रातको १२ बजेको हुदो हो, कानमा एकतमासको आवाज आएर ठोकिन्छ । अनी म यसो आवाज नियाल्छु, पल्लो घरको इभा (नाइगेरियन केटी) रहिछे । उसको हरेक रात मध्यरातमा घरमा आएर रडाको मच्चाउने बानी परेको छ। हाम्रो फ्लाट जोड़ीएको हुनाले सानो सानो आवाज पनि सवै थाहा पाइन्छ । म उसको त्यो कोलाहल कम गर्न झ्याल साथै भेन्टलेसन लगाउछु । रातको खै कतिन्जेल सम्म रडाको मच्चियो कुन्नि, आँखा पोलर…… बल्ल बल्ल निदाएकी थिए, बिहान ९ बजे तीर मात्र एकैचोटी निंद्रा खुलेछ । उठने बित्तिकै मुख सुख धोएर बहिर निस्केकी थिए याना (इभाकी आमा ) लुगा सुकाउदै रहिछन ।
मलाई देख्ने बित्तिकै मुस्कुराई अनी भनी "गूड्मोर्निंग" मैले नि भने गुड मोर्निंग । एकछिन बाहिर घाममा बस्न भनी निस्केकी थिए, उसले लुगा सुकाको देखेर मेरो पनि वाशिंग मेसिनमा कुहिनै आटेको लुगाको सम्झना आयो। दौड़डै भित्र छिरेर बाल्टी भरी लुगा निकालेर सुकाउन थाले । याना अझै उसकै सुरमा लुगा सुकाउदै थीइ । मैले कुरा कोटाए "कती धेरै लुगा धोएको एकाबिहानै?" उस्ले हास्दै भनी "हैन कती दिन पछाड़ी हिजो सबै फोहोर लुगा हालेकी थिए, अब कत्ती दिन भ्याउदीन। छोरीहरुको केही भरोसा छैन" । बातबातमा कुरा निस्क्यो मैले सोधे साची अचेल तिमीहरुको घरमा के भएको छ ? जहिले पनि राती झगड़ा हुन्छ । कत्ती रात भो तिमी आमा छोरीको किन झगड़ा पर्छ? "हेरन नानी अचेलभरी मेरी इभालाई के भएको हो कुन्नी सधैं रक्सी र ड्रग खाएर आउँछ । अनी झगडा गर्न निहु खोज्छ, मैले केही बोल्नै हुँदैन केही बोलोकी त झगडा गर्न तमसन्छ, त्यति मात्र भए त हो नै अझ पुलिश बोलाउने धम्की दिन्छ । म'त दिक्क भैइसके नानी उसको सधैंभरिको यो बानीले मलाई'त पागल बनाइ सक्यो।" कस्तो अचम्म हाम्रो देशमा आमा बावु सँग छोराछोरी र शिक्षक संग बिद्यार्थी डराउनु पर्छ यो देशमा उल्टो छोराछोरी सँग आमा बावु र बिद्यार्थी सँग शिक्षक डराउनु पर्ने । यानाको दुखेसा एका-एक म'मा आएर पोखिन्छन. उनको नाकको छेउमा रगतको सानो टाटो देखिन्थ्यो, निधारमा पनि निकै ठुलो सुन्निएको खत थियो। हात हालाहाल पनि भयो? मैले सोधे । " आ नानि हातहालाहालको कुरै नगर! यस्तो त नियमित दैनिकी बनेको छ हाम्रो।"
म पनि कति न ठुलो मान्छे पल्टेर सम्झाइ टोपले "याना जवानीमा यस्तै हो, आवेशको कुनै आँखा र सोच्न सक्ने बुद्दी हुँदैन, तपाईंले भूलेर पनि आवेशमा आएर त्यस्तो कुनै गल्ती कदम उठाउँनु हुँदैन सकै सम्म सम्झाउनु राम्रो हो उसलाइ, जवानी एउटा आँधिवेरीको समय हो । त्यो आँधिवेरी सँगै कत्ती मिठा-नमिठा आवेगहरु मिसिएर आउँछन । हामीले तिनिहरुलाई पहिचान गर्न सक्नु पर्छ । आमा भएको नाताले अझ उसको समस्या के हो बुझ्ने कोशिस गर्नु भए राम्रो हुन्छ। हुन सक्छ यो वेला उ सँग कुनै समस्यहरु होलान ती समस्यालाइ पहिचान गरी पन्साएर उस्को मन जित्न सक्नु पर्छ । याना धैर्यता राख्नुस एक दिन सवै ठीक हुन्छ । भरै भोली जब उसको मुड ठीक हुन्छ एक पटक राम्ररी सम्झाउनुस शायद बुझ्छ होला। तपाईंहरुको यो रातदिनको घर झगडाले अन्य छर छिमेकमा पनि नराम्रो असर पर्न सक्छ । मानी लिनुस झँगडा तपाईंको घरको हो तर नराम्रो कुराको असर सबैलाई पर्छ । मैले यानालाई यिनै कुराले सम्झाए, याना मौन रहीन । "याना छोरा-छोरीलाइ समयमा सही बाटो देखाउन सकेंन भने जीवन अभिसाप बन्न सक्छ" अन्तमा थप्दै थिए ।
भित्र कोठामा मेरो फोन बजिरहेको सुने, म दौड़दै फोनमा पुगे साबीको रहेछ । हेलो, आज कहाबाट फोन गर्न सकेउ कान्छी? एकै चोटी जिस्काए मैले । "हेरन फोन गर्दा नि नहुने, नगर्दा नि नहुने " साबी निकै रिसाई । मैले उसलाइ फकाउन नरम भै कुरा घुमाइ हाले । लौ लौ गल्ती भो हजूर माफ़ पाउ । ल भन के कती काम ले फ़ोन गरेउ? काम नभई फ़ोन घुमाउने फुर्सद त कहा छ र तिमीलाइ, होइन भने होइन भन? "तिम्रो आज के काम छ, कहा जान्छौ भनेर मात्र ।" सुस्ताउदै बोली । मलाई संका लाग्यो पक्कै त्यतिको लागी भने उसले फ़ोन गरेकी होइन उसले, मलाई हत्त पत्त फोन गर्दै गर्दिन गरी हाले पनि अति जरुरी काम परे मात्र। म आज घरै बस्छु काम छैन भने आउन यतै गफ सफ गरौला मैले थपे । "हैन म….. म……!" के म म गरि राखेको नि? अनी के त? कहा जान्छौ? की के ही कुरा छ भने भन? उसको टप अप भएकोले उसको मोवाइलमा खासै पैसा हुन्न त्येसैले फेरी थपे ब्यालेंस छैन भने राख न त म गर्छु (मेरो रेन्टल भएकोले म सँग ६०० मिनेट फ्री हुन्छ, त्यसैले प्राय मै टपअप हुने साथी भाई लाइ फ़ोन गर्ने गर्छु )। साबी फेरी बोली "ए हैन हौ एकछिन भेटेरै गफ गर्नु मन थियो, म त कोठा नि सर्दै छू, एउटा सल्लाह माग्नु थियो तिमी संग" । इशा नि त ? मैले बिचैमा सोधे । "उ त अस्ति नै कोठा सरी सक्यो "। म अलमलमा परे अस्तिको हप्ता फोन गर्दा सम्म त्यस्तो केही कुरा भएको थिएंन अचानक फेरी…… । (इशा साबीको रुमपाटनर, उनी पनि एक आफ्नै दाईको साथी संग नकली बिबाह गरि बेलायत हुइकीएकी थिइन, बस्ताबिक नभई झुटो बिबाहले सगै कती दिन बस्नु? पछि साबी आए पश्चात ती दुइजना मिलेर पटनी तीर एउटा कोठामा बस्न सुरु गरेको ६ महिना हुनै लागेको थियो) उसले थपी "म अहिले एक्लै छु, अब म नि ………" उ त्यतिकैमा रोकीइ "पहिला भेटौ न" पुन: थपी । उसो भए कहा भेट्ने त? भनन म आउछु नि त मैले थपे। "खै म राजु भेट्न सेफरवुस जादैछु अब, तिमी पनि त्यतै आउन त ल" । हुन्छ, मैले फोन राखे तर उसको बोलीमा पहिलाको जस्तो उमंग थिएन।
सोच्न थाले के भएछ केटीलाई? यु के ले निकै बिद्यार्थीलाइ रुवाएको छ। यसको सिकारमा पहिला देखि नै साबी पिरोलिएकी थीइ । अब फेरी के समस्या आएछ? भेटेरै गफ गर्न मन लाग्नु, अनी फेरी म बाट सुझावको अपेक्षा राख्नु !! मेरो मनमा निकै कुराहरुको तछाड मछाड पहाड चुलिन थाले । म'मा मानौ सोचाईको बाडी'नै आयो मेरो मन केही खोजेको जस्तै तरङग बोकेर बसेको ठाउँबाट जुरुक्क उठे, र झ्यालबाट बाहिर आँखा दौडाए, टाढा-टाढा सम्म सडकमा मान्छेको ताती लागेको थियो । शायद अफिस जाने बेला भएकोले होला । अनी म'पनी हतार-हतार गरेर तयार पर्न थाले । म खाना खाएर कपडा फेरेर बस स्टप छेउँ पुगे । बस आउन अझै सात मिनेट बाकी रहेछ, त्यातिकैमा एकपटक राजुलाइ फोन घुमाए । साबी मेरो कलेजको साथी भए पनि राजु मेरो छिमेकी हो। निकै दिन देखि उसको फेसबुकमा स्टाटस अलग अलग आइ रहेको थियो । अघिल्लो हप्ता फ़ोनमा बोल्दा निकै हतास लागेको थियो उसको कुराहरु । साबी र राजु एक अर्कालाइ उतैबाट भेटेको भने होइन, इमेल र च्याटमा मात्र भेटघाट । त्यो पनि तिनीहरु बिच काका र बैनीको चिनजानबाट यु के आएर नै भेट भएको थियो । तर साबी पनि आउदा आफ्नो मान्छेलाइ मनाऊंन नसकेर हिनेकी थीइ। उता राजुको पनि आफ्नी भनाउदीले छोडेर अमेरिका हानिए पछि मन बहलाऊंन भिसा प्रयास गरेर आएका थीए। बेलायत पसेयता दुवैमा आर्थिक समस्या तथा घरबाट टाढा रहेर एक्लोपनको महसुसमा आफ्ना मनका गन्थन मन्थन साटासाट पश्चात यी दुईको सम्बन्ध पहिला भन्दा अझ गाढा भएको थियो ।
साबी पनि आर्थिक समस्यामा पिरोलिएर बसेको निकै दिन भएको थियो । अस्ति देखि निकै साथीहरुले भिसा परिबर्तन गरेको कुरा सुनाउदै थीइ । भन्दै थी "राधा, इरा, सन्तोष, युगल, रबिन सबले यहा आइकन बिहा गरेछन् हेर, केटीहरु जत्ती कोई पुराना बिद्यार्थी, कोही यहीका रातोपास पोर्ट भएको, कोही कोही पुराना मामाहरु संग अनि केटाहरु भने धमाधम भांजीहरु उडाएर बस्न थालेछंन । हेर न अब परदेसको ठाऊ जसरी नि जीबन निर्बाह त गर्ने पर्यो । घरबाट धमाधम फोन आउन थालेको छ, अव त केही काम खोज केही पैसा पठा…… आफ्नो भने यहा एस्तो बिजोक छ । मैले सुनेकी थिए बिद्यार्थी बिद्यार्थी पनि बिहा गरेमा एकजना डिपेंडेंट बन्न पाइन्छ रे है? तिमीलाई केही थाहा छ? अति भो अब त म पनि बिचार गर्दै छू"। मनमा कुरा खेल्न थाल्यो कतै … …यसो उसो कुरा बुझ्दा उनीहरुको सम्बन्धमा केही परिबर्तन आउन आटेको महसूस गरे मैले ।
निकै बेर जस्तो लागेको थियो बस अएन, झलक्क याद आयो मेरो ओस्टर कार्डमा पैसा सकेको थियो । मेरो बिद्यार्थी ओस्टर हराएर हैरान भोगी रहेको बेला समय समयमा पैसा थपी रहनुको अर्को पीड़ा भोगी रहेथे। हतार हतार ट्यूब स्टेशन छिरे, झोलाबाट चान्चुन झिकेर टप अप गरे। बस पनि आयो म सोहिमा चढेर हिडे। सबै खूसि र प्रसन्न मुद्रामा देखिन्थे। मैले भने आज जिउँभारी भएको महसुस गरिरहेकी थिएँ। शायद हिजो राती निन्द्रा नपुगेर होला, हुनत मनमा साबीकै कुरा पनि खेली रहेको थियो ।
अर्काको देशमा बिचाराहरुको आफन्त पनि कोही छैन । आफै केही सहयोग गरु भने पनि आफै उस्तै छु। मन भरी तरह तरहका कुराहरुले तरेली खेल्दै म एक्लै बसमा उभियेकी छु, आधा बाटो पुगे पछि एउटा सिट खाली भो म त्यही गएर टुसुक्क बसे। सेफर्बुस पुगेर एसो हेरे कोही देखिन । साबीलाइ फोन घुमाए, बाटो मै आउदै रहिछे । म नजीकैको चौरीमा बसे । बसन्तको सुरुवाती दिनहरु सबै रुख बिरुवाले पालुवा हालेर त्यसै हरियाली । अझ झार पात पतिंगर सबै फुलेर रंगी बिरंगी वातावरण । कुइरेका छोरा छोरीहरु एत्तिकै रमाएर खेलिरहेका थिए। मेरा मन भने अझै पनि टोलाएकै थियो, रात भर निंद्रा नपुगेर एक त आँखाहरु पनि लोलाएकै थियो । नजिकैको म्याकडोनलमा एक हुल हाम्रै साथीहरु रहेछन् म एक्लै बसेको देखेर खानेकुरा पकापोकी बोकेर नजिकै आए । मलाई भने आज केही खाउँखाउँ जस्तो लागेको थिएन मेरो मानसपटलमा तिनै कुराहरु खेलिरहेका थिए।
एकैछीन पछी साबी पनि आई पुगि । फोन कानमा राख्दै मलाइ इशारा गरेर बोलाइ एतै आऊ । म मेरा हुल साथीहरुलाइ त्यही छोड़ी मेरो साथी आयो म गए भनी उठेर हिडे। त्यहा साबी फोनमा ब्यस्त देखेर केहीबेर चुपचाप वेटगरे । अनी उनको फोन कलका कुरा सकिएपछी हाम्रा गफ सुरु गर्यौ । उनलाइ पहिले गरि राखेको कामबाट पनि निकाली दिएछंन । अर्को ठाऊमा पनि एक दुई दिन काम लगाएर पैसा नदी कर्मचारी धेर भो अब तिम्रो नि काम छैन भनेर लगारेछंन । ओर्हालो लागेको मृगलाइ गाइको बाछोले पनि लाखेट्छ भन्थे त्यस्तै संगै बसी राखेको साथी इशाले पनि फुल टाइम काम पाए पछि छोडेर अर्कै ठाऊ सरेछ ।
"अर्को महत्वपुर्णकुरा म अब कोठा सर्दै छु" भन्दै थाली । आखिरी मैले जे संका गरेकी थिए त्यही हुन पुग्यो । दुई जना अब संगै बस्ने निधो गरि सकेका रहेछन् साथीहरुले। पहिलेको कोठा छोडेर संगै भक्सल छेउ सर्न लागेका रहेछन। उसको गन्थन मंथन पोखि सकेर मैले ठीक गरे की गरिन भन न भन्दै थीइ, मैले के सुझाव दिनु? एक त मायाको कुरा! अर्को समस्यामा परेको जोड़ी ! दुई संगै बसेर समस्या समाधान गर्ने हो भने ठीकै छ। म के भन्नु र? मैले सहमति जनाए । एकछिन पश्चात राजु पनि आई पुग्यो । उनिहरुको सल्लाह बमोजिम उनिहरु नया घरको लागी सर्सामान तथा अन्य केही लत्ता कपड़ा किनमेल गर्न वेस्ट फिल्ड शापिंग मलमा जाने रहेछ । भन्दै थीइ "अब संगै किनमेल गरेर घर जाऊ" मेरो त्यहा बसी रहन खासै उचित ठानिंन ।
घरमा जानु पर्योप एउटा जरुरी काम छ, भनेर त्यहाबाट बाहिरिए। बाध्यता, विवसता र रहर यी तीन ओटा अलग अलग तत्व भए पनि कहिले काही कस्तो अचम्म तरिकाले एकै ठाउमा गाझिदो रहेछ। पढ्न भनि घरबाट यति टाढा आएका साबि र राजुको भाग्य ठोकिएको देखेर म आफै अचम्मित भए । बस भरि मनमा त्यहिँ कुरा खेलाएर आइ पुगे । तर जब म घरमा पुगे धेरै मान्छेको घूईचो थियो, म आत्तिदै सबै मान्छेलाई घच्चेट्दै जब त्यहा पुगे, मैले सोच्न सकिन यो समयको मुर्खता इभाको लास भूईमा ढली रहेको थियो । लासको छेउमा बसेर याना रोई रहेकी थीइन । छेउँमा अन्य उनका साथीहरु बिलौंना गरी-गरी रुदै थिए । तर ईभालाइ कसैको अनयबिनय रुवाईको कुनै वास्ता थिएन उ आफ्नै सँसारमा लिप्त थीइन । पुलिसहरु आफ्ना काम गर्दै थिए । सबै रमिता हेर्नेहरु आ-आफ्नो तर्कबितर्कका कुरा गरिरहेका थिएँ। अनी केहीबेरको अन्तराल्पछी लासलाई एम्बुलेन्शमा राखेर पुलिसहरुले लगे, अनी केहीबेरमा आँखाको रमिता सबै सवै सपना झै मेरा नजरवाट ओझेल हुदै गए । मानौ लन्डन आइको मुनि बसेर पैसा माग्नका लागी जादुगरले जादू देखाए जतिकै जाँदु देखाएर गए । म निसब्द हेर्या हेरै भए !!!
(नोट: यो कथा नेपालिपत्रमा अगाबै प्रकाशत भै सकेको छ)

No comments:
Post a Comment