फेरी आयो एउटा नया बर्स सधै सधै झै
नया उमंग नया जोश नया बिहानी संगै
नया पालुवा साथै नया बिचार लिएर
बिगतमा शुभपलहरु खोसिये पनि
हामीले हिम्मत हार्नु भने पक्कै हुन्न
एक दिन खोसिएका ती शुभ दिन आउने छन पक्कै फर्केर
हिजो हामी पिल्सिएका थियौ तर
आशा गरौ आउने दिन शुभ हुनेछन
हाम्रा अधरका मेटियेका खुशीहरु आउने छन एक दिन फर्केर
जब कि पुराना बर्षहरु हामीसँग दुखित भएर बिलाए
अब अन्तरात्माबाट पुकारा गरौ
नया सालको शुभकामना संगै शुभ पल को पनि कामना गरौ
खुशी मनाऔ सधै सधै देश र जनता सबैको हितको लागी
प्रतिक्षारत बनौ आउने अरु नयाँ बर्षको
जून सधै शुभ शुभ रहनेछन सोचे भन्दा शुभ
त्यसैले आउनुस ---खुलेर स्वागत गरौ नया बर्षको
शैशवकाल लिएर आएको छ
एउटा नया बिहानी, एउटा फेरी नया बर्ष
यो बर्षलाई नयाँ इतिहास बनाउ
आशा गरौ यो बर्ष साचै नया बन्ने छ
बसंतको पलुवा झै हरियाली बनेर
हरेक नेपालीको मन मस्तिस्कमा छाउने छ
नकी नया नेपाल जस्तो
यो नया बर्ष साचै नया बन्नेछ
यो नया बर्ष सचिकैको नया बर्ष भएर जानेछ
2 comments:
सकारात्मक भावना!
मनु र यो ब्लगका सम्पूर्ण पाठकहरुमा नववर्षको हार्दिक मंगमलमय शुभकामना!
मिठो कामना सहित कोरिएको कवितामा जस्तै होस् नयाँ बर्ष सबैको लागि ।
मनु जी र यो ब्लगको सफलताको कामना संगै नयाँ बर्षको शुभकामना!!
Post a Comment