मेरो पाप मनले मैले थाहै नपाइ कुनै न कुनै समयमा यस्ता केही कल्पना गरेकी थिएकी? तर अझै अनुत्तरीत छु सपना केहो ?

9 comments:

Basanta said...

नरमाईलो लाग्यो मनुको यो समस्या पढ्दा। तर समस्याको निदान चाँडै र राम्ररी नखोजी हुँदैन। म यस्ता कुराको विज्ञ मान्छे त होईन तर धेरै तनाव र चिन्ताका कारण पनि हुनसक्छ। अलिक 'रिल्याक्स' हुने र जीवनलाई सहज ढंगले लिनु राम्रो होला। ध्यान र योगले सघाउन सक्छ। समस्या धेरै बढ्दा नहिच्किचाईकन कुनै मनोविदसंग परामर्श लिँदा पनि राम्रो होला।

Mina Bantawa "Mridu" said...

Manu bahini sapana dekhnu bhane ko ardha nidra le nai holaa tyasaile tapailai excerciseko jarurat chha, maanchhe excercize pugena bhen abasya sapanako bhaagidaar hunchahn, anyway Basanta ji ko kura pani sahi ho ma pani yasa sambandhi bigya nabhaera pani duisabda chhodna man laageko le chhodeko hu, ani tapaiko sapanako nidan absya byaayam gare thik bhai halchah, inteligent maancheharu sapana dekhchan re mata buddhdu pare kahile pani dekhdina nidrai pyaaro mastaaaaaaaaaa....!

mgrgeen said...

Thank you dai but khoi khasai testo bidhi chinta ta aajkal chiana tai pani khoi k bhako ho? meena didi thank you for suggetion. hehehe yo inteligent haru matra le dekhne hoina holaa sapana ma pani buddhu nai chhu ra malai pani nindra ta pyaro nai chha but khoi k bhako ho?

Anonymous said...

मनु जी मैले तपाईको समस्या बुझेँ । तपाई अचेल निकै फुर्सदिलो हुनुहुदोँ रहेछ वा तपाई सधैं एक्लै पर्नु हुदो रहेछ । बेकारमा समय फालेर सपनाका कुराहरु सम्झेर डराएर बस्नु भन्दा आफुलाई सिर्जनात्मक कुराहरु तर्फ केन्द्रित गर्नुहोस् । उदाहरणका लागि ब्लग पढेर समय व्यतित पनि गर्न सक्नु हुनेछ, टिभी हेर्न सक्नुहुनेछ, समकालीन पुस्तकहरु पढ्न सक्नुहुनेछ ।

यति गर्दा पनि तपाईले मुक्ति पाउनुभएन भने विशेषज्ञहरु सल्लाह लिने गर्नुहोस् ।

mgrgeen said...

Thank you RAjes jee khai khasai testo fursad maai ta haina tai pani kaile kai etikai naaraamro kuraale man maa dera jamaudaa ali namitho lagchha ma time huda ta pyraye tv magzing newspaper nai herchu tai pani hunna... anyway thankyou so much for suggetion

Mina Thapa magar said...

Manu G, Sapanapratiko Tapaiko Anubhutile Mero Man pani katakata choyajasto lagyo. Ani maile pani sochna baddhya bhayaki chu . ke bhayako hola ? kina manchele yesto sapana dekhne garchan? ma pani sochdai chu ra sochchu, ke bhayako hola ? ma pani kahile kahi nachahido sapanale 1dam pirolinchu. kinaki ma pani afno gharbata kehi samayadekhi tadha chu. huna ta sapana katisamma reality huncha ya hudaina, taipani prachalit bhanai anusar sapana dekhepachi jaba ma biujhanchu ani gharpariwar samjanchu. k garnu yesto kurama bilive gardina bhanda pani pir ra chinta lagcha. tapaiko yesto problemko solve bhayo bhane malai pani bataunu la,… aasabadi chu………..

Rudra Bahadur Shrees said...

Manu G, tapai afno ghar bata tadha bhayara yesto huna sakcha ali fress hunu la..... relax your mind !!!!!!!!!!!

मनु ठाडा मगर (MANU) said...

Thankyou for all
Thankyou so much for droping something on my blog. thankyou meenaa jee, pakkai pani solve paye bhane i'll share wid you. ani thank you rudra jee thanks okey ill try to be fress and be happy on my life
thank you for all once again

Unknown said...

hi maa paaani sapana dekhi raahanchu tyei bhayera malai pani kei kura share garna maan lagyo,, tapaai jastaai maaile dekhne sapana ra sochne kura ma aakash patal ko farak huncha ,,kahelaai nadekeko ra nasocheko kura haru sapana ma dekhchu achhama lagcha.naramro sapana deekheko din dikka lagcha,,so mata bhanchu we hami sapana dekhne kura ma control garna sakdainau,,yo afai aucha..but you dont worry huncha..