Tuesday, December 15, 2009

नेपाल प्यारो छ

भन्छौ तिमी हिमाल सेतो छ
तर म देख्छु यो त दिन दिनै रातो भएको छ
किन भनी प्रश्न गर्छौ भने
म भन्छु त्यसमा नेपालीहरुको रगतको छिटो लागेको छ
लाखौँ नेपाली त्यही हिमालको आडमा
लुकी रहदा अनायासै मृत्यु वरण गर्न पुगेको छ
भन्छौ तिमी सूर्य तातो छ
तर म भन्छु त्यो त सेलाएर चिसो भै सकेको छ
तातो ताप त पृथ्वीमा मान्छेको भिड भएर
त्यसको वाफले तातो भएको छ
मानीस धेरै अहङ्कारी भै उसको आत्मा त्यसै
त्यसै जलेर तातो भएको छ
भन्छौ तिमी नेपाल राम्रो छ
तर म देख्छु नेपाल त भ्रष्टाचारीहरुले खोक्रो बनाएको छ
दुष्ट मानीसहरुले भित्रभित्रै सकाएको छ
नेपाल एउटा कुहिएको फर्सी जस्तो मात्र भएको छ
तर पनि नेपाल प्यारो छ
किनकी यहा मलाई जन्म दिने मेरी आमा जन्मनु भएको छ
यहा मलाई कर्म सिकाउने बुबा रहनुभएको छ
खोलाहरु सुसेली हाल्दै अनवरत बगिरहेका छन्
ती निर्दोष हिमालहरु रगतका फोहोरी छिटा बोकेरै भए पनि
ङिच्च दात देखाई ठिङ्ग उभिदिएकै छन्
नेपाल ठगै ठग र चोरै चोरले सँकटमा परेको छ
तर पनि नेपाल अझै प्यारो छ
किनकी भेडेटार, वन्दीपुर, धम्पुस, नगरकोट साथै
टेम्के, श्री अन्तु, सिरुवारी मनभरि व्यथा बोकेरै भए पनि
हामी दुष्ट मानव जातिको आत्मामा मलम लगाउन तयार भै रहेकै छन्
त्यसैले त नेपाल प्यारो छ ।
जस्तो सुकै भए पनि नेपाल प्यारो छ ।
(नोट:स्मरन रहोस यो कविता मैले करीव दश महिना जति अगाडी नै कलेज कलमको लागी लेखेकी हुँ तर खै आज फेरी पनि कता कता नेपालको सम्झना आयो त्यही भएर फेरी एक पटक मेरै ब्लगमा पोष्ट गर्ने जमर्को गरे)

4 comments:

दूर्जेय चेतना said...

सही कुरा जस्ले जे भनोस नेपाल प्यारो छ है। साह्रै सुन्दर लेखाइ र सोच। धेरै धेरै धन्यवाद है।

manu said...

धन्यवाद दुर्जेन जी

Basanta said...

सुन्दर कविता!

मनुको नेपाल, मेरो नेपाल र हामी सबैको नेपाल साह्रै-साह्रै प्यारो छ।

mgrgeen said...

धन्यवाद वसन्त दाइ । हो नी है वास्तवमा जस्तो सुकै भए पनि दामी छ नी है हाम्रो नेपाल