कैलाश दिदीको ब्लगमा हिजो मात्र पढेकी थिए अल्छे व्लगरको बारेमा म पनि त्यही अल्छे मध्यकी एक भएकी ले निकै रमाइलो लाग्यो लेख । "अल्छे ब्गरको कुरा ब्लग पोष्टको दुरी अन्तराल एकदमै लामो हुनु नै उसको प्रमुख पहिचान हो" ले मलाइ नै ब्यँग्य गरे झै पनि लाग्यो हुन त मान्छेको पापी मन है खाली राम्रो भन्दा बढी नराम्रो सङ्का गर्दै बस्यो तर दिदीको यो लेख साचै घत लाग्यो । हुन त मेरो ब्लग लेख्ने कुरामा महिनौ अगाडी पनि अन्नपुर्ण पोष्टका दाइले उनको ब्लगिङ गर्ने कार्य नियमित आकस्मिकता हो भन्नु भएको थियो कुरा ठिकै हो । तै पनि दिदीको लेखमा भएका अल्छे व्गरको १० वटा गुणमा १० वटै म सँग मिल्न गएको ले पनि घत लागेको हुन सक्छ । साच्चै यो ब्लग लेख्ने बेलामा अल्छि गर्दै बसे पछि कहिले काही यस्तो गजवको लेख पनि बन्दो रहेछ । जे होस दिदीको लेखाइमा धेरै दम छ ।
मेरो ब्लग पनि धेरै दिन देखी नया अपडेटको पर्खाइमा बसेको थियो । यसो झलक्क दिदीको पोष्ट पढि हेरे, मलाइ पनि एउटा जुक्ति फुर्यो हुन त यो नया र साह्रै उपयोगी त हैन तर पनि दिदीकै भाषामा झारो टार्ने मेलो चाही पक्कै बन्न सक्छ भन्ने लागेको छ । कुरा system तथा यसलाइ प्रणाली कै कुरा भनम क्यारे । कि के भन्ने हो मलाइ पनि ठ्याक्कै आएन लेख्ने बेलामा । केही महिनाको वसाइले System मा रहेर काम गर्ने भनौ न नियम कानुन नमिची सवैले पालना गर्ने हो भने जे पनि सम्भव हुने रहेछ भन्ने लागेको छ । यहा हेर्छु सवै कुरा नियम अनुसार परिचालन भएका छन् । यहा सम्म कि एउटा बटुवाले अर्को बटुवालाइ बाटो दिने कुरामा । हुन त बिकशित देशका कुरा लिएर आफ्नो देशमा पनि यस्तै भै दिए कस्तो हुन्थ्यो होला भनेर दिवा सपना देख्नु खासै राम्रो लक्षण त हैन तर पनि आफुले देखे भोगेका कुराहरु आफ्नै घर आँगनमा भै दिए कति जाती भन्ने लोभी मन हुदो रहेछ ।
कुरा वस वा रेल यात्राकै हो । नेपालका मानिस सँग प्राय बाहिर निस्कदा कहिले नछुट्ने वस्तु भनेको मोवाइल,पैसाको पर्स र रुमाल हो क्यारे तर यो ठाउको प्राय जसो मानिस सँग पकेटमा एउटा अर्को कुरा बढी हुन्छ त्यो हो Oyster card(हुन त यो Oyster system लण्डन बाहिर भने प्रयोगमा छैन)। यो एउटा यात्रामा निस्कनुको लागी अनिवार्य बस्तु पनि हो यहाको लागी । सर्वसाधारणको लागी Oyster एउटा सजिलो र सस्तो माध्यम हो । लन्डनका वसहरुमा यात्रा गर्न एक पटक एउटा बसमा चढ्दा २ पाउण्ड लाग्छ यसको समयावधि ४५ मिनेट हुन्छ यदि त्यो समय भन्दा बाहिर परेमा फेरी अर्को २ पाउण्ड तिर्न पर्ने हुन्छ। तर हामीले Oyster प्रयोग गरेका छौ भने धेरै सस्तो पर्न जान्छ । एक पटक एउटा वस यात्राको लागी १.२० (१ पाउण्ड २० पेन्स) लाग्छ रातिको १२ बजे देखी फेरी मध्यरात सम्ममा ३ वा त्यो भन्दा बढी वस चढेमा ३.९०ले यात्रा गर्न सकिन्छ । तर बिधार्थी कार्ड भने हप्ताभरको लागी जुनसुकै र जति सुकै वस चढे पनि ११.६० ले पर्याप्त हुन्छ । तर यो सेवा रेल तथा ट्युवमा भने महँगो छ । यो जोन अनुसार पैसा काटिन्छ । जोन न १ मध्यलन्डन मा यो अधिकतम महँगो छ भने अन्य २,३,४,५,६ जस्ता अलि वाहिरी तिर केही सस्तो छ । तर जोन न ५ वा ६ बाट जोन न १ मा पुग्नु छ भने पनि महँगो पर्न जान्छ । यसको लागी पिक आवरमा एक टचमा करीव ६ पाउण्ड सम्म काट्न सक्छ । यो लन्डन भरीका जुन सुकै अन्डर ग्राउण्डका रेलहरु तथा जुनसुकै वसमा पनि चलाउन सकिन्छ । यो सेवा विगत ४ महिना देखी बाहिरी रेल सेवामा पनि लागु गरिएर अझ सजिलो बनाइएको छ ।
यो एउटा सजिलो माध्यम किन छ भने पैसा सकिए पश्चात टपअप(नेपालमा हामी रिचार्ज भन्ने गर्छौ)गरे पछि पैसा नसकिन्जेल सम्म बस तथा रेलमा पैसा तिरी रहने झन्जटबाट मुक्ति पाइन्छ । यहा सिस्टम भन्ने कुरा कहा नेर आउछ त भन्दा हामी लण्डनको एक कुनाबाट यसलाइ छुवाएर रेल चढेका हुन्छौ भित्र भित्रै कतिवटा रेलहरु फेरेर अर्को कुन दिशामा पुगेर निश्कदा फेरी छुवाउदा कार्डको पैसा काटिसकेको हुन्छ । हामी यस मेसिनलाइ झुक्काउन सक्दैनौ पनि किन भने यदि पैसा नपुग्ने अवस्था छ भने हामीलाइ ढोका नै खोली दिदैन ।
यो माथी देखिएका चिन्हहरु ट्युव चड्नको लागी हो । तर बसमा भने केही सजिलो छ । किन भने पैसा नै सकिए पनि भिडभाड छ भने हतार हतार छुवाएर बस्न पाइन्छ । किन भने प्राय जसो बसमा यो छुवाउने ठाउ भित्र छिरेर ड्राइभरको नजिक रहेको हुन्छ । तर यो पनि ड्राइभर अनुसार भर पर्छ कसै कसैले पैसा सकिए पनि बस्न दिन्छन भने कसै कसैले पैसा सकिएको वा समयावधि सकिएको कार्ड छुवाएमा भित्र पस्न दिइदैन । तर दुइ भन्दा बढी ढोका भएको बसमा भने बिच बिचमा पनि राखिएको हुन्छ । यस्तो वसमा धेरै जसो मानिसले कार्ड नै नछुवाइ फ्री मै पनि यात्रा गरि रहेका हुन्छन ।
तर यस्तो वसहरुमा विचबिचमा छड्के जाचकीहरु बसेका हुन्छन यिनीहरुले थाहा पाएमा २५ पाउण्ड सम्म जरिवाना तिर्नु पर्ने हुन्छ ।
यो Oyster card हामीले नजिकका ट्युव स्टेसन (अन्डर ग्राउण्ड रेल स्टेसन) मा पनि टपअप गर्न सक्छौ अथवा नजिकैका अफलाइसेन्स पसलमा पनि गर्न सक्छौ । यो देशमा टेक्नोलोजी भने हरेक ठाउमा पुगेकै छ । नत्र सहरको एउटा कुनामा टपअप गरेको कुरा यसको मुख्य अफिसमा जानकारी सेकेन्ड भर मै भै सकेको हुन्छ । यो कार्ड पनि विभिन्न थरीका हुन्छन । १८ वर्ष मुनिका विधार्थीहरुको लागी Zip लेखिएको हुन्छ यो फ्री हुन्छ । यसको लागी टपअपको जरुरत पर्दैन। हामी जस्ता १८ नाघेका विधार्थीको लागी भने बसमा ३३% छुट दिइएको हुन्छ तर यो छुट ट्युव तथा रेलमा काम लाग्दैन। बाकी रह्यो फ्रि पास यो भने असक्त र यहाका ६० बर्ष नाघेका नागरीकहरुको लागी हो यो भने सवै ठाउमा चलाउन सकिन्छ ।
यो एउटा प्लास्टिक्सले बनेको सामान्य कार्ड भित्र मसिनो चिप राखीइएको हुन्छ । यो हराए वा चोरी भएमा यसको सम्वन्धित कार्यालयमा जानकारी गराए अरुले चलाउन नसकिने पनि बनाइन्छ । जस्तै बिधार्थीकार्ड हराएमा यसको कार्यलयमा फोन गरी जानकारी दिएमा उनीहरुले त्यो कार्ड नँ क्यानसिल गरेर नया वनाइ ३ तथा ४ वर्किङ डेजमा पठाइ दिन्छन ।
यसरी यहाका मानिसहरुले समय अनुसार विज्ञान र प्रविधिका कुराहरु वाट धेरै नै सुविधा उपभोग गरि रहेका छन । नत यसमा हरेक पटक बस चढ्दा पैसा तिरेर वस्नु पर्ने झन्जट भो नत एक दुइ रुपैया पैसामा खलासी सँग नै बाझी वस्नु पर्ने टेन्सन । नढाटी भन्नु पर्दा म पनि काठमाण्डौमा हुदा खेरी कहिले काही खलासी सँग एक रुपैया पैसामा झगडा गर्दै हिड्ने मान्छे नै हु। यात्रा गर्नै पर्ने कहिले काही चानचुन पैसा हुन्न थियो खलासी भाइले एक रुपैया पैसा नपुग्दा ले ले गरेर मुखै छाड्थे नभए पछि के दिने? कहिले काही विधार्थी कार्डमा नै पनि झगडा गर्नु पर्ने हुन्थ्यो । अझ मैले देखेको कुरा नेपालमा अहिले हजारौ मानिसले झुठा बिधार्थी कार्ड बनाएर प्रयोगमा ल्याइएका छन यदी यस्तो ब्यवस्था हाम्रो देशमै लागु गर्न सकेको भए कति जाती हुन्थो होला । हुन त यो प्रकृया नेपालमा सुरु भयो भने सयौ मसिना खलासी भाइहरुको रोजगारी छिनिन सक्छ तर तिनले कति नै कमाइ गर्लान र दिनभर त्यो पैसा उठाएर? बरु सकिन्छ भने तिनलाइ पनि कतै कुनै सिप सिकाउने ब्यवस्था भए कस्तो हुन्थो होला ? हुन त तिनकै मात्र के कुरा लाखौ डिग्री होल्डरहरुले त रोजगार नपाइ राखेको बेलामा अरुको के कुरा गर्ने भन्छौ तर एक तरिकाले सोच्ने हो भने जो पढेलेखेकाहरुले अलि ठुलै भाग खोजेर सानो तिनो काम गर्न खोज्दैनौ ति अलि थोरै कमाइ आम्दानी हुने खालको केहि सिप मुलक तालिमहरु सरकारले उपलब्ध गराए कस्तो
हुन्थ्यो होला? यस्तो भए कस्तो हुन्थो उस्तो भए कस्तो हुन्थ्यो यो मनको लड्डु मन मै रहने भो । कहिले काही कल्पनाको सँसारमा डुवुल्की मारी हेर्दा मनमा यि नै तरङ्गहरु तैरीएर अगाडी आउछन। तै पनि मनमा एउटा झिनो आशा अझै निभेको छैन सँसारका विज्ञान र प्रबिधीका कुरा सुनेर देखेर हाम्रो नेपालका युवा नेताहरुमा पनि एक न एक दिन चेतना आउने छ । मैले कल्पना गरेको सवै कुरा एक एक पुरा भएर जाने छ ।
1 comment:
Fantastic articles.
Post a Comment