Sunday, December 12, 2010

रहेनन भि सि लक्षिमान गुरुङ पनि

सँसारमा जति नै बहादुर भएर जन्मे पनि जन्मे पछि मर्नु पर्ने प्रकृतिक नियमलाई कसैले पनि उल्लङघन गर्न सकिन्न । यस्तै दोश्रो विश्व युद्दमा बहादुरी देखाई भिक्टोरिया क्रस विजेता लक्षिमान गुरुङ ज्युले पनि मृत्युको अगाडी घुडा टेक्नु परेको छ आज। ९५ बर्षको उमेरमा बेलायती समय अनुसार आज दिउसो करिव १२ बजेर ४० मिनेट जादा (12 December 2010) लण्डन स्थित ह्यामरस्मिथमा रहेको च्यारिङक्रस अस्पतालमा उहाको निधन भएको छ (स्रोत कान्तिपुर दैनिक साथै नविन पोख्रेल कान्तिपुर सँवाद दाता) । भु पु गोरखा सैनिकमा सकृय रहेका ब्यक्तिहरुको बहादुरीलाई कदर गर्दै बेलायति सरकारले बसोबास गर्न पाइने सुविधा उपलब्ध गराए पछि विर लडाकु लक्षिमान गुरुङ सन् २००८ सेप्टेम्वर देखी बेलायत स्थित चिज्विक वार मेमोरियल हाउसमा श्रीमती नाति र नातिनीका साथ बस्दै आएका थिए (स्रोत कान्तिपुर दैनिक) ।

हेर्दा तेजिलो आखा देखिए पनि आखा देख्न सक्दैन थिए उनि (स्रोत: नरेश खपाङ्गी) । आफ्नो बीर कौशल देखाउदै गर्दा बर्मामा दोश्रो बिश्व युद्दकै क्रममा आफ्ना दाहिने हात पनि गुमाएका विर र कुशल लडाकुको सँज्ञा पाई सकेका लक्षिमान गुरुङको दाह सँस्कार भने नेपाल मै गरिने जानकारी पारिवारिक श्रोतले दिएको कुरा यु के बाट प्रकाशित नेपाली पत्रका सम्पादक नविन पोख्रेल र सह सम्पादक नरेश खपाङ्गी मगरले जनाएका छन् ।
इतिहासमा नेपालीहरु सँसारमा बहादुर हुन भनेर पहिचान दिलाउनमा भि सि गुरुङको महत्वपुर्ण हात रहेको छ । उहाहरुको कौशल र बहादुरीताले नै आज सम्म नेपाली अर्थात नेपालीको छोरोहरु बिश्वासिलो र भरपर्दो हुन्छन भनेर बृटिसहरुले पनि लिइरहेका छन । अझ सोझो भाषामा भन्नु पर्दा पश्चिमा मुलुकमा गोर्खाहरु बहादुर हुन्छन भनेर नेपालीहरुलाई चिनिएको कुरा नकार्न सक्दैनौ । तर मानव शरिर स्वास रहुन्जेल नै हो एक मुठि स्वास सकिए पछि केवल सबै मानिसको मानसपटलमा एउटा मात्र स्मरण तथा अस्पस्ट आकृति मात्र रहन्छ। जे सुकै भए पनि सँसारमा आए पछि जानु पर्ने प्राकृतिक नियमलाई कसैले पनि बद्ल्न सक्दैनौ त्यसैले उहाले पनि आज हामी सबैलाई छोडेर जानु भएको छ । जानु अघि सबै नेपाली र नेपालाई अद्वितिय योगदान दिएर जानु भएको छ । उहाको यो बहादुरी र योगदानलाई कदर गर्न हामी सबैले सक्नु पर्छ ।
त्यसैले उहाको बहादुरीलाई सधै सधै सलाम ।
उहाको मृत आत्माप्रति हार्दिक भाव पुर्ण श्रद्दान्जली ।

1 comment:

Basanta said...

स्व. गुरुङ्गमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्न चाहन्छु।