Saturday, March 13, 2010

आमा


रोजी अस्पताल भर्ना भएको पनि पैतीस दिन भै सकेछ । आफन्त तथा नर्स जे भने पनि दीन रात सेवारत संगीता छीन साथमा। उनको मुहारको झलक हेर्दा लाग्छ अव संगीता र उसको सेवा देखि पनि दिक्क लाग्न थालेको छ रोजीलाइ। घरी घरी बक्थिन उनी 'मलाई यो निलो लुगा देखि पनि वाक्क मात्र हैन घिन लाग्न थालेको छ । उठेर दौडौ भने पनि साहस छैन रत्ती भर आफूमा,कसैलाई भनु भने पनि यो संगी बाहेक कोही छैन, यसैलाइ भनु भने ज्यान गए लाने हैन यसले'। बाहिर चौरमा मसिना 8,10 बर्षका बाल भूराहरु दौडेको देखेर आफ्ना बिगत सम्झन पुक्थिन 'म पनि १२ वर्षको हुदा त्यै परको पार्कमा यसै गरी उफ्रंन्थे त्यो रातो टल्कने जामामा सेतो स्वेटर,पुतली पुतली भएको त्यों पिंक जुत्ता । भाई १० वर्षको हुदा आमाले ल्याइ दिनु भएको दुइजनाको उस्तै उस्तै झोला......... । त्यो वेला प्रत्यक शनिबार वुवाको छुट्टीको दिन ड्राइ पिकनिक जस्तो पार्कमा रमाइलो गर्न जानै पर्ने हाम्रो वालहठलाइ नकार्न नसकेर वावाले एक दिन बिरामीको वाहाना बनाइ सुत्नुहुदा आमा डरले रुनु भएथ्यो.........लामो सास फेर्दै बोल्थिन, उफ ....... अव त याद मात्र बाकी रह्यो केबल मधुरो छाया जस्तो याद ।


लामो सुस्केरा सुसेल्दै अस्पतालको सैयाबाटै मुन्टो बटार्छिन । बाहिर एक मायालु जोड़ा मुखमा मुख जोडाएर सार्वजनिक ठाँउमै आफ्ना मायाका पोकाहरु साटिरहेका थीए,त्यो देखेर रोजी फेरी एक पटक आफ्ना बिगतमा चुर्लुम्म डुब्छिन । वर्ववराउछीन "सेरा थाहा छ तिमीलाइ? ती मेरा कलेजका दिनहरु कती रमाइला थिए.... म अठार वर्ष पुग्दाको दिन हामी सानो पार्टी मनाउदै थियौ । हामी सँगै पढ्ने सुसोन नामको एक युवा (जो मलाइ धेरै मन पराउथे,माया गर्थे) हातमा जन्मदिनको शुभकामना उपहारको साथमा रातो गुलाव दिएर अन्य साथी माझ सायरी सहित मायाको प्रस्ताव राख्दा म लाजले रातो पिरो मात्र हैंन झन्डै बेहोस नै भएकी थीए ।
त्यस पश्चातका दिनहरुमा आमा बा को आखा छलेर कलेज जाने निहुमा उ सँग चोरी चोरी फिल्म हेर्न र बजार घूम्न जादाको मज्जा नै अर्कै थियो । उ संग सम्बन्ध गासेको अर्को शव्दमा नाजिकिएको दुई बर्ष पुगेको दिन उसले गरेको पहिलो चुम्बन..... अनि उ सँग बिताएका ती पलहरु !!!" बोल्दा वोल्दै टक्क रोकीइन। त्यो बेला साच्चै उनको आखामा ती बिगतका रमाइला क्षण र सम्झनाले उनको जवानी नै फर्किएको हो की? भने झै भान हुन्थो । उनी साचै निकै प्रफुल्लित देखिंथिन त्यसबेला । उनको आंखामा त्यों खुसी सजिलै पढ्न सकींन्थ्यो ।
एक छीन पछि फेरी बोल्न थालीन 'ती पल अनि बिगत..... मलाइ लाग्थ्थो सधै सधै यस्तै नै बीत्ने छ हाम्रो जीवन, तर............ . ' बोल्दा बोल्दै भक्कानिएर रुन थाल्थिन । एक क्षण पश्चात रुदै उनका मनका भावना हावामा पोखाउथीन् 'सँगै जिउने मर्ने बाचा तोडेर तिमीले मलाइ एक्लै छोड़ी गयौ सुसोन। अब म एक्लो छू यहाँ, नितांन्त एक्लो । साहारामा मात्र बिगतका सम्झनाहरु छन् मात्र यादहरु । त्यों हाम्रो बिबाह साल बेलाको गालामा रहेको त्यों लाली, मोटो घाटो ज्यान दिन दिनै घटेर चाउरीपना मात्र बाँकि रह्यो । अव त आफ्नै हातले ताने पनि रबर झै तनन तन्कने भै सकेको छ । उफ.. यो जिंन्दगी!! यो बेकार जिंन्दगी किन जीइ रहेकी छु म आज??' एकोहोरिएर बहिर टोलाऊथीन् ।

हिजो पटक उनको बेड सीधा अगाडीको कोठामा प्रसव पीड़ामा छट पटीरहेकी महिलालाइ पनि नियालेकी रहिछन बक्दै थिइन ' सेरा, हिजोको त्यों नवजोडा दम्पतिको प्रसब पीड़ाले छटपटीएर निकालेको चीत्कारले मलाई सुकृप जन्मेको दिनको याद गराएको थियो । म पनि त्येसै गरि रोएकी थीए तर जे सुकैभए पनि मात्रित्तोको सुखले सबै कुरा एकै क्षणमा बिर्सेकी थीए । ए साच्चै आज त १४ मार्च साच्चै सुकृपको ४५ ओ जन्म दिन, समय कस्तो चाडो चिप्लादो रहेछ भरखर जस्तो लाग्छ उ पनि ४५ बर्षको भइ सक्यो । मलाइ अझै ताजै छ त्यो जन्मेको पहिलो बर्ष सम्पूर्ण परिवार मिलेर खुसियाली मनाएको, त्यसको अर्को साल सम्पूर्ण उसका साथीहरु संगै राखेर सामूहिक जन्मदिन मनाएको, सुकृप तीन बर्षको हुदा अरुको देखा सीखी गरेर जन्म दिनमा यो चाहिन्छ, त्यों चाहिन्छ भनी गंनगन गर्दा किनी दिएको त्यों सानो टुल, केक काटनको लागी भनी किनेको त्यों सानो टेबल, अनि त्यों बर्स किनी दिएको त्यों सानो चुटुक्क परेको कालो सूट अझै पनि सो केस माँ सजाई राखेको छु । बुढिया फिस्स हास्छिंन । त्यो वर्षको जन्मदिन साच्चै राम्रो भएको थियो त्यो दिन कती खुसी थियो सुकृप, त्यही खुसी मैले उसको जिंन्दगी भरी हेर्न चाहेको थिए। बस्.... त्यत्ति !! कता कता पीर परे झै उदासीन पनि देखिंन्छिंन । लामो खुइ काढेर..बकिन हरे....... समयले कोल्टो फेर्दा आज त्यो कता म कता?? उफ....कती सम्म स्वार्थी भए मेरा छोरा छोरी पनि? आफुलाइ जन्म दिने आमालाइ सम्म सम्झदैनन् जन्म दिनमा ।

सन्नटा छाउछ वातावरण, रोजीको आखामा आशु सकेर आशु नखसे पनि दिलमा लागेको चोटको पीड़ा झल्कंन्छ। म बस् लाटाले पापा हेरे झै वाल्ल परेर उनको गफ सुनी रहेकी हुन्छु ।
संगीता हात भर सुइ र कपास आवश्यक ओखती तथा अन्य सामान डोराउदै आइ पुग्छिन् । संगीतालाइ देख्ने बित्तिकै रोजी चिच्याउछिन 'किन आएउ फेरी तिमी ह? अब मलाई कत्ती पनि बाच्नु छैन। म बार बार भनी रहेकी छू तिम्लाई किन सुन्दैनऊ मेरो कुरा?? आखिर तिमी मलाई बचाएर के प्रमाणित गराउन चाहन्छौ? म बाच्न चाहन्न बाबा मलाइ मेरो यो निरर्थक जीवन भार भो । यो जीवनबाट मुक्ति देऊ, सुसनको मृत्तु भएको २० बर्ष भै सक्यो । म किन जान सक्दिन उ संग? म किन यहाँ निसार बचेको छू ? कोही त देऊ मेरो उत्तर !!
सुकृप र सुहानीको बिबाह बर्ष पश्चात तिनका संतानहरुको मुहार सम्म देखन पाइन मैले। नाम मात्रै सुनेकी छू सजल र सारा । नाम सुँदै कत्ती राम्रो छ कस्ता होलान मेरा नाता नातिनी ? जस्तो सुकै भए पनि म बिरामी भएको सुने पछि त आउनु पर्छ कमसे कम त्यसले । त्यस्को कसैको नभएको ब्यापार र बिजिनेसमै बित्यो जोबन । मै बूढीको कर्म एस्तो रहेछ अब कस्लाइ के भन्ने ।' आखिर म कोस्लाई पर्खी रहेकी छू? किन मर्न सक्दिन? यो धर्तीको बोझ अनि छोरा छोरीलाइ पीड़ा दिएर म किन जिउदै छू ? नर्स मलाई अब धेरै बाच्नु छैन। म संग अब सहन शक्ति छैन। त्यों ओखतीको सट्टा मलाई बीष पिलाई देऊ। म मेरो ह्रदयको देउता मेरो सुसोन संग जन चाहन्छु । मलाई कसैले अब नरोक .... बोली रहींन।

संगीता पहिला देखि उनको कच कच सुनेर पाको भै सकेकी थिइन। उनलाई रोजीको कुराले कत्ती पनि पिरोलेको थींएन किन की उनी त्यस्तै गनथन हरेक पटक सुन्ने गर्थिन । उनी आउथिन,आफ्नो ड्यूटी पूरा गर्थिन अनि जान्थिन त्यस दिन पनि त्यही गरींन। तर रोजीको शक्ति साच्चै सकेको थियो । उनलाइ त्यस दिन कुनै सुइको प्रभाव परेन कुनै ओखतीले काम गरेन । बोल्दा बोल्दा बोलीनै टक्क रोकियो । मुखको कुना बाट र्याल संगै ओखाती बहिर बगी रह्यो । एकै क्षण पश्चात उनको धडकनले पनि साथ छोड्यो । न त छोराले भेट्यो न त आफन्त ले नै ? न त सधै स्याहार गर्ने नर्स संगीताले नै । आमाको मुख हेर्ने दिन आज एक छोराले आमाको कैयो बर्ष देखि हेर्न नपाएको मुहार अब झन कहिले हेर्न नपाइने भयो । बस् म मुक दर्शक भएर नजिकैको शैयामा लड़ी रहे ।

No comments: