Thursday, December 3, 2009

सोचे जस्तो हुन्न जिवन

सोचे जस्तो हुन्न जिवन
सम्झे जस्तो हुन्न जिवन



वास्तवमा अरुणा दिदी को यो गित म गलत छुइन भने सधै र सवैको लागि प्रयोग योग्य नै होला । हामी के सोच्छौ र समयको साथ बहदै जादा के भै दिन्छ कसैलाई थाहा हुन्न । हुन त मानिस आफ्नै लापरवाही र अरुले देखाको प्रलोभनमा परेर दगुर्दा मात्र यी दुनिया दुख भोग्नु पर्छ की तै पनि ......थाहा छैन मलाइ पनि ।
मलाइ आज अचानक यो कुराहरु लेख्न मन लाग्नुको पछाडी पनि एउटा कारण छ। मेरो कलेजको पढाइ हप्तामा तीन दिन मात्र हुने हुनाले प्राय अरुदिन म त्यतिकै घरैमा अनलाइन बसेको हुन्छु । यस्तैमा गत हप्ता मेरो एक जना साथी सँग अनलाइन भेट भयो कुरा कुरामा निकै कुरा भयो। टाढा भएकाले हामी विच त्यति धेरै घनिष्टता थिएन र त्यति हामी बिचमा कुरा आदान प्रदान पनि तर केही कुराहरुको मेलो मेसो फुकाउदै गर्दा अचानक उनको मुखबाट निस्क्यो । अरे........तिमी त्यै मनु नै हो त जस्लाइ मैले काठमाण्डौमा भेटेको थिए, त्यो मनु..... अनि अहिले त्यस ठाउमा ......साथीले कुन सेन्समा भनेको थियो त्यो त थाहा भएन तर मलाइ यसरी नै छोयो जुन कुरा काठमाण्डौको साथीले फेसबुकको नोटमा टालेका थिए । त्यो नोटवाला कुरा तल राख्नेछु ।

आज भोली लण्डनका कलेजहरु धमाधम निलम्वनमा पर्न थालेका छन र टाएर फोर भिसा पाएका हजारौ नेपाली विधार्थीहरु बिचल्लिमा पर्न थालेका छन । साच्चै नढाटि भन्नु पर्दा केही दिन देखी मेरो पनि दैनिकी यस्तै दुख लाग्दा समाचार खोज्दै र हेर्दैमा कटि रहेको छ । साथै हे भगवान हाम्रो कलेज निलम्वनमा नपरोस भन्दै भगवान सम्झदै बसेको छु । मानव प्राणी जातै ले पनि अली महत्वाकाँक्षी र लोभी हुन्छन । त्यस मध्यमा म पनि पर्छु र अरुले जस्तो दुख मलाइ नपरोस भन्ने पाप मनमा आइ हाल्छ र भन्छु अरुले जे भोगे हामीले भोग्न नपरोस। मलाइ आज भोली धेरै नै सङ्का लाग्न थालेको छ कतै हाम्रो पनि कलेज निलम्वनमा पर्ने त हैन? भनेर । किन भने कलेज निलम्वनमा पर्नुको मुख्यकारण भनेको होम अफिसले लाइसेन्स लिँदा गरेका सर्तहरू पूरा नगरे कलेजको 'स्पोन्सरसिप लाइसेन्स' खारेजी गरिदिन सक्छ । मापदण्डविपरीत कोटाभन्दा बढी विद्यार्थी झिकाएको, कलेजमा गैरकानुनी बसिरहेका शिक्षक राखेको, कक्षाकोठा र भौतिक पूर्वाधार अपर्याप्त, कर छलेको आदि कारणहरु हुदा पनि निलम्वनमा पर्न सक्छ । हुनत अहिले सम्म हाम्रो कलेजमा खासै समस्या त परेको छैन। भौतिक पुर्वाधार पनि त्यतिको ठिकै छ अहिले सम्मलाइ तर दैनिक विधार्थीको चाप भने बडि रहेको छ यति कै चाप बढी रह्यो भने त......... कसलाइ के थाहा ता पनि मानिसले सधै सकारात्मक सोच राख्नु पर्छ रे केही हुने छैन भन्ने आशा र विश्वास एक ठाउ मा त छदै छ तै पनि वरिपरिका वातावरणमा घटि रहेको यी विभिन्न घटनाका कारण मन त्रसित त छदैछ ।
समय र कुनै कुनै बेला चलेको मुडका कारण आफैले यी बिविध कुरा पनि भोगी रहेकी छु अहिले । हुन त मेरो सवै आफ्नै घरका परिवार सँग सँगै रहदा अरु साथीहरुले झै समस्या त भोग्नु परेको छैन र पनि मनमा एउटा खुड्कीलो कहिलै पुरा हुन्न । हुन त मानिस जातै असन्तोषी नभए पनि ठिकै भए जतिले पनि पुग्दैन । हुनत मैले धाक लगाए जस्तो हुन्छ तै पनि मलाइ खासमा अभाव नेपाल मै पनि थिएन तर रहर जाग्यो मनमा एउटा प्रलोभन उत्पन्न भयो मनमा की मैले पनि कुनै न कुनै विषयमा युके बाट डिग्री लिन सके भने त??? अरु केही भएन भने पनि केही बर्ष त्यहा बिताउन पाए भने त मेरो अग्रेजी अलि सुध्रिन्छ र विश्व वजारमा म पनि सजिलै सँग बिक्न सक्छु । हुन त म यहा आउने बित्तिकै पनि एक जना साथीले मेरो फेस बुकमा 'मनु पनि बेलाइत गइछन'शिर्षकको एउटा नोट टाली दिनु भा थ्यो त्यसमा लेखिएको थियो की "बेलायत पुगेका विद्यार्थीको बेहाल भएका समाचारका अक्षरहरु पनि घुम्न थाले । सबैलाई त्यस्तो त नहोला तर किन किन एउटा सम्भावनाको पलायन ठानेँ । हुन त विदेशमा ज्ञान आर्जन गरेर देशमै काम गर्न पनि सकिन्छ गरेका पनि छन् । तर किन किन मनु बेलायत गएको समय अलि मिलेन कि जस्तो लागिरह्यो । अरु केही वर्ष नेपालमा उनले लिइरहेको गति निरन्तर गरेको भए उनलाई समाजलाई र देशलाई राम्रो हुन्थ्यो"।
साच्चै हो की....
अहिले यता उताको समाचार पढ्दा खेरी साच्चै खराव समयमै पो मैले मातृभुमी छोडेकी हुन थालेको छ। किन भने मैले कल्पना गरेको जस्तो कक्षाहरु छैनन् यहा। हुन त मानिसले सबै सोचेको, चाहेको र रोजेको कुरा कहिल्यै पनि पुग्दैन। यो ध्रुव सत्यकुरा हो । कक्षामा धेरै मुलुकबाट आएका बिधार्थीहरु सँगै बस्छौ । हामी सँग बिभिन्न फरक फरक वातावरणको अनुभव छ । जस्तै हामी एसियन मुलुकबाट आएका विधार्थीहरु अलिकति भए पनि गुरुहरुलाइ आदर गर्छौ तर युरोपियन मुलुकका बिधार्थीमा त्यो गुण थोरै पनि हुदैन रहेछ । हुन त सबै ठाउका र सबै बिधार्थीमा यो लागु नहोला तर मैले मेरै कक्षाकोठाको बातावरण मात्र कुरा गरी रहेकी छु । कक्षा चालु छ अगाडी होस वा पछाडि जहा सुकै बसे पनि उनीहरु आफ्नै धुनमा रमाउन चाहन्छन। पाठ जे सुकैको होस मतलव हुन्न तिनीहरुलाइ । हाम्रो नेपालमा कक्षा कोठा भित्र खान मनाहि हुन्छ तर यहा शिक्षक कै अगाडी झोलाबाट खानेकुरा झिकेर कच्याक कच्याक पार्छन । आइफोन झिकेर फोटोको पोज मिलाइ मिलाइ खिच्छन । गाली गरेर साध्य छैन तिनीहरुलाइ । सजाया दिनलाइ उभ्याउदा सम्म म ठिक छु भनेर उभिदैनन । उभिइ नै हालेमा पनि कुर्सीको माथिल्लो भागमा चढेर उल्टै मुख फर्काउछन । हुनत सबै यस्ता छैनन तर पनि धेरै जसो बिधार्थीहरुको दैनिकी उस्तै उस्तै हुन्छ ।
युरोपीयन मुलुकका बिधार्थी त त्यस्ता भए हामीलाइ खासै चासोको कुरा भएन तर हाम्रै नेपाली साथीहरुले पनि उस्तै ब्यवहार प्रस्तुत गर्दा भने ज्यादै दुख र नराम्रो लागेको छ । यहा नाम उल्लेख नगरौ केही पोखरेली साथीहरु छन जस्को ब्यवहारले गर्दा हामी अन्य नेपालीलाइ पनि भारतिय र अन्य देशका साथीहरुले हेप्न थालेका छन । जस्को प्रतिवाद गर्न हामीलाइ निकै सँघर्ष गर्नु परेको छ ।

केही साथीहरु कविता फुराउन थालेका छन् भने कति पय साथीहरु धमाधम फर्कन । अझ हिजोको कान्तिपुरमा प्रकाशित समाचारले त झन मन निकै खिन्न बनाएको छ । जसमा यि मुनिका सबै हरफहरु छन्


'के गर्ने, कसो गर्ने, मैले त सोच्नै सकेको छैन,' कलेजमा 'ओटीएचएम डिप्लोमा' पढ्न सेप्टेम्बर १७ मा बेलायत आएकी अनुष्का -नाम परिवर्तन) ले भनिन्, 'सुरुमा कलेज व्यवस्थापनले समस्या हाम्रो हो, छिट्टै मिलाउँछौं भनेर आशा देखाइरह्यो तर अन्तिममा कलेजमा ताला नै लागेपछि हामी बिचल्लीमा पर्यौंट ।' यूके बोर्डर एजेन्सी पदाधिकारीले अघिल्लो साता कलेजमा ताला लगाइसकेपछि 'विद्यार्थीलाई ६० दिनभित्र अर्को विकल्प खोज्न सुझाव दिँदै' सूचना टाँसेको उनले जनाइन् ।

नेपालमा वाषिर्क कलेज शुल्कबापत २५ सय पाउन्ड र बेलायत आइसकेपछि रजिस्ट्रेसन र परीक्षा शुल्क भनी थप २ सय ४० पाउन्ड तिरिसकेकी उनलाई अब बुझाएको रकम फिर्ता होला भन्ने आशा मरेको छ । 'कलेज ताला लागेपछि अब कसलाई कहाँ गएर समात्ने,' उनको दुःखेसो छ, 'काम अझै पाएको छैन, नेपालबाट ल्याएको दुई हजार डलरको ट्राभल चेक सकिएपछि थप २ सय पाउन्ड मगाइसकें, स्थिति दयनीय छ ।'

उनको अगस्ट पहिलो सातामै भिसा लागेको थियो । तर दुर्भाग्य, अगस्ट अन्तिम साता कलेज 'सस्पेन्ड' भयो भन्ने खबर आए पनि उनी यूके आइन् समस्या सुल्भिmने आसमा । भन्छिन्, 'परिस्थितिले अहिले खान मन लाग्दैन, निद्रा लाग्दैन । यतिसम्म कि कहिलेकाहीं त दिमागले नै काम गर्न छोडे जस्तो लाग्छ ।'

तर पनि म आफ्नो बारेमा भन्नु पर्दा जे जस्तो सुकै भए पनि भोलीको दिनमा केही राम्रो गर्न सक्छु । म र मेरो भविष्यमाथी भगवानले र कलेज सँस्थापकहरुले यस्तो खेलवाड गर्नुहुने छैन भन्नेमा विश्वस्त हुन बाध्य छु । केही यस्तै नराम्रै भै हालेमा पनि सामना गर्ने धैर्यता र साहस म मा राखेको छु ।
यस्तै छ लण्डन आउने को कथा ब्यथा त्यसैले जो साथीहरु आउनलाइ तम्सी रहनु भएको छ उहाहरुलाइ पनि यस्ता सम्पुर्ण समस्याको समाधान गर्ने साहस बोकेर आउने अनुरोध छ । नत्र यदि तयारी मात्रै छ भने कृपया यो भन्दा अन्य नै मुलुक रोज्नुस जहा तपाइहरु सबैलाइ राम्रो हुने छ भन्ने मेरो सन्देश पनि ।

4 comments:

Basanta said...

त्यहाँको खराब स्थितिको बारेमा जान्दा साह्रै दु:ख लाग्यो।
मनुको कलेजको स्थिति भने राम्रै होला भन्ने आशा गर्छु।

manu said...

बसन्त दाइ धन्यवाद। हो नी वास्तविकता यही छ । हजुर मेरो अहिले सम्म ठिकै छ आशा छ पछि सम्म केही हुने छैन ।

manu said...

बसन्त दाइ धन्यवाद। हो नी वास्तविकता यही छ । हजुर मेरो अहिले सम्म ठिकै छ आशा छ पछि सम्म केही हुने छैन ।

बिजे बिद्रोही said...

हामी आफ्नोलाई नराम्रो देखेर अरुकोलाई राम्रो देख्छौं, आफ्नोलाई गुणस्तर हिन सम्झन्छौ र अरुकोलाई उच्च गुणस्तरिय सम्झन्छौं, यस्तै मानसिकताको माथ गर्दै लेखिएको बहिनीले भेटेको सत्यतालाई सलाम ठोक्नु पर्छ। कमसेकम यसबाट पनि पाठ सिकौं। धन्यबाद बहिनी बाँड्नुभएकोमा।