Wednesday, November 9, 2011

धनकुटाको सेरोफेरो र स्वास्थ्य चर्चा


यिनि हुन मोरङ कि ८ बर्षिया बिनिता दनुवार जो हाल सम्म बोल्न सकेकि थिइनन् धनकुटामा भै रहेको निशुल्क स्वास्थ्य शिविरमा शल्यक्रिया पश्चात बोल्न सुरु गरेकी छन् ।


पुर्वाञ्चलको सुन्दर नगरी धनकुटाको सदरमुकाम धनकुटा बजार विगत १५ दिन देखी निकै भिड भाड र घुइचो देखिन्थ्यो । न त यहाँ मेला लागेको थियो न त दशै तिहारको घुइचो नै यो त वृहत शल्यकृयाको घुइचो थियो तर अब त्यो भिड त्यो घुइचो आज देखी हट्दै छ। किन भने हिजो देखी उक्त घुइचो ल्याउने शिबिर समाप्त भएको छ । यहि मिति २०६८ कार्तिक १४ देखि २४ सम्म गरिव तथा असाहाय र पहुँच नभएकाहरुको लागि अलोहा मेडिकल मिसन हवाइ अमेरीकाको सहयोगमा धनकुटा अस्पतालमा सञ्चालन भै रहेको बृहत शल्यक्रिया स्वास्थ्य शिविरमा पुगनपुग १६०० धनकुटेलीले सुविधा लिएका छन् । १६०० जनाले स्वास्थ्य परिक्षण गरेर हेर्दा करिव १०५३ जनाले सेवा लिन पाउने भएका थिए त्यसमा पनि करिव १०९ जनाको मेजर शल्यक्रिया र करिव ३०० जनाको माइनर शल्यक्रिया सफलता पुर्वक सम्पन्न गरि मिसन सफल पारेका छन् ।

शिविरमा जाच गराउनको लागि करिव ३ महिना अगाडि नै नाम दर्ता गर्नु पर्ने भएकाले कतिपय जिल्लाका टाढाबाट आउनु पर्ने रोगीहरुले यसको बारेमा थाहा पाउन सकेन तर जतिले थाहा पाए उनिहरुले सेवा सुविधा लिएर गए । किन भने अझै पनि हाम्रो समाजमा रेडियो समाचार आदि सबैले सुन्न भ्याउदैनौ कतिपय अवस्थामा सुने पनि वास्ता गर्दैनौ । शिविर पहुँच नभएकाहरुको लागि भनिए तापनि सेवा पहुँच हुने हरुले नै लिने तितो यथार्थ समाजमा ब्याप्त छ र यो कार्यबाट अछुत यो कार्यक्रम पनि बन्न सकेन होला । किन भने जिल्ला सदरमुकामको अस्पतालमा भएको शिविर पक्कै पनि सदरमुकाम सम्मको पहुँच हुनेहरुनै त उपस्थित हुन्छन किन भने टाढा पहुँच भन्दा परकोले त नाम दर्ता गराउन नै पनि पहुँच पुगेन कि ? खैर............शिविर समाप्त भए सेवा सुबिधा धनकुटेली र वरिपरिका जिल्लाबासी जनताले नै लिए । शिविरमा कोठि, गाठा गुठि, खुडे, छालाको बिकार, दातको समस्या, हार्निया, पित थैलिको पथरी, लिङ्गमा छाला टासिएको , ब्रेन ट्युमर मुत्र नलि तथा थैलिमा हुने पथरी, पायल्स, गलगाड ,सम्पुर्ण स्त्री रोग, आगोले पोलेको साथै पिसाब जन्य रोगहरु आदिको अपरेसन भएको थियो । भने कतिपयको प्लास्टिक सर्जरी पनि गरिएको थियो ।

शिविरमा ब्रेन ट्युमरबाट पिडित बिरामी तथा जन्मै जिब्रोको तल्लो भाग दोब्रीएर बोल्न नसक्ने भएकाले करिव नौ बर्ष सम्म बोल्न नसक्ने नानी पनि बोल्न सक्ने हुदा उनिहरुको अभिभावक अत्यन्तै हर्षित देखिन्थे । हुन पनि किन नहुन उपचारको पैसा जम्मा गर्नु नसकेर के गर्ने भन्ने अन्यौलमा परेको बेला निशुल्क उपचार गराउनु पाउनु सौभाग्य कै कुरा हो ।

डा ब्राड्लि ओङ र डा बिकास गुप्ताको नेतृत्वमा रहेको ४० सदस्यिय चिकित्सक टोली ११ नोभेम्वर अथात आज समापन कार्यक्रममा सहभागी भइ फर्किदैछन् । टोलिलाइ हामी धनकुटा बासीको हार्दिक धन्यवाद । धनकुटा बासी र नजिकका छिमेकी जिल्लाबाट सेवा लिन पाउदा हामी धनकुटा बासी यो टोलिलाइ हार्दिक धन्यवाद नदिइ रहन सक्दैनौ । साथै शिविरको नेतृत्व गर्नुहुने दुवै डा‍ हरु पनि धन्यवादका पात्र हुनुहुन्छ उहाहरुको प्रयास बिना हामी धनकुटेलीले यो सेवा लिन सक्ने थिएनौ । बिना अनुमति फोटो ब्लगमा ताने फोटोको लागी धनकुटाका पत्रकार दाइ रमेश चन्द्र अधिकारीलाइ पनि धन्यवाद ।
फोटो साभार कान्तिपुर दैनिक

2 comments:

Basanta said...

पुण्यकर्मको बारेमा पढ्न पाऊँदा खुशी लाग्यो। बाँडेकोमा बहिनीलाई धन्यबाद!

Anonymous said...

Good news.... happy to read!