Monday, July 12, 2010

जिन्दगी

समस्यै समस्याले पिरोलिइ
भित्र भित्र जलेर खरानी भो जिन्दगी
आधा गन्तब्य मै प्लास्टिक्सको थोत्रो चप्पल झै
फ्याट्ट च्यातिएर जाने नै भो जिन्दगी
माया माया भन्दा भन्दा
यसैको रापमा सेकीएर खरानि भो जिन्दगी
हिउद बर्षा जाडो र गर्मी
घाम पानीको तापमा सेकीएर खग्रास भो जिन्दगी
भोलिका सुन्दर दिनको कल्पना गर्दा
पुरै एक जिवन वित्ने भो निराशामा बसेर आफ्नै बन्दगी

फोटो सौजन्य नेपाल जर्मन डटकम बाट

2 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

आज मनु जी किन यति निराश !
"समस्यै समस्याले पिरोलिइ
भित्र भित्र जलेर खरानी भो जिन्दगी
आधा गन्तब्य मै प्लास्टिक्सको थोत्रो चप्पल झै
फ्याट्ट च्यातिएर जाने नै भो जिन्दगी"

-------------\
All is well.........do u know - b positive & do positive ?

Amrit Rupak said...

मनु जि अली अली हरिभक्त कटुवाल दाइको यद पनि आयो तपाईंको कबिता बाट, प्रयास राम्रो छ