Monday, July 2, 2012

लुट



नेपाली चलचित्र भन्ने वित्तिकै नाक खुम्चाउने हामी नेपालीहरुको लागि अब भने केही थोरै भए पनि राहत मिल्ने प्रकारको नेपाली फिल्महरु बजारमा आउन थालेका छन्

नेपाली समाजमा हर्ुर्किदै गरेको बेरोजगारिपना आजका नेपाली युवाको आवश्यकता, चाहाना  जस्ता विषयहरुको अभावलाई बिश्लेषण गर्न खोजिएको भने ति अतृप्त चाहाना अभाबका कारण कस्तो सोच उत्पन्न गराउदै समाजका युवामा भन्ने कुरा राम्रै सँग चित्रण गरिएको अझ भन्नु पर्दा चलचित्र लुटमा मानिसलाई पैसाले कति सम्म गिराउछ भन्ने कुरालाई राम्रै सँग देखाएको


तिन वटा एम अर्थात मनि, मोटरसाइकल मोबाइल युवाहरुको ढुकढुककी हो यसको आवश्यकता परिपर्ूर्ती गर्न युवाहरु जे गर्न पनि पछि पर्दैनन् नेपालमा लामो समय द्वन्दको कारण पनि सानातिना हातहतियार युवाहरुले फेला पार्न कुनै ठुलो कुरो होइन अब नागों त्रि्रा बदन देखाएर नचाउदा मात्र चलचित्र चल्ने तथा अग्लो अप्ठेरो ठाउबाट हामफालेको जस्तो अतिरंजीत लाग्ने दृष्य बिना पनि नेपाली चलचित्र हिट हुन सक्छ भन्ने कुरा लुटले प्रमाणित गरेको

बिगतका बर्षरुमा नेपालमा घटेका घट्ना -बैक लुट्ने) लाई मुख्य कथा बनाइएको लुट चलचित्रमा काठमाण्डौको भित्रकै गल्लिहरुलाई राम्रो सँग उतारेको कथामा प्रेमकहानी पनि मिसिएको , वास्तबिक जिबन कहानीमा आइ लाग्ने मायाका कुराहरु यस्तै नै हुन्छन् नकि अन्यमा झै आखा चिम्लने वितिकै रगिंविरंगि लुगा फर्ेदै एकै छिन्मा फुलको बगैचामा एकै छिनमा खोला छहरामा अभावमा बेरोजगार जिवन जिइ रहेको बेला प्रेमिकालाई घरबाट अर्कै केटा संग विवाह गर्नलाई दबाब दिन थाल्दाको परिस्थिति वास्तबिक झै लाग्छन् श्रीमान् श्रीमति बिचको सम्बन्ध कस्तो हुन्छ भन्ने कुरा छोटो नै दृष्य भए पनि काफि

हाम्रो नेपाली समाजमा जस्तो त्यसलाई टपक्कै टिपेर बनाएका चलचित्रमा कलाकारहरुले अभिनयलाई न्याय दिएका छन् नाटकबाट खारिएर आएका प्राय सबै कलाकारले आफुले गर्न सक्ने सम्मका अभिनय गरेका छन्, अझ दयाहाग र्राई हाकु कालेको भूमिका अति नै प्रसंसनिय छन् चलचित्रमा अहिलेका युवाहरुमा प्रचलित बोलिचालीलाई राखिएकोले स्वभाविक नै लाग्छन्



No comments: