Friday, November 26, 2010

ग्लोबल दुनियाले दिएका केही झट्काहरु

ग्लोबल दुनियामा असम्भव पनि सम्भव हुन्छ रे कति पय हामीलाई गाह्रो लाग्ने वस्तुहरु पनि सामान्य ढँगबाट समाधान गर्नमा आजको ग्लोबल दुनियाले धेरै सहयोग गरेको छ । सँसार भरका करोडौ करोडौ मानिसलाई व्यापार ब्यवसाय गर्न होस वा घर परिवार साथीभाइ सँग गफगाफ गर्न या समय वितउन नै । इमेल इन्टरनेट बिना त अब मानिसहरु बाच्नै नसक्ने अवस्था आइ सक्यो अझ भनौ यो पनि मानव जिवनको लागी एक आधारभुत आवश्यकता झै भै रहेको छ । यसरी सोचेर हेर्दा लाग्छ सँसार परिवर्तीत भै रहेको छ हुनु पर्छ यसले ल्याइएका हरेक परिवर्तनले मानव जीवनलाई सधै सहयोग र फाइदा मात्र गर्छ । तर हरेक कुराको फाइदा मात्र त कहा हुन्छ र? फाइदा सँग सँगै कैयौ बेफाइदा पनि लुकेर बसिरहेका हुन्छन। हरेक कुराको दुई वटा पक्षहरु हुन्छन । हेर्दा सानो र सामान्य लाग्ने केही कुराले पनि कतिपय अवस्थामा हाम्रो जीवनलाई गाह्रो बनाइ दिन सक्छ ।


सन्दर्भ इमेल इन्टरनेटकै कुरा । धेरै पहिले देखी प्राय इन्टरनेट प्रयोग कर्ताहरुले भोग्दै आइरहेका कुरा नै हुन् फरक समयमा फरक ब्यक्तित्वमा आइलाग्ने फरक तर उही समस्याले म पनि पिडित भइ रहेकी छु । सबैले भोगी रहेकै र सुनेकै भएता पनि आज फेरी उही कुरा आफ्नै शैलीमा गर्न मन लाग्यो । विगत देखी विभिन्न साइबर क्राइम फेसवुक काण्ड प्रचारमा आउदा आउदा गत महिना मात्र यही इमेल कै काण्डमा पत्रकार मैना धिताल र विकास थापा सँञ्चार जगतमा सर्वोच्च शिखर चुम्नु पर्यो । मैले हिजो मात्र माइसँसारमा "होसियार, यसरी लुटिनु होला है !" पढेकी थिए । कमेन्टहरु हेर्दा आफ्ना पनि कतिपय सन्दर्भहरु मिल्न गयो । याहुमेल तथा जी मेलमा आइ रहेका समस्याहरुबाट एक दुइ जना राम्रो सम्बन्धमा रहेका मानिसहरुबाट पनि भागेकी छु ।
करिव दुइ बर्ष जति अघिको कुरो होला मेरो एक चिनजानको मान्छेबाट यस्तो मेल आयो कि जसले गर्दा आज सम्म म त्यो मानिसबाट टाढा भागी रहेकी छु । त्यति धेरै नजिकको नभए पनि फोनमा कुरा कानी हुने तथा सन्चो बिसन्चोको खवरहरु सोध्नलाई इमेलको प्रयोग हामीमा हु्न्थ्यो । तर अचानक उ बेलायत कुनै काम बिशेषले आएको र सबै सम्पुर्ण पैसा तथा ब्याग हराएको तथा एक दम अलपत्र परेको ले २ हजार पाउण्डको सहयोग माग (अपिल) सहित मेल पाउदा म आफै छक्क परे । सो मेल मैले मेरो नजिकको दिदी (साथी)लाई पनि देखाए। सुझावको अपेक्षा सहित उक्त मेरो ब्यक्तिगत मेल देखाए बापत उमेरले सानै भए पनि ब्यवहारले पक्का साथीको सुझाव मान्नु नै ठिक लाग्यो । करिव चालिस नाघेका सँचार क्षेत्रमा निकै नाम कहलिएका मेरो एक अभिभावक सरहका मानिसले त्यसरी अचानक मलाई दुइलाख भन्दा बढी रकम सहयोग मागेको देखेर आफै असमञ्जमा परे। पापी मन न हो हरेक नानाभातीका कुराहरु सोचेर उक्त दिन देखी त्यस ब्यक्तिको फोन पनि उठाइन । अन्य मेलको जवाफ पनि फर्काइन न त आज सम्म म कहाँ छु भन्ने जानकारी नै दिएकी छु । बल्ल हिजो माइ सँसारको लेख पढे पछि मात्र मेरो सँकालु नजर मेरा आदरणिय अभिवावक गुरुबाट दुर भयो कि उहाले नभै कुनै कम्प्युटरमा दक्ष ब्यक्तिको बद्ममासी रहेछ भन्ने छर्लङ्ग भो ।

त्यस पछिका दिनहरुमा पनि विभिन्न ठाउहरुबाट चिठ्ठा जितेको क्लेम गर्न आउने अनुरोधमा धेरै वटा मेलहरु प्राप्त भयो । तिनीहरुलाई त फेक नै हुन भनि इग्नोर गर्दै रहे । इमेलका कुरा छोडौ फेस बुक तिर लागौ । फेसबुक अहिलेको भुरा भुरी देखी लिएर कम्प्युटर खोल्न सम्म जान्नेहरु सबैको साथी बनेको सामाजिक सञ्जाल हो । यसले पनि कैयौ मानिसहरुको ज्यान धरापमा पारेकै छ। हरेक पटक हामी समाचारहरु सुनीरहेका हुन्छौ की फेसबुकका कारणले फलाना ठाउमा यस्तो भयो उस्तो घटना घट्यो । म माथी त्यस्तो ठुलो घटनै त घट्या हैन तर पनि हेर्दा सामान्य लाग्ने तर आफ्नो व्यक्तिगत जीवनमा दखल अन्दाज पर्ने घटना घटि रहन्छन । बिगतमा पनि एक पटक मेरै फेस धारण गरि नक्कली नाममा एकाउन्ट खोली साथीभाइहरुको वालमा जे पायो त्यही पोष्ट गर्ने तथा बिभिन्न बदमासी कमेन्टहरु राखिने कार्य भयो तर त्यो कालो कृत्य कसले गरे किन गरे भन्ने कुरा अहिले सम्म गर्भ भित्रै छ । जे भए पनि त्यो कार्य एक आत्मा नभएका मानिसले गरे र केही मेलहरुबाट चेतावनि दिने वित्तिकै बन्द गरे । तर यस्तो यस्तो कार्य फेस बुकमा आफै पनि हुने रहेछ भन्ने कुरा बल्ल आज मात्र थाहा पाउदैछु ।

करिव ६ महिना अगाडि होला मेरो एक जना छिमेकि दाईले उसको वालमा आएको एउटा भिडियो क्लिक गर्ने बित्तिकै करिव ५२ जनासाथीहरुको वालमा उक्त अश्लिल भिडियो पोष्ट भएको थियो । उक्त भाइरस कति पय साथीहरु कतिपय बैनिहरुको वालमा पनि परेकोले लाज तथा डरले दाईको पसिना नै निस्केको थियो । उहि प्रकृयाले आज मेरो वालमा पनि एउटा स्टाटस अपडेट भएछ ।
म आजको भरदिन बाहिर थिए । म प्राय मोवाइलबाट नेट नचलाउने हुनाले मैले फेसबुक खोल्ने चान्स त करिव जिरो नै भयो तर अचम्म आज करिव दिउसोको तिन बजे तिर मेरो फेसबुक वालमा स्टाटस चेन्ज भएछ । उक्त स्टाटस यस्तो थियो ।

Today is a delightful day. Money comes to me in expected and unexpected ways. http://tiny.cc/67ls6
9 hours ago via CQ7Y5S · Like · Comment

फेसबुकमा अनलाइन हुने साथीहरुले ५ जनाले like दाब्न भ्याएछन र ४ जनाले कमेन्ट गर्न पनि भ्याएछन् । साथीहरु न हुन जिस्केर कमेन्ट त गरि हाल्छन उक्त कमेन्टहरु यस्तो थियो । केही जिस्काइएर लेखिएका म्यासेजहरु इनबस्क भित्र पनि थिए ।
5 people like this.
Nawaraj Baskota: Lala Bahini ..... How are you there>
11 hours ago · Like
Anju Magar: lala D.........dherai nai ayoo vane yeta flow garne channel deu la ni.........lol
10 hours ago · Like
Renu Subba: Malai ni dinu la soltini yeso ali ali
9 hours ago via Facebook Mobile · Like
Kamal Koirala: hami lai pani samjhunu hola hai dhari bhaya ..ehhehe
9 hours ago via Facebook Mobile · Like

करिव म तीन घण्टा सम्म अनभिज्ञ थिए जब मैले फेसबुक खोले आफ्नो स्टाटसनै अर्कै छ । लौ यो त कमेन्ट गर्नु लाइक गर्नु स्वभाविक हुन कुनै अचम्मको कुरा भएन । सोचे कसैले मेरो पासवर्ड थाहा पाउनेले उक्त काम गरे होलान् । तर अचम्म के भने त्यही समयमा उहि तरिकाले मेरा २३ जना फेसबुक मित्रको वालमा पनि बिभिन्न कुराहरु पोष्ट हुन गएछ । जव म होम पेजमा गएर older post हेर्नको लागी मुनी मुनीको स्क्रोल दाब्दै हेर्दै गए उहि समयमा मेरै नामबाट सम्पुर्ण मेरा साथीहरुको वालमा के के लेखिएको देखेर निली काली भए । यसमा मेरा साथीहरुकोमा त छदै थियो अझ आदरणिय गुरुहरुको वालमा पनि अश्लिल झै लाग्ने शब्दहरु पोष्ट भएको देखेर चित खाए । म सँग रहेका साथीहरु प्राय सबै नै चिरपरिचितहरु मात्र भएको हुनाले मैले त्यस्तो पोष्ट उनिहरुको वालमा गरिएको देखेर मै बेहोस भए। कुनैमा थियो you lil talkactive, त कुनैमा थियो I'm on the way baby । यस्तै यस्तै अनेकौ वाहियात कुराहरु। हतारले सबैका वालमा गएर रिमुभ गर्न थाले करिव तिनवटा पोष्ट रिमुभ गरि सके पछि देखे एउटा ब्लक बटन त्यसमा क्लिक गर्ने बित्तिकै सबै साथीहरुको वालमा नदेखिने भयो । बल्ल शान्तिले स्वास फेरेँ ।
पछि यसो सोचि हेर्दा लाग्छ त्यो अन्य कसैले पासवर्ड चोरी गरेर खोलि पोष्ट गरिएको नभै सायद नजानिकन कुनै application लाई allow to post on my wall गरेकोले त्यो हुन गयो तर सायद मात्रमा छु म अहिले सम्म । किन भने यदि त्यस्तो कुनै एप्लिकेशनबाटै उक्तकुराहरु पोष्ट हुनु थियो भने त जति खेर क्लिक गर्यो उति नै खेर पोष्ट हुनु पर्ने। एकाउन्ट नै नखोलिएको बेला कसरी त्यस्तो भयो । तर फेरी ति सबै पोष्टको पिछाडी http://tiny.cc/67ls6 via CQ7Y5S भएको हुनाले यो कुनै भाइरसकै कारणले होला भन्ने सँका गरे मैले । यदि त्यो पासवर्ड चोरले नै गरेको हो भने पनि छानि छानि किन पोष्ट गर्नु ? जे होस नहुनु पर्ने भयो । त्यसैले साथीहरु तपाइहरु पनि होस गर्नुहोस कहिले काही अन्य साथीहरुले इन्भाइट गरिएको त्यस्ता बिभिन्न खाले application लाई क्लिक नगर्नुहोस।

2 comments:

वेदनाथ पुलामी said...

धन्यबाद मनु जी ! आफुले भोग्नु भएको समस्या -हामि समक्ष बाड्नु भएकोमा ! जसले हामीलाई पनि सचेत हुनु पर्ने आभास दिलाउनु भएको छ !
फेसबुकमा नर्मलली जुन पायो त्यहि एप्लिकेशन एसेप्ट गर्नु ठिक पनि होइन ! (आफुलाई थाहा नभएको )!

manu said...

bed ji kaile kai eso kam napaauda lai ho ni :D thank you for your time and comment