Tuesday, June 15, 2010

राजनीति


प्रकाश झा को प्रोडक्सनमा निर्मित हिन्दी कथानक चलचित्र हो राजनीति। रणवीर कपूर, अर्जुन रामपाल, अजय देवगन, कटरीना कैफ, नाना पाटेकर, नसुरद्दीन शाह लगायतका नाम चलेका हस्तीहरुको प्रमुख भूमिकामाँ बाधिएको छ कथा । एउटा राजनैतिक पृष्ठ भूमिमा आधारित रहेको छ कथा। कथा भारतीय प्रजातंत्र , भारतीय चुनाब को बारेमा रहेको छ। यसमा कसरी पार्टीको नाममा एक दुई जाना राजनेताहरुले भित्र भित्र सडयंत्र गरेर सत्ता हत्ताउछ्न भन्ने तितो बस्ताबिकता पनि झाल्काउन खोजिएको छ तर राजनीति, माया प्रेम, मिलन बिछोड देखि झै झगड़ा सबै मसला पुगेको छ यसमा।

कथाको सुरुवात भास्कर सान्याल(नसुरद्दीन शाह) को आगमन बाट हुन्छ उनी आदर्षबादी बामपंथी बिचार धारका नया नेता हुन्छन । उनी समाजमा नयापन दिनको लागी र पिछड़ा बर्गाको हितको लागी अगाड़ी बढिरहेको हुन्छ यसैमा साथ दिन कामरेड भारती आई पुग्छिन जो रामनाथ रायाका रास्त्रबादी पार्टी को नेता (चौध बर्ष देखि प्रांत का मुख्य मंत्री) की छोरी हुन्छिन। उनि आदर्शबादी नेता प्रति आकर्षित भएर आफ्नो पिताको प्रतिद्वंदी दलका नेता भास्कार सान्यालको रातो झंडा बोकेर अगाड़ी आउन थालेकि हुन्छन।चुनाब को दौरान साथ गाठ ले उनिहरु बिच निकै गहिरो दोस्ती बढ़ी सकेको हुन्छ, आफ्नो पिताको सामानका उमेरका नेता संग अनैतिक सम्बन्धको कारण भारती गर्भवती हुन पुग्छिन तर यता भास्कर सान्याल भने यो अनैतिक कर्यबाट आफै निराश भै सबैकुरा त्यागेर बेपत्ता हुन्छन ।

भारतीको गर्भबाट जन्मेको बच्चा सूरज (अजय देवगन) उनकै पिताको चमचा ब्रिज गोपाल (नाना पाटेकर उनलाई भारतीले दाई मानेकी हुन्छिन ) ले लगेर खोलाको किनारामा फालिदिन्छ्न। यस पश्चात ब्रिजगोपाल ले नै सम्झाई बुझाई गरेर एक रास्त्रबादी पार्टीका उदाउरो नेता चन्द्र प्रताप संग बिबाह गरी दिन्छ्न । चन्द्र प्रताप रास्त्रबादी पार्टीका सरकार प्रमुख भानु प्रतापका भाइ हुन्छन। चन्द्र प्रताप र भारतीबट जन्मेका छोराहरु हुन्छन पृथ्वी प्रताप (अर्जुन रामपाल) र समर प्रताप (रणबीर कपूर ) ।
राजनीतिक परिबेस परिबर्तन हुदै जाने क्रममा छोराहरु पनि हुर्कदै जान्छ्न। एता पृथ्वी प्रताप बुवा र ठुलो बुवालाइ राजनीतिमा सहयोग गरिरहेका हुन्छन त समर अमेरिकामा अध्यनरत हुन्छन। उता भारतीको प्रथम पुत्र सूरज भने गाउमा उनीहरुकै नोकरको छोराको रुपमा पलीबढी रहेका हुन्छन । त्यों कुरा न त आमा भारतीलाइ थाहा हुन्छ न त सूरज लाइ नै। उनी गाउका गरीब निमुखा का नेता बनी सकेका हुन्छन भने एक कुशल कबड्डी बाज पनि ।
समर आफ्नो ठूला बा भानु प्रतापको जन्मदिन मनाउन अमेरिका बाट फर्केका हुन्छन यतिकैमा इन्दु (कटरीना) को आगमन हुन्छ । उनी चंचली चुलबुली र राजनीति प्रति पनि कही चासो रखने हुन्छिन । उनी समरको सानै देखिको साथी aहुन्छिन । अझ उनी समरलाइ आफ्नो प्रेमी कै रुपमा राखेकी हुन्छिन। समरको भने अमेरिकैमा एक अमेरिकन केटी सराहा संग माया बसेको हुन्छ तर इन्दु र उनको घर परिवार भने एस बट बेखबर हुन्छन । भानु प्रताप अचानक बिरामी परे पछि भानु प्रताप को छोरो बिरेन्द्र प्रताप (मनोज बाजपेई ) र पृथ्वी प्रताप बिच निकै कुर्सी को ताना तान हुन्छ । यसमा चन्द्र प्रताप लाइ मुख्य मंत्री बनाउने होड़ मा पृथ्वी रा चन्द्र लागी परेका हुन्छन । उता बिरेन्द्र लाइ यो कुरा मंजूर हुदैन। यही समयमा सूरज पनि आफ्नो गाऊ ठाऊ बाट पार्टीको टिकट माग्न पार्टी कार्यालय आई पुगेको हुन्छ । यता बिरेन्द्र प्रताप पार्टी माहोलमा एक्लिरहेको बखत सोझो र इमान्दार लक्का जवान साथ भेट्दा यही मौक़ा हो भन्ने बुझेर सूरजलाइ साथ लिन्छ्न ।



समर अमेरिका जानू अगाबै एक साझ आफ्नो मन को कुरा खोल्न सझ्को खाना संगे खाने ब्याबस्ता गरेकी हुन्छिन तर समर आफ्नै दुनियामा ब्यस्त हुन्छ त्यसबाट उनीहरु बिचको मित्रतामा कही फाटो आएको हुन्छ । समर फेरी पुन अमेरिका फर्कने तयारीमा हुन्छन । बिरेन्द्र प्रताप मुख्या मंत्री बनना को लागी उपाया रची रहेको हुन्छ तर यता चन्द्र प्रताप को जगजगी को अगाड़ी उसको केही लाग्दैन । त्याही मौक़ा खोजीरहेकै बेला चन्द्र आफ्ना छोरा समरलाई पुराउन जाने निधो गर्छन । यो कुरा सूरज ले थाहा पाए पछि बिमंस्थल बाट घर फर्कने क्रममा बाटो मै समाप्त गरि दिन्छ्न। यो थाहा पाए पश्चात समर फेरी घर फर्केर आउछं र बदला लिन सुरु गर्छन । सूरज र बिरेन्द्र प्रताप ले सके सम्म समयको सदुपयोग गरेका हुन्छन तेहि मौक़ामा पृथ्वी प्रतापलाइ पुलिस कुटेको आरोपमा पक्राऊ गराउछं बिभिन्न मुद्दामा अल्झई जेल मै राखन चाहन्छन यो कुरा थाहा पाए पछि समर ले चाल खेल्छं र सबै उलटा पुल्टा परी दिन्छ्न तर हरेक सँग राजनीतिक मामलामा अगाडी बढ़न अर्थ को निकै ठुलो भूमिका रहेको हुन्छ । यहाँ समर र उनको परिवारमा पनि त्यही कुरा दोहोरिन्छ तर फेरी पनि राजनीतिक चाल मा छल मारेर समरले आफ्नो झुटो माया को नाटक देखाई उसको बुवा संग हात माग्न पठाउछन तर इन्दुका बुवा फेरी अजब कै छन। उनले जो मुख्य मंत्री हुनेहो उसलाई मात्र छोरी दिने सर्त राखे पछि अझ समर लाइ सजिलो हुन्छ। यता आफ्नो दाई पृथ्वी र इन्दुको बिबाह गरी दिन्छ्न ।
एतिकैमा उनकी आफ्नी प्रेमिका सराह घर आई पुग्छं अमेरिकाबाट । यस पश्चात भने समरको नाटक इन्दुले थाहा पाउछीन। समर को स्वार्थी पन देखेर इन्दु निकै चिंतित हुन्छिन । सराह पनि कुरेनी नै भये पनि सहयोगी खालको देखौना खोजेका छन यहाँ समर आफु जस्तो सुकै भये पनि सराहलाइ साचो माया गरेका हुन्छन उनी हरुको संबध बाट संतान कोख मा आइसकेका हुन्छन तर सरह ले केही समर को बारेमा साचो कुरा थाहा पाए पछि झगड़ा हुन्छ पुन समझौता मा आए पश्चात सराह अमेरिका फर्कन लग्छिं एतिन्जेल्मा इन्दु ले पनि पृथ्वी लाइ अन्गली सकेका हुन्छिन तर सूरज र बिरेन्द्र प्रतापको चालबाट कार बम ब्लास्ट हुदा पृथ्वी र सराह को ज्यान एक छाक हुन पुग्छ ।

त्यस पश्चात् पुन कथा ले अर्को मोड़ लिन्छ । अत्ति भए पछि ब्रिजगोपाल सूरजको आमा बुवा संग पुग्छंन र धम्की दिन थाले पछि मात्र सूरजको असली पहिचान खुल्न पुग्छ । यो सबै कुरा भारतीलाइ बताऊँन ब्रिजगोपाल समय लगाउदैनन । यस पछि सूरजलाइ भेट्न तुरुन्तै पुग्छिन भारती । सबै ब्रितान्त सुनाइ सके पश्चात घर आउन आग्रह गर्छिंन सुरजलाइ तर इमानदार र निश्छल स्वभाबका सूरज उनी संग घर जान मान्दैनन । कथामा इन्दु मुख्य मंत्री पनि हुन्छिन यो सबै कुरा नभन्दा नै जाती होला । सबै कुरा येही लेखे पछि फिल्म हेर्नुको मजा नि आउदैन ।

चलचित्र समग्र मा ठीकै मात्र बनेको छ। भन्न त प्रकाश झाले यो राजनीति चलचित्र बनाऊंन र पात्रहरु छान्नमा ६ बर्ष खर्च गरेका छन भन्थे तर पनि तेस्तो बिधि कुनै नया सन्देश र नया नौलो पना थपिएको छैन । अरुको भूमिका राम्रै भए पनि कटरीनामा नेत्रीको जस्तो तिखारिएको आवाज पाइदैन। मेरो अनुभवमा उनलाई देख्नमा इन्दिरा गाँधी झै देखीए तापनि यो रोल अली सुहाएन।

2 comments:

Yumesh Pulami said...

फिलिम समग्रमा भन्नु पर्दा ठिक ठिकै भएको मान्नु पर्छ मनु जी तर अलिकति यसको समाप्ति तिर यसले दिन खोजेको भावमा अलिक सकारात्मक अनि रचनात्मकताको खड्को रहेको देखिन्छ ! राजनीति एउटा अराजक तत्व मात्र नभएर आम नागरिकको जीवनशैली समुन्नत बनाउने अश्त्र हो भनेर प्रस्ट्याउन यो फिलिम असक्षम रहेको निक्योल गरे !!

अनि अजय लाइ महाभाराको कर्ण जस्तो तुलना गरे जस्तो पनि लाग्यो !
यसमा रण वीर कपुरको भूमिका अलिक राम्रो रहेको छ - यिनी नया कलाकार भए पनि ! तर अजब प्रेम कि गजब कहानी मा जस्तो चाही अलिक लागेन !

mgrgeen said...

हजुर हजुर उमेश जि म नि हजुर सँग सहमत है । सबैले राजनीति राजनीति भन्थे र हेरेको हल्ला चलेको जस्तो खासै राम्रो चाहि लागेन। मैले छुटाएका धेरै कुरा थपिदिनु भएकोमा धन्यवाद