२०१२ अर्थात पृथ्वीको अन्त्य हुने दिन । तपाइहरुलाइ कस्तो लाग्छ के वास्तवमै पृथ्वीमा रहेका सम्पुर्णकुरा नास हुने नै हो त ? हुनत यस्तो अनिष्ट हुदैछ वा पृथ्वीमा भएङ्कर दुर्घटना घट्दैछ पृथ्वीमा पुछ्रेतारा खस्दैछ भन्ने जस्ता हावादारी कुरा नेपालमा पनि हरेक वर्षायाममा एक पटक चलिरहेकै हुन्छन । तापनि अहिले सम्म कहि कतै पुछ्रेतारा त खसेको थिएन तर अवको २०१२ सालमा भने पृथ्वी सकिने कुरा भने के हुने हो थाहा छैन । यस अघि नै २०१२ साल विश्व खतम हुने दिन भनेर केही बैज्ञानिकहरुले घोषणा नै गरी सकेका छन त यसको बारेमा अमेरीकामा चलचित्र पनि बनि सकेका छन् । यसमा पर्खिनु र हेर्नु मात्र बाकी छ कि यो कुरामा कतिको सत्यता छ ।
अव साच्चिकै सकिने हो भने त २०१२ साल आउनलाई १ वर्षमात्र बाकी छ । पापी मन नै हो कुनै कुरा भएको समाचार सुन्दा होस वा केही कुरा देख्दा पनि ए कतै यहि सुरुवाती सङ्केत त हैन भन्ने झै लाग्छ । हुन त कसैले यो भन्दा अगाडी यस्तो कुरा अड्कलबाजी नगरेको भए खासै मनमा पाप कुरा उठ्ने थिएन होला तै हुनु नै छ भने मनमा डरै पालेर केही हुने त हैन । कहिले काही लाग्छ पृथ्वी ध्वस्त हुन लाई समयले केहि सँकेत दिन थालेको थालेको त हैन? जस्तै हाम्रै देशको कुरा गरौ वि सँ २०५० ५१ देखी सुरु भएको दँगा २०६२ ६३को विशाल आन्दोलन सम्ममा लाखौ मानिसहरुको ज्यान गएर हजारौ भौतिक सँरचनाहरु ध्वस्त भएर केही मथ्थर भए तै पनि अहिले सम्म पनि जनताले चाहे जस्तो नत सँविधान नै बन्न सकेको छ नत गतिलो सरकार नै बनेर टिक्न सकेको छ । यो भन्दा बाहिर देशमा विगत केही दिन देखीको समाचारहरुले दैनिक फूकि रहेका छन् की हरेक प्रकारका आन्तरीक द्वन्दका कारण हजारौ मानिसहरुले ज्यान गुमाइ रहेका छन् । सयौ वर्ष देखी राज्यसत्ता चलाएर रहेका राजा तथा राष्ट्रपतिको बिरोधमा एक भएर जनता लागे अझ भनौ प्रजातन्त्रको खोजीमा लाखौ जनता सडकमा ओर्लिए कति धनजनको क्षति भए । थाइलैण्डमा सुरु भएको आन्तरीक दँगामा हजारौले विना उपलब्धी ज्यान गुमाए विद्रोही पक्षका नेतालाई नै मारी दिए पछि त्यहा साम्य भयो । यसै गरि अरव मुलुकमा इजिप्टबाट सुरुभएको उक्त आन्दोलन बहराइन नाइजेरीया हुदै लिविया सम्म आइ सकेको छ यसमा कति देशमा जनताको जीत भयो भने कतिले अझै सँघर्ष गरी रहेकै छन्।
यी माथीका त भए मानविय कारण ज्यान गुमाउन परेका । अव कुरा गरौ प्राकृतिक प्रकोपको कुरा गत महिना ब्राजीलमा पहिरोले हजारौ मानिसको विचल्लि बनायो । त्यस पछि अष्ट्रेलीयामा पानीले डुवाउ गरी कति घरवार विहिन भए त कतिले ज्यान नै गुमाउनु पर्यो हुदा हुदै आज फेरी न्युजल्याण्डमा भुइचालो गएर सयौ मानिसले ज्यान गुमाए त कतिले आफ्नो भौतिक सम्पती गुमाउनु परको छ । यसरी सबै कुरालाई सँगोलमा हालेर सोच्ने हो भने पक्कै केही न केही त हुन्छ होला भन्ने सँका जो कसैले पनि गर्न सकिन्छ । यि विभिन्न घटना दुर्घटनाका कारण हजारौ मानिसको ज्यान गएको कारण होला विदेशी टेलीभिजनहरुले पनि यसलाई ब्लडी सिचुएसनको सँज्ञा दिइ रहेका छन् ।
2 comments:
त्यही भएर मनुजी, तलको लिङ्कमा भएको गीत सुनिरहने गर्छु, हावादारी कुराको पछि लागेर के फाईदा हैन र?
http://www.youtube.com/watch?v=4PgUgA4dMvw
अर्पण, अष्ट्रेलिया
नव वर्ष २०६८ को उपलक्ष्यमा मनु जी यहाँको सु-स्वास्थ्य,दिर्घायु, शान्ति, समृद्री र विकास तथा प्रगतिको कामना गर्दछु !
अनि यस पटक त निकै समयको अन्तराल पछी मात्र ब्लगमा उदाउनु भयो नि !
Post a Comment