म मगर, मगर गाउमै जन्मि हर्कि बढेर भाषामा पोख्त भएर आएकी हुँ । मलाई मेरो क्षेत्रमा बोलिने भाषिका सबै आउछ तै पनि कहिले काहि आफै असमज्जमा पर्छु कि म भाषा जान्दछु कि जान्दिन । जान्दिन भनौ भने सबै आउछ, जान्दछु भनौ भने कति कुरै बुझि्दन । मगर जाति भित्र ३ वटा भाषिकाहरु छन्। काइके, खाम पाङ र ढुट, काइके र खाम त कुन चराको नाम हो पनि थाहा छैन तर म ढुट सबै जान्दछु तर वास्तबिक अर्थमा जान्दिन पनि । गोलमाल.........................। किन त भन्दा खेरि लवज फरक छन् हाम्रो । मगर बस्ति स्थानान्तरणका कारण लवज फरक हुन पुगेको छ जसले गर्दा मातृ भाषा जान्दछु भन्दा भन्दै पनि नजानिदो रहेछ । पर्वि पहाडी जिल्लाहरुमा बोलिने ढुट भाषिका प्राय एउटै हुन्छन् र लवज पनि केही थोरै भिन्नता भएता पनि ८० प्रतिशत मिल्न जान्छ । तर भौगोलिक हिसाबले हने हो भने पव र पश्चिमी भु भागका एउटै भाषिकामा पनि कति धेरै फरकपना छ । हामी हाम्रो पर्ूर्वी क्षेत्रको ढुट सबै ठिक छ भन्दछौ तर पश्चिम तिर त्यहि गलत भइ रहेको हुन्छ त्यसैले पनि हाल बनि रहेको पाठ्यक्रमलाई अध्यापन गराउनमा धनकुटाका मगर शिक्षकहरुलाई हम्मे हम्मे परेको छ ।
हो मगरहरुको उत्गम स्थान पश्चिमी पहाडी भूभागमा भएको थियो तर अहिले त्यहा मात्र सिमित छैन । उनीहरु देशका सबै क्षेत्रमा रहन पुगेका छन् र उनीहरुले जहा गए त्यहि आफ्नोपन झल्किने भाषिका अपनाइ रहेका छन् जसलाई हामी नकार्न सक्दैनौ । तर नेपाली राष्टिय दैनीक गोरखापत्रमा समाबेशीको पृष्ठमा छापिएको मगर ढुट भाषालाई हने हो भने म लगाएत हजारौ मगर ढुट मातृभाषिहरुले नै लेख रचना वा समाचारहरु बुझ्दैनौ । त्यो सब क्षेत्रिय भाषिका बिभेदको कारण हो । त्यसैले त्यसलाई सके सम्म बुझिने सरल र सरस बनाउने तर्फलाग्नु पर्छ । किन भने हामी पव तिरका मगरहरुले पनि मगर ढुट नै प्रयोग गरिरहेका छौ यो कार्य भर्खर मात्र सुरुवात भएको होइन तर पव तिर बोलिने बोलीचालीलाई त्यहा समेट्न सकिरहेको छैन ।
कुरा २०६३ तिरको हो कि सगरमाथा टेलिभिजनमा समाचार बाचिका चाहिएको थियो, मधुसुदन दाई लगाएत अन्य केहि दाईहरु मार्फ थाहा पाएर त्यहा सम्म पुगे । मलाई पनि टेलिभिजनमा देखिने खुब चाहाना थियो, अझ समाचार बाचिका भने पछि के खोज्छस कानो आखो भने झै भएको थियो तर जब त्यहा पुगे समाचारलाई उल्था गरेर भनियो पछि थाहा पाए मैले उल्था गरिएको भाषा पण् मगर भएन रे । तर भाषामा कुनै शब्दको अर्थ भन्ने कुरा सबै ठाउमा एउटै हुनै पर्छ भन्ने जस्तो मलाई लाग्दैन । किन भने स्थानको हिसाबले, त्याहाको विबिध कारणको हिसाबले फरकपन आइ सकेको हुन सक्छ जसलाई त्यहाका मानिसले स्थानीयपन दिइ सकेको हुन्छ । अग्रेजी भाषामा पनि त समस्या नभएको हैन त्यहा पनि छन् त्यसैले त एउटै शब्दको अर्थ २ भन्दा बढि हुन सक्छ । मगर भाषामा पनि त्यसरी राखिए के व्रि्रन्छ - झन हामी भाषाको धनि हुन्छौ । जहाको स्थानीयपन संग जुन मिल्छ त्यहि प्रयोग गर्ने गरे के नै होला र - त्यसैले अब यो पाटोलाई नेपालका इलिट मगरहरुले सोच्नु पर्ने विषय बनेको छ ।
No comments:
Post a Comment