
पर्यटकीय तथा व्यापारीक दृष्टिकोणले एक प्रशिद्दि कमाएको ठाउ हो काठमाण्डौको ठमेल, बिदेशी पर्यटक(कुइरे)हरुको लागी बिशेष टार्गेट गरीएको ठाउ भएकोले यहा पाइने समानहरु निकै महँगा हुन्छन् यस्तै ठाउ लण्डनमा पनि रहेको छ । लण्डनमा रहने प्राय मानिसहरुको लागी यो नाम (क्याम्डेन टाउन) नौलो होइन । अझ गोथिक लभर साथै पश्चिमा शैली (पँक स्टाइल) मन पराउनेहरुको लागी अत्यन्तै उपयुक्त ठाउ मानिदो रहेछ। सस्तो सस्तो हेर्दा राम्रै जस्तो देखिने समानहरु भएकोले होला वजार निकै भिडभाड नै हुदो रहेछ । यहा थोरै समय भित्र नै सादा टि सर्टहरुमा आफुलाइ मन परेको कुराहरु प्रिन्ट गर्न पनि पाइने रहेछ ।

मसिनो गल्ली भिडभाड चिरेर हेर्दा दुरुस्तै ठमेल जस्तो लाग्ने यस ठाउको अर्को पनि विशेषता रहेको छ धेरै नेपालीहरुको पसल पाइनु । गल्ली गल्लिमा बुट्टेदार तन्नाहरु टागेको देख्दा तथा कपडाहरु बाटो भरी झुण्डाइएको देख्दा लाग्छ म ठमेलकै कुनै गल्लीमा डुली रहेछु । यहा मसिनो गल्ली भित्र सानो सानो कोठामा कपडा पसल देखी हरेक प्रकारको पसलहरु छन । अधिकाँश नेपालीहरुको पसल रहेकाले नेपाली ग्राहकहरु पनि निकै नै आउदो रहेछ । वसन्तपुरको नाइट मार्केट झै लाग्ने मसिनो टहरा भित्र कैयौ नेपाली दाजुभाइ तथा दिदीबहिनीले पनि बिभिन्न प्रकारका पसल खोलेका रहेछन । आफु पनि नेपाली भएको नाताले सरसमान किन्न आउने ग्राहकहरुलाइ पनि ठमेलकै जस्तो व्यवहार गरिदो रहेछ ।

लण्डन आइकन सरसमान किनमेल गर्ने बेलामा मोल तोल (बार्गेनीङ) नगरेको हुनाले यहा पुग्दा एकछिन त अनौठो नै लाग्यो । यहा हरेक समानको भाउ ब्यक्तिअनुसार फरक पर्ने रहेछ । जस्तै हामी नेपाली भएकोले हाम्रो लागी छुट्टै भाउ र बिदेशीहरुको लागी छुट्टै भाउ हुने रहेछ । हामी नेपाली भएकोले नेपालीहरुको पसलमा केही सरसमान किन्ने हो भने तपाइ नेपाली हुनुहुदो रहेछ तपाइहरुको लागी भने यति तर अरुको लागी त यतिमा आउदैन भनिदो रहेछ । सायद नेपाली नै भएकोले हो वा साच्चै सामान पनि सस्तै पाइने हो मलाइ अन्य ठाउको भन्दा यहाको मुल्य भने निकै सस्तो लाग्यो । खानेकुराहरु देखि जुता चपल वा लत्ता कपडा सबै यहा अन्य मलमा भन्दा निकै सस्तो रहेको छ । हुन त अन्य मलमा मलको भाडा नै महँगो तिर्न पर्ने हुनाले हो वा अन्य कारण पनि छन त्यो त थाहा भएन तर अचाकल्लि महँगोले पागल हुन लागेको वेलामा यहा पुग्दा भने शान्तीको स्वास फेरे मैले पनि एक छिन।

अझ यहा पुग्दा रमाइलो लागेको अर्को कुरा त प्राय यहाका नेपाली पसलेहरु स्टुडेन्ट भिजा (बिधार्थी प्रवेशाज्ञा) लिएर आएकाहरु मानिसहरु रहेछन । उनिहरुले गरेको प्रगती देखेर निकै खुसी लाग्यो किन भने कति पय नेपाली विधार्थीहरु आएको एक वर्ष भै सक्दा पनि अझै सम्म काम नपाएर भौतारीएर हिडिरहेको बेला उनिहरुले त आफुले व्यापार गरेरै उनीहरुका साथीभाइ तथा आफन्तहरुलाई पनि रोजगारको अवसर दिन सफल छन । व्यापार ब्यवासाय राम्रै चल्दो रहेछ एक जना पसले दाईले भन्दै थिए "अरुको खटाइमा घण्टा हिसावले पैसा कमाएर त खै कसरी वाच्नु यो ठाउमा" भनाइको आसयबाट हामी के सजिलै बुझ्न सक्छौ भने उनीहरुको व्यापार नाफामा नै चल्दो रहेछ । घुमघामको क्रममा विधार्थी भिजामा तथा डिपेन्डेन्ट भिजामा वेलायत छिरेका केही मानिसहरु सँग पनि भेट भएको थियो । यहि सिलसिलामा उनिहरुसँग केही रमाइलो कुराकानी भयो आफ्नो देशको भनि सके पछि आफ्नै प्रकारको आत्मियता जहा पनि हुन्छ नै । भर्खर वेलायत छिरेका केही डिपेन्डेन्टहरु पनि भेट भएको थियो । प्रसँग वस कुराकानी निस्क्यो र मैले भनि हाले तपाइहरु त निकै भाग्यमानी हुनुहुदो रहेछ आउने हप्ता मै काम पाइ हाल्नु भएछ हास्दै जवाफ दिए पसले मेरो गाउले दाई हुन नी त । अर्काले पनि त्यसै भन्दै थिए पसले दाइ मेरो साथीको दाई हुन नि त । यसो कुरोको चुरो बुझ्दा केही आपत्तीमा परेका आफन्तहरुलाई पनि सहयोग गरेर मानविय धर्म नै गरेका रहेछन यि पसलवाला दाइहरुले त।

हुन त पहिला देखी नै सुन्दै आएको कुरो हो कि नेपालबाट वेलायत छिरेका ब्यक्तीहरुले यदि सकिन्छ भने घर किन्नु भन्दा ब्यापार ब्यावसाय गर्नु उचित हुन्छ । यसो बुझ्दा वास्तविक कुरो रहेछ यो । यो ठाउमा घर किन्नु तथा गाडी चढ्न महँगा महँगा मोवाइल तथा ल्यापटप किन्नु कुनै ठुलो कुरो होइन । अलि अलि पैसा जम्मा गर्न सक्नु र सानो जागीर हुनु हो भने यहा घर सजिलै किन्न सकिन्छ किन भने मोर्गेजमा घरहरु टन्नै पाइन्छन । साथै गाडिको लाइसेन्स निकाल्नु सक्यो भने दुइ सय पाउण्ड देखि माथी पुराना काम चलाउन मिल्ने गाडिहरु प्रसस्तै किन्न पाइन्छन । अथवा नया नै लिने हो भने पनि इन्सटलमेन्टमा थरिथरिका गाडीहरु प्रसस्तै पाइन्छन । मोवाइल तथा ल्यापटपको त झन कुरै छाडौ । महिनागत रुपमा १० पाउण्ड देखी माथी (मोवाइल सेट तथा सुविधा हेरी हेरी)थरि थरिका मोवाइल छानेर लिन पाइन्छन । जे सुकै होस सानो तिनो व्यवसाय गरे पनि अरुको भुमीमा पनि आफनै शैलीले बाच्नु अत्यन्तै राम्रो हो ।

अन्य दिन पनि निकै चहल पहल हुने यो ठाउमा विशेषत शनिवार र आइतवार अत्ती नै भिड हुने गर्दछ । मैले केही आफुलाई राम्रो लाग्ने ठाउको तस्विर लिएकी छु आउनुहोस तपाइहरु पनि एक नजर लगाउनुहोस ।











क्याम्डेन टाउनका नेपालीहरुका पसलहरु










3 comments:
'लण्डनको ठमेल' यात्रा पढ्दा निकै रमाइलो लाग्यो । पोस्टमा नेपालीहरूको पनि केही पसलहरू रहेको उल्लेख गर्नु भएको रहेछ नेपाली दाजुभाइका पसलका केही फोटोहरू पनि राख्नु भएको भए अझै रमाइलो हुन्थ्यो नि :)
दिलिप दाई माफ गर्नु होला । त्यति खेर याद नै भएन पछि केही अन्यत्र तिर फोटोहरु खिचेर घर आए पछि मात्र यो लेख लेख्न फुर्यो । साच्चै त्यो पसलहरु पनि राख्न पाएको भए त राम्रै हुन्थ्यो होला । खिच्नै बिर्सेछु तर केही दिन पछि फेरी जान्छु होला सम्झेर केही पसलहरुको फोटो लिएर आउने छु अनि यसै पोष्ट मार्फत यहाहरु सामु राख्ने छु ।
लौ मनु जी मैले नी -दोहामा बसेर ठमेल झैँ लाग्ने क्यामडेन टाउन डुल्नुको मज्जा लिए है !
......
दिलिप दाइले भन्नु भए जस्तै ...लौ हेरौन त नेपालीहरूको पसलहरू पनि !
Post a Comment