Saturday, March 13, 2010

आमा


रोजी अस्पताल भर्ना भएको पनि पैतीस दिन भै सकेछ । आफन्त तथा नर्स जे भने पनि दीन रात सेवारत संगीता छीन साथमा। उनको मुहारको झलक हेर्दा लाग्छ अव संगीता र उसको सेवा देखि पनि दिक्क लाग्न थालेको छ रोजीलाइ। घरी घरी बक्थिन उनी 'मलाई यो निलो लुगा देखि पनि वाक्क मात्र हैन घिन लाग्न थालेको छ । उठेर दौडौ भने पनि साहस छैन रत्ती भर आफूमा,कसैलाई भनु भने पनि यो संगी बाहेक कोही छैन, यसैलाइ भनु भने ज्यान गए लाने हैन यसले'। बाहिर चौरमा मसिना 8,10 बर्षका बाल भूराहरु दौडेको देखेर आफ्ना बिगत सम्झन पुक्थिन 'म पनि १२ वर्षको हुदा त्यै परको पार्कमा यसै गरी उफ्रंन्थे त्यो रातो टल्कने जामामा सेतो स्वेटर,पुतली पुतली भएको त्यों पिंक जुत्ता । भाई १० वर्षको हुदा आमाले ल्याइ दिनु भएको दुइजनाको उस्तै उस्तै झोला......... । त्यो वेला प्रत्यक शनिबार वुवाको छुट्टीको दिन ड्राइ पिकनिक जस्तो पार्कमा रमाइलो गर्न जानै पर्ने हाम्रो वालहठलाइ नकार्न नसकेर वावाले एक दिन बिरामीको वाहाना बनाइ सुत्नुहुदा आमा डरले रुनु भएथ्यो.........लामो सास फेर्दै बोल्थिन, उफ ....... अव त याद मात्र बाकी रह्यो केबल मधुरो छाया जस्तो याद ।