Saturday, August 16, 2008

मेरो एक महिना

मेरो व्लग अपडेट नभएको पनि करिव एक महिना हुन हुन लागेछ । यस विचमा म तपाइहरु विचबाट चटक्क टाढा रहेर आफ्नो कामका साथ देशलाइ पनि हेरि रहेकी थिए । यसै बारेमा केहि कोरु कोरु लाग्यो । व्लगकै लागी भए पनि कनिकथि दुई चार हरफ कोरी दिए ।

विगत बाह्र बर्षमा माओबाद समर्थक कमरेडहरु विद्रोहका बिगुल फुक्दै जगंलमा बसेर राजतन्त्रफाल्नका लागी दलबल,मुडेबल तथा ह्तहतियार सहित जुर्जमुराइ लागी परेर अगाडी आएको छ । एक प्रकारले सफल पनि भएको छ । जनताका छोरा छोरी कति मरे कति अन्धा अपाङ्ग भए कति टुहुरा टुहुरी भए त्यो त अलग पाटो छदैछ त्यसलाइ छुदै नछोउ। पुराना संरचना ध्वस्त पार्दै नया संरचना निर्माण गर्ने क्रममा नेपालको तीन सय वर्ष पुरानो जतन्त्रको जरै देखि उखेलेर फाली नया गणतन्त्र उदय गराइ छाडेको छ । हामीले यसलाइ नेपालीहरुको साहसीक कदम मान्नै पर्छ ।

सरुमा प्रजातन्त्र थियो देशमा, लोकतन्त्र आयो , गणतन्त्र पनि आयो रे । करोडौ नेपाली जनताहरु सडकमा उत्रिए, के महिला? के परुष? के वालबालिका? सम्पर्ण नेपाली एकजट भै गणतन्त्रीक नेपाललाइ स्वागत गरे । जताततै खसियाली छायो, जताततै उमंग छायो देशमा तीन दिन सम्म सार्वजनिक विदा दिइयो । सामै पिच्छे दिप जलाइयो । सविंधान सभाको चुनाव सकियो ।

यसै वेला राष्ट्रपतिको चुनाव भयो तीन जना रामहरुको प्रतिस्पर्धाले एक राम देशकै शर्वोच्च व्यत्ति मानिन पुग्यो भनौ न जनताका छोरा पहिलो पटक राष्ट्र पति बने, देशमा हर्सोल्लास मनाइयो । जनतामा आशाका दिप सल्किन थाल्यो । अबका आउने दिनमा शान्तिको महसस गर्न पाउने भयौ भन्नेमा विश्वस्त हुन थाल्यो ।व्यापारिहरु व्यापार बढाउने आशमा, विधार्थीहरु शैक्षिक संस्था सुचारु रुपले सञ्चालन हुन आशमा, सर्बसाधारण जनताहरु शान्ति आउने आशमा रमाउन थाले तर दुर्भाग्य दोश्रो ठुला व्यत्ति उपराष्ट्र पति जनताका छोरा छोरीले चुनेर कुर्सिमा पुर्‍याए, कुर्सिको मातले हो वा अहंकारले म विशुद नेपाली हु भन्दै झुसिलो डकार गर्दै हिन्दीभाषमा सपथ खाए ।

फेरी सडक वल्न थाल्यो



जताततै विरोधका आवाजहरु उठ्‍न थाले ओभरहेड बृज (आकाशे पुलमा पुतला झुन्डाइयो र जल्यो पनि



तर पनि सरकार निरिह बनेर चुपचाप मुखमा गम चपाउदै बस्न बाध्य छन्। जताततै अत्याचारले सिमा नाघिसके । दिनडहाडै बस लुटिन थाले । दिनडहाडै जनताका छोराछोरी अपहरणमा पर्न थाले । जताततै अशान्ति, अशुरक्ष र त्रासले गर्दा धर्ना र अनसन आवश्यक मानिन थाले । मानिसहरु मरिन र मारिन दैनिकी बन्न थाले जहा जसले जे गरे पनि हुने जे बोल्न पनि हुने भयो हुनत कानुन विनाको देशमा यो भन्दा बढि हामिले के आशा राख्ने?

दश बर्षसम्म अशुरक्षका कारण घरसम्म पुग्न नसकेका छोराछोरी आमा बाब भेट्‍न जादाजादै गरेको आधा बाटैमा रोकिएको बेला कस्तो हालत भएको होला ? उता घरमा छोराछेरी, नातानातीनीको मुहार हेर्ने धोकोले विछ्‍याइएका आखाहरु उठाउन नपाइ पर्खीरहनु पर्दा कस्तो भएको होला रुहप्तौ देखिको बन्दले उत्पादित बस्तु विक्री गर्न नपाइ कुहिएर जादा के हालत भएको होला? महंगीले डाँडा काटेको बेला बिकट र कस्टकर जीवन यापन गर्न‘ पर्दाको पिडा उनिहरु बाहेक कसले बुभेको होला ?तर यि भातमारा नेताहरुलाइ के थाहा यी यावत कुराका ? आफै आफै कर्सिमा लडाइ गर्दै व्यस्त रहेका छन्। देशमा गणतन्त्रै आए पनि व्यवहारमा छैन। सोचमा भएता पनि काममा छैन भनौ न बाहिरी बोटलको रुप फेरीए पनि भित्री रक्सि उहि नै छ धन्य गणतन्त्र ।

तर अलिकति फेरी पनि आश गर्ने वाटो हाम्रो सामु खुलेको छ। किन की जनादेशलाइ पालना गर्ने,केहि बर्षमै नेपाललाइ स्वीजरल्याण्ड बनाइ दिने हाम्रा कमरेड ज्युको काधमा सरकारी दायित्व हिजो देखि बढेको छ । सरकार चुनाव सकिएको महिनामा बल्ल एउटा प्रधानमन्त्रि चयन गर्न सफल भएको छ । जे होस ढिलै सहि व्यत्ति चाहि च’निएको छ । म बिदेशिन नसक्ने एक पिडित भए पनि चाडै नै विदेशी स्वरुप नेपालमै देख्न पाउने नया सपना देखि ढुक्क छु। ए साच्चै हाम्रो कमरेड प्रचण्ड ज्यूलाइ नया जिम्मेवारी अनि नया नेपालको प्रथम राष्ट्रपति नवनेता पनि प्रथम प्रधानमन्त्रि बननु भएकोमा नया नेपालको गणतान्त्रिक बधाइ ।।

1 comment:

sangamkirati said...

होइन होउ मनु जि जुन जोगि आएनि कानै चिरेको भने झै खै कस्ले के पो गर्न सक्योर।हेरौ अब पर्चन्डले के गर्छ।सबैको ध्यान तेतै छ