Wednesday, November 4, 2009

अधुरो प्रेम


झण्डै दिउसोको तीन बजेको थियो । धराहराको छेउपार्कमा बसेर बहिनीहरु सँग कफि गफमा मस्त थियौ । बिशेष गरि केटाहरुले प्रयोग गर्ने One Polar झोला पछाडी बोकेर, अनटाइडी लुकअपमा उपस्थीत भइन शान्ता । मेरो, उनी सँगको लगभग पाँच बर्ष पछिको भेट थियो यो । एउटै गाँउ भए तापनि हामी त्यति धेरै नजिक थिएनौं । विदेश जानु भन्दा अगाडी खासै वोलचाल थिएन मेरो उनी सँग । तर पछि इन्टरनेट च्याटको माध्ययमले हामी केही नजिक भएका थियौ। यही च्याटिङकै क्रममा म नेपाल आउने र उनी सँग भेट्‍ने बाचा गरेको थिएँ र यहि बाचा पुरा गर्दै थिएँ मैले । निकै बेरको फोनमा स्थानको वर्णन पश्चात म सामु आइपुगेकी थिइन उनी । विनम्र साथ नमस्ते गरिन्‍ । बस न । मैले अनुरोध गरेँ । शान्ता बस्दै बहिनीहरु सँग पनि गफ गर्न थालीन्। के खान्छौ ? म त भखर खाजा खाएर आएको दाइ केही खान्न । होइन केही त खाँउ मैले अनुरोध गरे । तिमीहरु के खान्छौ ? ए कफि खाँउ है म कफि लिएर आउछु । सबैको सहमतिमा मैले मेरो लागी Triple strong कफि मागेँ । उनीहरुलार्इ पनि सर्भ गरिदिए । त्यतिकैमा मेरो लामो बाधेको केश हेर्दै शान्ता अलि अश्वभाविक देखिइन र बोलिन्।

आ..मा..मा दार्इ कपाल त ? कति भयो नकाट्‍नु भएको बाफरे.... मेरो भन्दा पनि लामो छ त ? अँ गए देखि काटेको छैन्। कफि चुस्कि सँगै बोले । अनि ... दाइ कहिले पो आइ पुग्नु भयो ? म अस्तीको दिन । अब कहिले घर जानु हुन्छ ? भोली । ए भोली नै ? अँ ।
अनि कहिले फर्कनु हुन्छ ? कि नफर्कने गरि आउनु भएको ? अ…. म मे मा फर्किन्छु । अनि साँचि तिमी कहा बस्छौ, के गर्छौ रे? ए म त त्यतिकै नि यि झोले जागिर छ । त्यतिकै छु, काठमाण्डौमा त्यसै बस्नु भन्दा........ ।
लगभग दुइ घण्टा पश्चातको घुलमिलले शान्ता निकै खुलिसकेकी थिइन । कफिको चुस्की सँगै प्रश्न गरिन्‍ । ए साँचि दाजु, यो पटक त घरमा आमालार्इ सघाउने भाउजु पनि भित्राएर जानु हुन्छ होला नी हैन?खै सोच नै बनाएको छैन ।यतिकैमा उनको फोनको घण्टी बज्यो । हेलो । अँ । अँ किन र ? म यहि काठमाडौ मलमा गाउको दाइहरु सँग छु……………………… ए ल ल एतै आउन त । ल ल बाइ ।
उनको फोनले हाम्रो गफको Track Change भइ सकेको थियो । नास्ताको स्वाद सँगै केही मिठा मिठा गफगाफ सकेर हामी छुटिने तयारीमा थियौ । साझ पनि झमक्क परेकोले शान्तालाइ उनको साथीको जिम्मा लगाइ बहिनीहरु र म गाडी चढेर आ आफनो गन्तब्य तफ लाग्यौं । घर आएको करिव चार दिन पश्चात मैले फोन गरेर गाउघरको बारेमा जानकारी दिए बाहेक एक महिना सम्म उनी सँग फोन सम्पर्क भएन । यतिन्जेलमा मैले केही नयाँ साथीहरु बनाइ सकेको थिए । त्यस एक महिना बिचमा मेरो जीवनमा अन्य पनि सामान्य घटनाहरु घटे तर खासै जिवनमा प्रभाव पार्ने खालको भने होइन । एक दिन सदरमुकाम जादै थिए अनायासै शान्ताको सम्झना आयो । फोन हाने निकै बेरमा रिसीभ भो, "दाइ म त धुलिखेल तिर छु । साथीहरु सँग रमाइलो यात्रामा" स्पष्ट सँग उनको आवाज नबुझिएकाले सन्चो विसन्चोको खवर सहित फोनबार्ता टुग्याँयौं ।
त्यस पछि फेरी विस्तारै विस्तारै हाम्रो फोन बार्ता निकै बढ्‍न थालेको थियो ।
यहा सम्म कि मेरो भ्यालेन्टाइन डे तथा होली कसरी को सँग बित्यो भन्ने कुरा सम्म सेयर हुन थाल्यो । हामीमा एक प्रकारको घनिष्टता बढि सकेको थियो । हामी गाउले दाजु बहिनी मात्र नभै एक सच्चा साथी पनि भै सकेका थियौं । खै किन किन शान्ता सँगको बार्ता पश्चात मनमा एक खालको आनन्द प्राप्ती हुन्थ्यो मलाइ । एक दिन म घरको बाहिरी बरण्डामा गिटार सँग मनको बह पोखाउदै थिए, किरण(भाइ) आइ पुगेछ । म गितमा यति मस्त भएछु की उ कति खेर आइ पुग्यो थाहै पाइन । अहो यस्तो गीतको छनक त शुभ लक्षण हो है । दार्इ यस्तो गित कस्को लागी हो ?? भन्दा मात्र म झस्कीए अचानक मुखबाट निस्केछ शान्ता.....
अहँ अहँ... यो शान्ता चाहि को हो ???? अहँ अहँ बुझ्दैछु चाला । यतिका बेहोसीमा दार्इ कहा हराउनु भएछ भनेको त .... कसै कसैको मिठो सम्झनामा पो रहेछ । जीस्काइ पछि भाइहरु सँग एकै छिन रमायौं र डुल्न डाडा तिर लाग्यौ । जीवनको यात्रा पुस्तकका पाना पल्टिए सरी पल्टेका ति दिनहरुले कति चाडै तिन महिनाको लामो यात्रा पुरा गरि सकेछ थाहै पाइन । मेरो फिर्ती सवारीको दिन गन्दै थिएँ । घर छोडेर केहि बर्षको लागि फेरी पुर्नवास हुदै थिएँ म । बृद्ध अवस्थाको हजुर आमा, सम्पुर्ण घर ब्यवहार सम्हालेर रहनु भएकी मेरी ममतामयि आमा र लक्काजवान भार्इलार्इ छाडेर जानु पर्दा मनमा एक खालको गह्रौपनाले सताउन थालेको थियो ।
भाइको पढाइको निमित्त तथा आमाको घर ब्यवहारमा सहयोग गर्नकै लागि भए पनि मैले केहि वर्ष दुख गर्नु पर्ने बाध्यता थियो । त्यो आफनोपन, त्यो ममतामयी ब्यवहारलाइ चटक्कै छोडेर नौ डाडा पारी जानु पर्दाको बाध्यता आफै सँग सँगाली आफनो झोला भारी मिलाए । काठमाण्डौ जादा जादै अन्यत्र पनि निस्कदै जानु पर्ने भएकाले मैले अझ ४, ५ दिन अगाडी नै घर छोड्‍नु परेको थियो ।
घर छोड्‍नु अघिल्लो रात शान्तालाइ फोन गरे । लोड सेडिङ्गको कारण उनी सुति सकेकी रहिछन्, तर मेरो फोन कलले विउझिइन । राती ०१ बजे पश्चात नेपाल दुरसञ्चारको सेवाले प्रदान गरेको सहुलियतको फाइदा उठाइ हामी करिव दुइ घण्टा सम्म फोनवार्तालापमा रमायौं । भोली पल्ट विहान सबेरै मनमा अनेकौ खुल्दुलि र पिडाका साथ पुन मेरो मातृभुमी छाडेर परदेश लाग्दै थिए । आखामा हजार सपनाहरु पनि सँगालेको थिएँ तर त्यो भन्दा बढि मातृभुमी घरपरिवार छाड्‍नु परेकोले पिरोलिएको थिए । घरबाट हिडेको केही दिन सम्म आफन्तहरु सँग विताए । करिव सातौ दिन म पुन: फर्केर काठमाण्डौ आइ पुगेको थिए । आउने वितिकै मैले मेरा साथीहरु भन्दा पनि अघि शान्तालाइ फोन गरि म काठमाण्डौ आइपुगेको जानकारी दिलाए ।
खै मनमा कुनै एक अनौठो स्वार्थ लिप्त भै सकेको थियो क्यारे तर म मा उनी सँगको त्यो निकटताले त्यति उच्च स्थान हासिल गरि सकेको भने थिएन । र पनि उनि मेरो साथी मध्येको खास भने भै सकेकी थिइन । नेपाल बन्द तथा अन्य कारणले मैले फेरि काठमाण्डौमा केही दिन गुजार्नु पर्ने भयो । म सँग काम केहि थिएन मात्र टिकटको पर्खाइमा दिन गन्दै बस्नु पर्ने भो । महँगीको बेला कामै विना भौतारीएर काठमाण्डौमा हल्लिनु पर्दाको त्यो पिडा म बाहेक अरु कसैले पनि महसुस गर्न सक्दैन । तै पनि बाध्यता छ कति दिन बस्नु पर्ने त्यो पनि थाहा छैन । अब भोलि देखि के गर्ने मनमा पिर पर्न थालेको थियो । काठमाण्डौ आइ पुगेके तेस्रो दिनको दिन शान्ताले फोन गरिन् । दार्इ आज के छ काम? फुर्सदमा हो भने आउनुस् । म सँग काम केहि थिएन उनले पछिल्लो पटक आउदा काठमाडौ घुमाइ दिने बाचा पहिले नै गरेकी हुनाले फुर्सदको समय मिलाएर फोन गरेकी रहिछन्‍ । म दौडिएर उनिलाइ भेट्‍न पुगे ।
नारायणहिटी राजदरबार अवलोकनमा जाने हाम्रो निर्णय त्यहा पुगे पछि चकनाचुर भो । हरेक हप्ताको मंगलबार र बुधबार सँग्राहालय बन्द हुदो रहेछ । अनायासै हामि अगाडी बढ्‍यौ, जय नेपाल सिनेमा हलमा पुग्यौ त्यो पनि फिल्म सुरु भै सकेको रहेछ, अव कता जाने फेरी लाग्यौ कुमारी तफ बल्ल टिकट पायौ । फिल्म हेर्ने निधो भयो तर कुन हेर्ने? शान्ता आफैले प्रिति जिन्टाको फिल्म रोजीन् विदेश । फिल्म केही न कामको रहेछ । फोकटमा समय र पैसा बर्वाद भयो, नछिर्नु छिरे पछि के विचैमा उठेर हिड्‍नु हाम्रो पालो गफै गफमा तीन घण्टा समय वितायौ । भोलि पल्ट देखि लगातार पाँच, छ दिनको भेटमा हामीले काठमाडौको प्राय सबै सबै स्थानहरु चाहार्यौ । कहिले ठमेलको गल्लि त कहिले असनको भिडभाड, कहिले बसन्तपुरको सुनसान त कहिले न्युरोडको हल्ला सबै सबै सँग सँगै विताउन थाल्यौ ।
हामी विचको घनिष्टता निकै बढि सकेको थियो झन गोदावरीको सुनसान र हरियालीमा आ आफ्ना विगतका कुराहरु साटासाट पश्चात अझप्रगाढ साइनो पनि गासिएको थियो । नयाँ र भिन्न कामको अनुभवको लागि अन्यत्र पनि जान मन लागेको थियो । बिचार झण्डै उस्तै हुनाले उनको मनमा पनि उस्तै उव्जिएको रहेछ । अव कहा जाने प्राय सबै ठाउ घुमिसकियो बाकी थियो डिस्को, शान्ताको चाहाना त्यहा जाने पनि थियो किन भने जीवनमा अहिले सम्म उनी एक पटक पनि डिस्को छिरेकी रहिन छिन् । त्यसैले एकदिन समय मिलाएर गयौ डिस्कोमा । पहिलो पटकको बेबिलोन यात्राले उनलाइ झण्डै कथा फुरेको रे । लेख्छु भन्दै थिइन खै के गरिन पछि मुड चेन्ज भयो क्यारे यसबारेमा भने मलाइ गहिराइमा थाहा भएन । यतिका दिनका सहयात्राले हामी विचको निकटता अत्यन्तै गहिरी सकेको थियो । हामी दुवैमा एक अर्काको बानी परि सकेको थियो । एक दिन सँगै नहुदा दुबै जनामा छटपटाहटको महसुस हुन थालेको थियो । दिनमा तिन वा चार पटक फोनबार्ता तथा भेट नभै नहुने भै सकेको थियो दुवैमा । समय न हो कति चाडो वित्ने रहेछ । शान्ताको जागिरको काम फेरी सुरु हुने बेला पनि हुदै थियो तर अचानक मेरो भिसा लाग्ने निश्चित नभएकोले मैले अझै केही दिन काठमाडौं मै विताउनु पर्ने भो । एक मनले भने खुसि ब्यक्तगरि रहेको थियो । म अझै केही दिन शान्ता सँगै हुने छु त एक मनले भने गुनासो पोखि रहेको थियो, कि मेरो काठमाडौं बसाइ निरर्थक छ । महँगीमा काठमाडौं बसाइ, काम कहिले हुने पनि टुगोँ छैन ।
कहिले साथी सँग त कहिले होटल कहिले भार्इहरु त कहिले आफन्तकोमा विचल्लीमा परेको ब्यक्ति झै भौतारीएर दिनहरु विताउन बाध्य हुदै थिए । यतिकैमा विरामी परे, काठमाडौको फोहर पानी अब्यवस्थीत सुताइ र गुणस्तरहीन होटलको खानाले झण्डै ज्यान लियो । शान्ता अफिसको काममा फेरी ब्यस्त रहन थालिन्‍ म भने दिन भर भौतारिएर कहिले कता कहिले कता गर्दै ठिक हुन्थ्यो । उनी सँग भेट्‍न पनि मुस्किलले हप्ता कुर्नु पर्ने भो तर दिनमा एक पटक भने फोन गर्ने गर्थे । उनको त्यहि बेला परिक्षा पनि नजिकी रहेको थियो । हामी केही न केही बाहाना बनाएर भेट्‍ने गर्थौ तर अचानक म पुर्व जानु पर्ने भो उनी पनि उनको परिक्षामा ब्यस्त । परीक्षाको तयारीमा केही बाधा पर्ने हो कि भनि केही दिन मैले फोन नगर्ने वाचा गरे र सम्पर्क विहिन हराउन थाले । लगातार दुइ महीनाको पुर्व वसाइ पछी मेरो भिसा पक्का भयो । म पुन काठमाण्डौ फर्के। आउने वितिकै शान्तालाइ फोन गरे तर फोन अफ थियो । अफलाइन समाचार छोडे, फेसवुकमा समाचार छोडे, फेस वुकमा म्यासेज छोडे, मोवाइलमा म्यासेज गरे अह केही को जवाफ आएन । थाहा छैन मेरो के गल्ति भो या मेरो मायामा के कमि भो र उनी मबाट टाढीन चाहीन । एक दिन बल्ल बल्ल फोन लाग्यो तर रिसीभ भएन। फेरी प्रयास गरी रहे वल्ल बल्ल रिसिभ भो उनी हैन अरु नै कसैले फोन उठाइयो उनी आउट अफ भ्याली छिन रे । तर पछि खवर सुने उनी इन अफ भ्याली नै थिइन रे थाहा भएन किन मेरो फोनको त्यति प्रतिकार गरिन । विस्तारै म देखी टाढा हुदै गइन उनी । मेरो माया अधुरै र अपुरै रह्‍यो । मैले उनलाइ चिन्नै सकिन तर मेरो चोखो माया उनैलाइ छोडेर म भने बिदेशीए केही वर्षको लागी ।

3 comments:

Basanta said...

मन छुने कथा रहेछ! धेरैको यथार्थ पनि यस्तै होला। बीचमा के परेछ भन्ने खुल्दुली मेटिन भने नपाउने भयो।

Anonymous said...

मनु जी कथा सामान्य घटनाक्रमको लाग्यो । तपाईको शैली निकै मन पर्यो तर अन्तमा ढुङगोमा पुग्न नसकोले मन अडिएन ।

mgrgeen said...

Thankyou for both tei ta katha ko aaphno pana honi basanta dai bhanera bhanna ni ali namilne hahaha ani Chha ni RAjesh jee kasari end garne bhanne malai nikai apthyaro paro soooo tetikai chodi diyea hahha anyway thankyou so much