बगेर यहाँ सम्म आइपुग्दा
बाटो भुलेर आफै अल्मलिएँको छु!
सर्वस्व सुम्पेर आँखा चिम्लेर उफ्रन्दा
माखे साँङलोको जन्जरमा फसेको छु
सँसार आआफ्नो छ
ताल, सुर आफ्नो छ
खाली बिजिनेस बिजिनेसको छाल उर्लेको छ
मान्छे माथि मान्छे चढ्न उक्साउँदै छन् मान्छेहरु
उत्सर्गका लागि पालो पर्खदै छन् मान्छेहरु
चीत्कार थिच्दै जयजयकार उर्लेको छ ज्वालामा
म बिचैमा निथुक्क भिजेर एकछिन रोकिएको छु !
उड्ने आकासतिर
बग्दाबग्दै रोकिएर रमिता हेर्दैछु म एकछिन !
बिदेसिनेको हुल देखेर म त्यहा भित्र हराउदै छु
मर्नु बाँच्नुको दोसाँधमा
अनि
बग्नु नबग्नुको दोधारमा फसेर
मान्छेले उचाल्नु धकेल्नुको अर्थ नबुझेर
अहिले म अल्मलिएको छु
दोभान नभेटेर दोधारमा
आज अचानक नमिठो सँग ठोक्किएको छु
अगाडी बढ्ने बाटो नदेखेर अक्मक्किएको छु,
मन भरि पिडा र वेदना बोकी छट्पटिएको छु!
आफ्नो धरातल बिर्सदा कता जाउ भनि बिचैमा ठिङ्ग उभिएको छु!
4 comments:
मनु बहिनी नमस्कार !! तपाईंको नदी जस्तै म कबिता पढ्ने अबसर पाएको थीए जसमा राम्रो लाग्यो । जेहोस बस्तु परक कबिता लेख्नु भएको रहेछ समय सापेक्षछ र जसमा प्रतिक बिम्ब्, कला र बिचारको राम्रो समायोजन गर्नुभएकोछ ।!!!!!!
नानी यस्तै हो जीवन। अन्तरआत्माको आवाज हो सायद यो तपाईको। बग्दै जाने सिक्दै जाने हो नि हगि। बग्नु चाहि नछाड्नु। हुन त बग्न छाड्दा खेरी झनै राम्रो कविता सृजना हुन्छ होला। कविता रचिसकेपछि पुन बग्न थाल्ने नि। जय होस्
धन्यवाद नरदाइ हजुरको हौसला नै मेरो लेखनको लागि एउटा आधार हो । धन्यवाद छ यहाको अमुल्य समय र सुझावको लाग । कैलाश दि धेरै धेरै धन्यवाद । अ..... अन्तरआत्माको गाथा नै हो नि हेर्नुं न कैले क कहिले के जिन्दगि को दौरानमा बग्न त नछोड्ने नै भनेको हेर्नुस न घरि घरि बाधा अड्चन त्येस्तै हो हाहा अनि खै त तपाई को चाइ सचि किन सेलायो ?? भेट्दै गरौला जय होस्
tapaiko sundar rachanako nimitta aabhari chum manu ji, dhanybaad
http://www.onlineliteratures.com/2011/01/blog-post_19.html
Post a Comment