Monday, June 28, 2010

गर्मिको एक दिन




एका तिर समय आफ्नै तालमा दौडी रहेको थियो। समर अझ जुनको महिना लण्डनको तापक्रम दिन दुइ गुणा रात चौगुणाको दरले बृद्दि भै रहेको थियो । अर्का तिर वर्ल्डकपको ज्वरोले विश्वभरिको मानिसमा अधिकतम तापक्रम बढाएको थियो । अझ त्यहि समय अफ्रीकाको तातो हावापानीमा इङलैण्ड र जर्मनीको फुटबल महासँग्राम चलिरहेको थियो । लण्डनमा भने मानिसहरु गर्मी छल्न कोही वारमा छिरी रहेका थिए कोही भने पार्कमा सितल हावा र सितल छहारीको सहारा लिएरै भए पनि आफ्ना
आफ्ना हात हातमा रहेको मोवाइलमा फुटबलको
स्कोर हेर्दै थिए ।




हामी इङलैण्ड निवासी नभए पनि नुनको सोझो सपोर्ट इङलैण्डकै पक्षमा रहेको थियो यहि कारण पनि हाम्रा साथीहरु पनि बेला बेला आफ्ना साथीभाइका फेसवुकका भित्ताको स्टाटस हेरेर कहिले अन्य साथीहरुलाइ फोन गरेरै भए पनि ताजा ताजा जानकारी हासील गर्दै थिए । गोराका सन्तानहरु आफ्नो मातृभुमीको जितको बेताल पर्खाइमा थिए । तर समयले सधै सधै कहा एकैनाश साथ दिइ रहन्छ र? यो पटक धेरैले रुनी, जेरार्ड, लाम्पार्ड, जोनटेरी लगाएतका हस्तीहरुवाट केही आशा गरेका थिए तर सपना सपनै रह्यो । हिजो पल्ट यहाको सरकारी समाचार पत्र मेट्रोले जर्मनीलाइ इङलैण्डले ५-१ ले पराजित गरेको ठुलो ठुलो बिज्ञापन छापिएको थियो सँयोग पनि कस्तो नराम्रो झन्डै इङलैण्डको टोली ले नै त्यतिको हार बेहोर्नु परेको थियो। केही खेलाडीको कमजोर प्रदर्शनका कारण खेलमा ति दर्शक र सपोर्टरको सपना चकनाचुर बनाइएको थियो । हुन त भाग्य र समयले पनि उतिकै साथ दिन पर्छ क्यारे भै सकेको गोल पनि नदिए पछि खेलाडीहरुको मनोवल घटेको पनि हो भन्न सकिन्छ । हुन त खेलाडीहरु पनि अलि पैसाकै लागी खेलेको जस्तै देखिएको थियो । यो पटकको ३ वटै खेलमा पहिला क्लवको खेलहरुमा जतिको कुनै पनि खेलाडीले जादु देखाउन सकेका थिएनन् । क्लबको खेलमा जस्तो सुकै गोल पनि छिराउन सक्ने यि मिलियन पाउन्डका पोकाहरु नमिठो हार बेहोरेर लाखौ दर्शकका गाली खाएर फर्कन बाध्य भएका छन ।
आफ्नो समाज आफ्नो देश भने पछि जहा पनि र जस्लाइ पनि प्यारो हुदो रहेछ । हामी पनि एक सामाजिक प्राणी भएकाले आफ्नो मातृभुमी बाट टाढा रहदा आफ्नो समाजका मानिसहरु साथै मातृभाषीहरुको समुहको खोजीमा थियौ । त्यही मौकामा हामी विदेशिएका नेपालीहरु प्रदेशमै रहेर पनि आफ्नो देश र आफ्नो समाजका मानिसहरुको भेला गराउने साथै धार्मिक प्रवचन दिने उदेश्यले नै भए पनि लण्डन फेमिली सेन्टर चर्चले एसीयन मानिसहरुको जमघट गराउने एक
कार्यक्रमको आयोजना गरीएको रहेछ ।

म एक हिन्दु र बौद्ध धर्म र सँस्कृति (पृथ्वी नारायण शाहको नेपाल एकिकरण पश्चात नेपालमा एक धर्म हिन्दु एक भाषा नेपाली भनि लादिएको नियम अनुसार हामी सवै हिन्दु धर्मी र पछि समयान्तरमा प्रकृति पुजक मगरहरु हिन्दु हैन भनि रहदा विगत एक दशक देखी नेपाल मगर सँघ केन्द्रिय समितिले फेरी मगरहरु बुद्धका सन्तान बौद्ध धर्म नै सम्पुर्ण मगरहरुको धर्म हो भनि रहेको कारण म पहिला हिन्दु र पछि बौद्ध धर्म) अँगाल्ने परिवारमा जन्मेर बौद्ध धर्म हाम्रो हो रे भन्ने कुरा लाइ पछ्याइ रहेकी अन्जान यात्री जीवनमा पहिलो पटक चर्चको द्वार प्रवेश गर्दै थिए । म खासमा त्यहा मेरो एक हितैशी मित्रको निमन्त्रणा स्विकार गर्न उपस्थित हुदै थिए ।

म लगाएत अन्य पनि केही साथीहरु थियौ त्यहा जो प्रभुको बारेमा अन्जान थियौ । हामी सवै उनैको निमन्त्रणामा त्यहा पुगेका थियौ । उनिहरुले त्यहा एक आफ्नो देशको प्रतिनिधित्व गर्दै आफ्नो कला प्रदर्शन गराउने कार्यक्रम पनि रहेछ । कार्यक्रममा नेपाल र नेपाली समाजलाइ पहिचान दिलाउने विश्वको सर्वोच्च शिखर सगरमाथा वौद्धनाथ स्वयम्भुनाथ पशुपति देखि बिभिन्न भाषा भाषी र जातजाति लाइ समेट्न उनिहरुको साँस्कर्तिक पक्ष
झल्काउने केही फोटो सहितको भिडियो क्लिप्स देखाइएको थियो ।

यतिमात्र नभै प्रभु एशुकै नामको भए पनि नेपाली भाषामा एक भजन नेपाली टोलीले प्रस्तुत गरिएको थियो यहि टोलीको एक सदस्यले हामीलाइ त्यहा सम्म पुर्याएको थियो । हुनत यसरी नै भारत पाकिस्तान श्रीलँका थाइलैण्ड जस्ता मुलुकहरुको पनि छोटो परिचय सहितको भिडियो क्लिप्स र आफ्नो देशको सँस्कृति झल्काउने नाचहरु प्रस्तुत गरीएको थियो । धेरै समय पश्चात आफ्नो देशको मानिसहरु सँगको यो ठुलो भिडमा भेटघाटले केही आत्मियता थपिएको थियो । अर्काको भुमीमा आफन्तहरुको खोजी सार्है गार्हो चिज हो यसरी एक आपसमा भेटघाट गराइदिने माध्यम बनि दिएको मा मेरी प्यारी मित्र सँगीता लगाएत उनको टोलीलाइ धेरै धेरै धन्यवाद साथै सम्पुर्ण क्रिश्चियन बन्धुहरुलाइ जय मासी। फोटो उपलब्ध गराउने मित्रहरु वाङचुक शेर्पा र दिपेश राइ दुवैजनालाइ पनि
धन्यवाद ।।

2 comments:

Basant Giri said...

Ramro sanga nai bite6 Manu jee ko din

Bed Nath Pulami said...

हो ! अहिलेको गर्मीयाम को तापक्रम संगै ओल्डकप को तापमान पनि पक्कै पढेको छ ....अनि त्यो ५/१ अनुपात त जेहोस अपोजिट संयोग नै परेछ भन्दा पनि हुन्छ !

अनि विदेशमा नेपाली साथि संगीहरूसंगको अन्तरंग निकै रमाइलो संग विताउन पाउनु पनि निकै सौभाग्य को कुरा हो जस्तो लाग्छ ! हो त्यो समयमा आफ्नोपनको निकै अनुभूति हुन्छ, है ! अनि सबै दुख विर्सिएर खुसी महशुस गर्न सकिन्छ !