Wednesday, December 9, 2009

सपना कतिपय

हिजो पल्ट राती अवेरसम्म निकै ठुलो दर्के पानी परेर रहेकोले होला आकाश धेरै खुल्ला र सफा थियो । क्षितिज पारी पारी सम्म निलो र सफा देखिन्थे । दक्षिण पट्टी बालशिक्षा प्राथमिक विधालयको माथीबाट हेर्दा मकालु हिमाल आफ्नो सुन्दरता देखाएर मुस्कुराइ रहेको थियो । पाख्रिवास कृषि फार्मको त्यो पाटा आफ्नो त्यो राताम्मे टिनको छानो वोकेर बिहानीको भरसक स्वागतको लागि उभिएका थिए । हिले माथीको शैनिक ब्यारेकको जगँल पनि के कम?शैनिक टोलीले करिव दश वर्ष पहिले लेखिएका "म मरे पनि मेरो देश बाँची रहोस" को ठुला ठुला अक्षर बोकेर सतर्क अवस्थामा देखिन्थे भने हिले वजारले मलाइ अलिकति चियाएर हेरीरहेका थिए । आकाश साच्चै सफा थियो । पर ट्याम्केको चुचुरोमा ठपक्क हिउले ढाकीएको प्रष्टै देखिन्थ्यो भने भोजपुरको घोरेटार बजारले मै सँग मितेरी लाएर उभिए झै आमने सामने थियौ। मुगाफाट र चुङमाङ्को चप्लेटी पाखामा बिहानीको सुर्यले सलाम ठोक्दै आउदा आफ्नै बारीको डिलमा रहेको दुदिलोको रुखको टुप्पोले सम्म स्वागत गर्दै थियो बिहानीलाई ।



करिव बिहानीको आठ बजेको हुनु पर्छ । भाउजु र सानो बाबु म सँगै धनकुटा घर जानको लागी निकै हतार हतार तयारी पर्दै थिए । म भने बरण्डाको एक छेउमा बसी तात्तातो दुधको गिलास सँगै ति मनमोहक दृष्यहरु सँग रमाउदै थिए । ढुकुर, जुरेली, रानी जस्ता चराहरु बारीको डिलमा रहेका दुदिला, खनिया, नास्पाती र सुन्तालाको बोटमा चिरीविर चिरविर गित सँग ओहोर दोहोर गर्दै नाचेको त्यो दृष्यहरु साच्चै रमाइला थिए । रुपीहरु भने मास्तिर पट्टिको बास झ्याङमा बसेर साह्रै हल्ला मचाइ रहेका थिए । छिमेकी घरको दाइ घासकाट्न जादै गर्दा एक ढुँगा बासको झाडीमा पनि प्रहार गरी दिनु भए पश्चात मात्र शान्त भए । विस्तारै घामको रुप छिप्पिदै थियो हामी पनि उकाली लाग्यौ आफ्नो गन्तव्यको लागी ।
साँझ पर्नै लागेको थियो धनकुटा घरमा पुग्यौ । खाना साना खाएर बेलुकी एसो टिभी समाचार सँगै सवै परिवार मिलेर गफगाफमा मस्त रमाउदै थियौ काठमाण्डौबाट साथीको फोन आयो । रिसिभ गरे हामीले सगरमाथा आरोहणको लागी गत महिना फर्म भरेका थियौ स्विकृत भएछ ।लौ अब झट्टै भोली नै आउ यहा सवै कुरा मिलाउनु पर्छ साथीहरु सवै कता कता छन तिमी र मैले म्यानेजमेन्टको कुरा मिलाउनु पर्छ भनेर फोन राखे साथीले । म पनि झोला तुम्मी सवै कस्न सुरु गरे र साइकर्नर विजयकोमा फोन हाने लौ साथी भोली विराटनगरबाट काठमाण्डौको लागी वुद्दमा भएनि एतिमा भए नि एउटा टिकट मिलाइ देउ । उसले हुन्छ भनेर फोन राखे । नभन्दै भोली पल्टको लागी प्लेन टिकट पाइयो तुरुन्तै काठमाण्डौ आइ पुगियो । भोली पल्ट देखी सवैकुरा मिलाउन विकाश र मेरो काम भयो ।

पाचौ दिन हामी लुक्ला हुदै सगरमाथा आधार शिविर सम्मको लागी उड्यौ । जम्मा १६ जनाको टोलीमा ३ जना मात्र कुइरे थिए अन्य सवै नेपालीहरु । उस्तै उस्तै मिल्ने साथीहरु गएकाले अन्ताक्क्षेरी र जोक्सले नै शिविरमा पुग्यौ यात्रा रमाइलो भयो । प्रतिक र रीकेनको जोक्सले शिविरको कठाग्रीदो चिसो पनि पत्तै नपाइ वित्यो । खै को को हुन कुन्नी राम्ररी स्मरण भएन केटी साथीहरु भने चिसोले विरामी परेर थला परेछन उचाइमा जान सकेनन् । हामी १२ जनाको टोली भने रातको १ बजे तिर देखी उकालो चढ्न थाल्यौ करिव विहानको ११ बजेको थियो प्रतिक र म अघिल्लो स्थानमा सगरमाथाको शिखर चुम्नलाइ तम्तयार थियौ । हिउको कठाग्रीदो जाडोमा काम्दै भए पनि एउटा साहसीक कदम उठाएको मा म गर्वले निकै प्रफुल्लित थिए । म एउटा मगर समाजको पहिलो महिला प्रथम पटक सगरमाथाको सफल आरोहण गर्ने साहसी ब्यक्तिमा दरिन लागेको थिए । कता कता चिसो भयो । शिखरमा पुगेर सँसार हेर्नको लागी यसो मिलाउदै टेक्ने प्रयासमा थिए म त्यसै वेला फोनको टिरीङ टिरीङ आवाज आयो । यसो उसो छामछुम पारेर फोन उठाउनै लाग्दा पो झसँगै व्युझिए । म त आफ्नै कोठाको ओछ्यानमा लडीरहेको रहेछु । राती चल्दा सिरक सवै भूइमा खसेकोले शरिर चिसै भै सकेको रहेछ। यता कलेज जानको लागी साथीले वाहिर कुर्दा कुर्दा अति भएर फोन गरेकी रहेछिन । मेरो सगरमाथाको शिखर चुम्ने र समाजको प्रथम महिला हुने अवसरवाट सपना मै पनि पुरै बन्चित भए । बेलुका अलि अवेर सुतेकाले होला त्यतिखेर उठ्दा अझै सुतौ झै लागी रहेको थीयो । तर पनि कलेज जान ढिला हुन लागेकाले हतार हतार तैयारी परी कलेज तिर दौडे ।

11 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

हाह ! हाहा ! मनु जी ! ब्युझिदा त म पनी मज्जाले नै झस्के को नि ! तपाईले त दह्रै प्रगति गर्नु भएछ भनेर क्या चाख मानेर पढिरा'त ! अनि ठुलै बधाई दिन पाइने भो'भन्या त ! मलाई पो दिन्द्रा बाट ब्युझे जस्तो लाग्यो नि !कस्तो खल्लो लग्यो !
तर भनिन्छ अवसर कहिले समाप्त हुदैन रे !
तपईका सपनाहरूले यथार्थ रूप धारण गरुन - यहालाई सधै शुभकामना छ !

दूर्जेय चेतना said...

ज्या।।।। म त लौ कस्तो खुसी हुदै थिए, लो मगरकी छोरीले पहिलो पल्ट पाईला टेकेर नयाँ ईतिहास रच्ने भईन भनेर बधाई दिनलाई सोचिरहेको थिए, म आफैको बिउझिए त । हा हा। जे होस साह्रे राम्रो संग लेख्नु भयो। तपाईको सपना पुरा होस मेरो शुभकामना

mgrgeen said...

बेदनाथ जी शुभकामनाको लागी धेरै धेरै धन्यवाद अँ कैले काही यसो सपनाबाट साथीहरुलाइ पनि व्युझाइ दिउकी भनेर नी हा हा हा । दुर्जेन दाइ माफ गर्नुहोला है सवैलाइ खिस्रिक्कै पारी दीए ।तपाइलाइ पनि धेरै धेरै धन्यवाद है पढेर प्रतिकृया दिनु भो शुभकामना पनि दिनु भो ।

हावा De Wind said...

सिर्सक मै सपना भने पनि लास्ट मा गएर झुक्याउन सफल हुनु भो... त्यो पनि रमाइलै भो...

सगरमाथाको टुप्पोमा त हैन फेद सम्म पुग्ने त मेरो पनि सपना छ.. एकदिन कसो बिपना कतिपय नहोला

कैलाश said...

सपना देख्नु त यस्तो पो है। सपना देख्दादेख्दै कुनै दिन विपना भइदिन नि सक्छ नि मनु नानी।

mgrgeen said...

धन्यवाद छ हावा जी सगरमाथाको फेद सम्म जाने सपना तपाइको पनि पुरा होस पक्कै पनि चाहनु भो भने विपना कतिपय हुन सक्छ त्यसैले अग्रिम शुभकामना मैले खल्लो वनाए वनाए तर तपाइहरुलाइ चाही साच्चैको शुभकामना दिन पाउ ।
कैलाश दिदी सपना देख्नैमा के वित्छ र है देखि दिए नी हा हा हा दिदी हौ तर यो बिपना त खै कसरी होला र सम्भव छ र ? हुनत यो सँसारमा असम्भव भन्ने के ही छैन तै पनि कुन्नी हा हा हा लौ दी हजुर लाइ नी धेरै धन्यवाद सपना एकछिन भएनी रमाएर पढि दिनु भो ।

एकल यात्री said...

सपनामै रमाउनु चाहिँ त ठीक हैन कि भन्ने लाग्छ । खराब सपनालाइर विपना हुन नदिने र राम्रा सपनीलाइ विपना बनाउने प्रयास सबैले गर्नुपर्छ ।

manu said...

धन्यवाद यात्री जी पक्कै पनि सहि कुरा गर्नु भो तर अब कुनै कुनै कुरा चाहि रमाउनु पर्छकी भन्ने मात्र हो सवैको सहमती नहुन नी सक्छ ।

maanu said...

हा ! हा !! हा !!! म त क्या झुकियो मनु साचिकै पो होला भनेको त । तर राम्रो छ सस्पेन्स तरिकाले लेखेछेउ धेरै राम्रो लाग्यो । keep it up !!!!!

mgrgeen said...

धन्यवाद मानु

Anonymous said...

ल सपनालाई विपनामा परिणत गर्नुहोस‍....... शुभकामना...

नरेन...