गुमसुम छ संसार
हजार हेर्ने आखाहरु
बिचित्रका दृष्य सहित
हृदय बिदारक छन् भाकाहरु
फैलिदैछन् रोगब्याधि
बिस्तारीत हुदैछन डाँकहरु
अशान्ती दुर्ब्याबहार र अपराधले
रित्तिदैछन् सयौ काखहरु
हेर्न बाध्य छु आफ्नै अनन्य मित्रका
छुटिदै गरेका साथहरु
यति बेला मेरा थरथर कापेका हृदय बाट बस्
टक्राइ रहेछु मृतक सबैलाइ हार्दीक श्रद्बान्जली
वास्तवमै यति बेला बिभिन्न किसिमका अपहरण पश्चात हत्या र समाजमा घटीरहेका बिबिध अपराधीक घटनाहरुले कैयौ काखहरु रित्तिदैछन् । हत्या पनी एक एक मात्र हैन एकै पटक २ २ जना । पहिला २ जना खेलाडीको र पछि निर्दोस बिद्यार्थीहरु । घरमा रहेका आमा बुवाहरुले घुम्न निस्केका र आफुले बेचेको मोवाइलको पैसा उठाउन गएका छोराहरु आउने आशमा बिच्छाएका आँखाहरु एकै चोटी जंगलमा सास बेगरको लास मात्र भेटाए पछि छोराहरु नआउने पू्र्ण बिश्वासका साथ लोलाएकै भए पनि उठाउन बाध्य छन् । राजधानीका बिभिन्न चोक चोकमा लगातार २ दिन सम्म टाएरहरु जलेर सेलाउनै नपाएका धुवा पूनः २ दिन पश्चात उहि कारणले सडकहरु बलेर आकाशका मडारिन बाध्य छन् । निर्दोश ति बबुराहरुको के गल्ती भन्ने सम्म कसैलाइ थाहा छैन । अब गल्तीनै केही नगरे पनि कहाँ नेर पुग्दा के हुनेहो कहाँ नेर आफ्नो कालले पनि आफैलाइ पनि पर्खीरहेको छ भन्ने त्रास मनमा उब्जिन थालेको छ । राजधानी जस्तो सुबिधा सम्पन्न शहरमै त यस्ता घटना दिन दहाडै घटीरहेका छन् भने राजधानी बाट पर के अबस्था होला सोच्नै पर्ने बेला भएको छ । राज्य यो अवस्थामा पनि टुलटुलु हेर्न बाहेक केहि गर्न सकि रहेका छैनन् गृहमन्त्री ज्यू कता हराउनु भयो केहि थाहा छैन पधान मन्त्री ज्यू शोक सन्तप्त परिवारमा हार्दीक समबेदना र घटना गराउने अपराधी पती घोर भर्तसना ब्यक्त गर्दामै ब्यस्त देखिनु भयो ।यो त भयो हाम्रो देशको घिनलाग्दो राजनीतिको तितो असर। यसका अलावा बिबिध बुदे समझदारी फेरी पनि कार्यान्वयन हुन नसक्दाका कारणहरुले सडक कति दिन अबरुद्द हुने हो कति दिन फेरी जल्नु पर्ने हो कसैले अडकलवाजी सम्म गर्न नसक्ने अबस्था छ । कति दिन सम्म देशका अब्यवस्थीत र घिनलाग्दो राजनीतिको शिकार हामी सोझा सीधा नागरीक बन्नु पर्ने हो? कसैलाइ थाहा छैन ।अब जे नहुनु पर्ने हो हाम्रो देशमा त्यही नै भै रहेको छ ।यो अबस्थामा शोक सन्तप्त परिवार पति म पनि हार्दिक समबेदना तथा श्रदान्जली अर्पण गर्न चाहान्छु । हिजो बेलुकी लगभग न बजे तिर दमकमा बस दुर्घटनामा परि मेरा अनन्य मित्र सुदेशको अल्पायु मै दिवङ्गत भएको छ । दिवङ्गत आत्माको चिर शान्तिको कामना पनि यसै मार्फत ब्यक्त गर्न चाहन्छु ।
आखिरी हामी साथीहरुले श्रद्बान्जलीका दुइ शब्द बाहेक के नै पो दिन सकिदो रहेछ र
Friday, November 28, 2008
Wednesday, November 19, 2008
नेपाली शिक्षा निती र केहि तिता वास्तविकता
होस्टेल बसाइ सकिएको त निकै दिन भै सकेको रहेछ आज अचानक एक जना दिदीले झ्याउ शब्द निकाल्नु भयो र होस्टेलका ति दिनहरुको ताजा स्मरण हुन पुगे लौजा मलाइ पनि यहि बिषयमा केहि गन्थन मन्थन ब्लगमा ठेलि दिन मन लाग्यो।
शनिबार थियो क्यारे बिहानको लगभग आठ बज्न लागेको थियो ।सानी ओच्छ्यान भरी किताब फिजाएर बसी रहेकी थिइन्। उसको परिक्षा नजिकिइ रहेको थियो। सृजना ढोकाबाट साम्साम सुम्सुम छाम्दै भित्र छिरीन् कस्तो झ्याउ लाग्दो दिन, ओइ यहाँ को छ? किन दिदि सानीले जवाफ दिइन, ए मलाइ एकछिन तिम्रो किताब देउ न तिमी नपढेको बेला पढ्नु पर्यो कोर्सको किताब हेर्दा हेर्दा कस्तो झ्याउ लाग्यो । सानी र सृजना दुवै जना विद्यालय निरिक्षकको तयारी गर्दै थिए । परिक्षा नजिकिएकोले दुबैलाइ एउटै बुक पढ्नु थियो । सृजना आफै देख्न नसक्ने र पढ्न नसक्ने, हुनाले पुस्तक किनेकी थिइनन् तर सानीको पुस्तक नै मागेर अरुलाइ पढ्न लगाइ सुन्थिन। सानीको आफ्नो कलेजको पनि परिक्षा नजिकिएकोले गर्दा खाली समयमा सृजनालाइ किताब दिइ सहयोग गर्थिन।
ए केटी हो, खाना पकाइ सक्यौ की हल्ला मात्र गर्दैछौ? बीना पनि छिरिन् सानीको कोठामा । छैन । अरु उत्तर दिइ बस्ने फुर्सद सानीमा थिएन । अनि के के पुस्तक समाइ बसेकी नी सृजनाले चाही? बीनाले सृजना तिर प्रश्न तेर्साइन । ए यो वि.नि.को हउ छोटो उत्तर दिइन सृजनाले । उफ् खोइ सक्नु चै छैन के को बि.नि.को परिक्षा दिनु पर्यो नि तिमीलाइ? बीनाले अलि खसालेर बोलिन् हुन त उनको स्वभाबै त्यस्तै हो र पनि सृजनालाइ चित्त बुझेनछ क्यारे प्रश्नको हत्तपत्त उत्तर फर्काइ हालिन् तिमी नदिने मान्छेलाइ के को खस्खसनी ? सकुँ या नसकुँ यो मेरो बस्को कुरो हो नी । सृजना यो पटक रिसैले कड्किइन । होइन तिमी दशठाउ छाम्दै हिड्नु पर्छ त्यस्तो मान्छे कति दौडनु पर्छ वि.नि.मा अनि त्यो सक्दै नसक्ने काममा किन भनेको पो त सृजना रिसाएको भान पाएर थमथमाउनलाइ आतुर थिइन् बीना, म त एसो २,४ हजारको सजिलो काम पाएमा जान्थे पो । जागिरमा आफु एक्लो ज्यान त पालिइ हालिन्थ्यो नी , तर के गर्नु आफ्नो त कर्मै हारेको जहाँ गए नी दया गर्ने को छ र यहाँ ? एसो चिनेको कोही छ भने भनी देउ है नानी हो साह्रै भो एम. ए पढेर नी के गर्नु? जागीर नै पाउन गाह्रो म त वाक्क भै सके जीन्दगी देखि । केहि गर्ने जोश जागर पनि मरी सके ।
ति तिनै जनाको चालामाला मात्र हेरेर अवाक थिए म कुनामा । बीनाको यो वाक्यशंले सृजनालाइ फेरी पोलेछ क्यारे ह्या...........तिमी पनि जाबो २, ४ हजारले के नै आउछ र यो समयमा ? हेर नमरी बाचे एक न एक दिन आउला नी त हाम्रो नी पालो । अब त झन नया समाबेशी सरकार बन्दैछ । यस पालिको सभासदमा हाम्रा नी मान्छे जालान, संविधानमा हाम्रो हक अधिकारका बारेमा नी केही उल्लेख गर्लान्। किन तिमी यसरी हतास भएकी? म संसार नदेख्ने मान्छेमा त केही गर्ने आट छ, तिमीले त देख्या छौ नी बीना सम्पुर्ण कुरा । गर्न नसक्नु अलग कुरा होला तर यसरी तिमी हतास भएको देखेर चाहि झ्याउ लाग्यो मलाइ । कथाका दुबै पात्र शारिरीक रुपले अशक्त छन् जस मध्य एक आँखा देख्न सक्दिनन् भने एक स्पष्ट बाेल्न र साह् चिज निल्न सक्दिनन् तर दुबै जना त्रि बि बि मा सिङ्गल मात्र नभै डबल डिग्री गर्दैछन् । सृजना आँखा नदेख्ने नै भए पनि साहसिली छिन् केहि गरौ भन्ने भावना उनमा जिवित छ उनैको यो झ्याउ भन्ने शब्द भने थेगो नै छ ।
कुनामा बसि रहेको म नबोलु भनेको पनि सृजनाको साहस देखेर केहि बोलु बोलु लागेको थियो, उनको उत्साहमा खै किन हो केही कुरा थपुँ थपुँ लागेको थियो। तर दुबै जनाको गफ सुनेर एक मन भने त्यसै भारी भै रहेको थियो ।
आफ्नै आखाले टुलु टुलु ती २ साथीहरुका अवस्था नीयाल्न बाहेक केही गर्न सक्ने अवस्था छैन । म सँग रहेका यी त २ जना तर यस्ता सयौ अशक्तहरु यसरी नै संर्घष गर्दै गर्दै त्रि बि. बि. परिसरमा हल्ली रहेका छन् । यहा सम्म यतिका मेहनत, संर्घष र कष्ट गरेर आइ पुगेका उनीहरुको उच्च शिक्षाको कुनै कदर छैन । न त उनिहरुलाइ कुनै पकारको स्वरोजगार छ नत उनिहरु अन्य हामी सवलङ्गहरु झै दौड धुप गर्न नै सक्छन् । अझ कुनै ठाउमा जागीर खुल्यो भने उनीहरुले पनि हामी सवलङ्गहरु सगँ बराबरीमा प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता छ । धन्य त्रि बि. बि. एउटा निशुल्क शिक्षा चाहि दिएको छ । तर सयौ सृजनाहरुले गरेका आशा कहिले पूरा होला? नेताहरु आफै कुर्सीका लागी लडि राखेका छन् यो देशमा संविधान कहिले लेखिने होला र ति संविधानमा अपाङ्ग र अशक्षमहरुका लागी अधिकार सुनिश्चित गर्ने होला? बल्ल बल्ल समाबेशी सरकार त बन्यो तर खै त नेपालमा रहेका सयौ सृजना र बीनाहरुको लागी अधिकार?
जस्तो सुकै परिस्थिती आए पनि Always be Positive and Always think Positive रे अब भोलीबादले गाँजेको यो नेपाली समाजमा फेरी पनि सबैकुरा भोली हुने गतिलो आशाका साथ भन्न मन लाग्यो
जय भोली।।

Friday, November 14, 2008
मगर मारुनि नाच
यो दृष्य एउटा मगर समाजको रमाइलो नाँचको हो। जसमा पूरुषहरु नै महिलाको भेष धारण गरेर नृत्य गर्ने गर्दछन् । आउनुस् यसै बिषयमा अलिकती जानकारी बाड्न मन लाग्याे।
मानव सभ्यताको विकास जंगली युगबाट भएको हो भन्ने कुरा त हामीले विभिन्न एतिहासिक लेख रचनामा पाउन सक्छौं । त्यस युगका मानिसहरु भोजनका लागि बनजंगलमा पाइने फलफुल, कन्दमुल तथा जंगली जीबजन्तु हरुको शिकार गर्दथे रे । ति खाने कुरा अथवा शिकारलाइ भेला गरेर आगो बाली शिकारीहरु वरिपरि नाच्दै घुम्दै रमाउने खाने पिउने गर्दथे रे गीत, संगीतसँग मगर समाजको अत्यन्त गहिरो सम्बन्ध छ भन्ने कुरा पनि सुन्नमा पाइन्छ । मगरहरु गाएर, नाचेर कहिल्यै नथाक्ने र दर्शकहरु हेरेर कहिल्यै न अघाउने हुन्छन रे । मानिसले अनेकौ घटना, आस्था, विश्वासलाइ जोडेर परापुर्व काल देखि नै आफनो कला संस्कृतिलाई जीवन्तता प्रदान गरेको पाइन्छ।

Friday, November 7, 2008
आफ्नै दुइ पल
दिन आफनै रफ्तारमा दौडिएछ । रात सुलुलु चिप्लिएछ म भने भुसुक्कै निदाएको खरायो झैँ पल्टि रहेछु । तन्द्राबाट ब्युझिएर यसो हेर्दा आफु एक्लै रन्थनिएर ढल्कि रहेकी रहेछु । वास्तवमा सबैको त होइन मलाई लाग्छ संसारका केहि व्यक्तिहरुको दिनाचर्या पनि यसरी नै चिप्लिएको होला । आज व्लग Update नगरेको पनि करिव करिव २ महिना हुन लागेछ यतिका दिन वितेको पत्तै पाइन, साच्चै म निकै हराएछु । आफै लाई खोजीमारे, आफैले नभेट्ने ठाउमा लुकी बसेकी रहेछु । ताजा कुरा नै गर्नु पर्दा भुपेन दाइ इण्डिया फनफनि घुमेर फर्कि सक्नु भएछ, मेरै सोल्टिनी दशै तिहार मानेर कति जील्ला चहारेर फर्कि सक्नु भएछ । देशमा गृह मन्त्रिज्यू ले नाइट रेष्टुरेन्ट क्यासिनो मात्र नभै फुटपाथका पसल हटाइ सकेछन् । हुँदा हुँदा अमेरीकामा बाराकले राष्ट्रपतिय चुनाब जिती नयाँ इतिहास रचि सकेछन् म भने जहिको तहि थलिएछु ।
साथीहरुको ब्लग हेरी हेरे प्रगतीका शिखर चुम्न दौडिएर निकै नै अघि पुगी सक्नु भएछ, म भने जहिको तहि मात्र हैन १० कदम धकेलिएर निकै पछि परेछ र पनि ममा कुनै नयाँ जोश जाँगर र उमंगले जन्म लिनै सकेन, खैर केही छैन जीन्दगी हो चलुन्जेल चल्न दिनु पर्छ चल्न छाडे पछि जबर्जस्ति नै सहि चलाउनु पर्छ र चलाउँदै आएकी पनि छु। कुनै ठुलो बज्रपात पछि अतल्लिएको, अर्धमृत मानिस जस्तो । हुनत वास्तवमै मनमा आघात पुगे पछि चाहेको कुरा नपुगे पछि भनौ न पूर्ण हुन लागेको कुरा पूर्ण नभै दिए पछि निकै निराशाले मन छाउदो रहेछ साथै मनका जोश जाँगर मरेर आउदो रहेछ । रफ्तारमा हिडी रहेको बेला अचानक Track change भए पछि पुन Track मा आउन निकै कठिन पर्दो रहेछ । म पनि यहि Track मा आउने कोशिस मै निकै दिन विताइ दिए ।
वास्तवमै सपना देख्नु आफैमा नरामो कुरो त पक्कै पनि होइन तर देखिएका सपना अनि रचिएका कल्पना साकार नभए पछि मानीस एक पकार भित्र भित्र टुट्दो रहेछ । यसरी टुटिँदा डोरी र मेटासीटको साहारा लिइ आफैलाई समाप्त पार्दा रहेनछन् । म पनि यस २ महिनाको दौरानमा एउटा ठुलो सपना देखेर दौडी रहेँ कुनै दिन उफ्रिरहेँ कसैले सपना देखाइ दिदैमा म लाटी पनि हो न हो देखिइ रहे तर अचानक त्यो सपना विपना भइ चकनाचुर भइ टुटी दियो त्यहि देखि म पनि केही मात्रामा टुटिन पुगे आफैलाई धिक्कारी रहे । तर फेरी आफै न्यायधिश वनि आफैलाई कसुरदार ठहर्याइ अदालतको कठघरामा उभ्याइ दिए । यसरी उराठ जीन्दगी लिइ हरीयाली वसन्तको खोजीमा पंख फुकाइ फेरी अगाडी आइरहेकी छु ।
मानीसको जीन्दगी न हो कुनै दिन निकै ठुलो सपना देखिदो रहेछ । जुन जीन्दगीका गोरेटोहरुमा भेटीदा रहेछन् । साथ साथै चाडै नै मेटिदो पनि रहेछ । मेरो पनि यहि मात्रामा केहि विर्सन नसकिने गरी घटनाहरु घटे धेरै साथीहरुले Blog update नगरेकोमा गुनासो पोखाउनु भयो । आफै नै सजिव न निर्जीव भै रहेको अवस्थामा मैलै Blog update गरि निर्जिव तुल्याउनै सकिन । यस्तै क्रममा हामो कैलाश दिदीको कुरोले भने निकै घत पारेर छाड्यो मनमा । उहाँ पनि कुनै समयमा blog बन्द गरी अरुको Blog मा लेख्ने सोच बनाउन भा थियो रे, जडित जीले उहाँलाई जिवित पार्ने खालको केहि शब्दहरु उपहार दिनु भयो रे फलस्वरुप दिदीको Blog आज हाम्रो साम' विविध ख'राकका साथ अगाडी छ । जडित जीकै शब्दहरु सापटी लीएर मलाइ उक्साउनु भयो साच्चै चित्त वुझ्यो । उहाले भन्नु भएको बेला त खासै केही भएन तर जब घर फर्किएर आए त्यहि कुराहरु मनमा खेल्न थाल्यो। मध्यरातमा काम गरी रहेको वेला पनि बारम्वार दिमागमा आउन थाल्यो साँच्चै अरुको घरमा गएर बेस्सरी रोएर के पाइन्छ र ? लौ जा यसै बाहानामा तब थाले मनका भावना कपिमा पोखाउन, जति बेला रात निकै छिप्पिइ सकेको थियो, बाहीर कार्तिके चिसोले सम्पूर्ण संसार कठांग्री रहेको थियो, यहि चिसोलाई भगाउन बुनी रहेको मखलरको धागो र काटालाई फाली मेरा हातले कलम समाउन पुग्यो अनि कोरीन थाले यसरी यिनै मनका बहहरुः
कुनै दिन बायोडाटा बनाउदैमा त कुनै दिन University को Form भर्दैमा विताइ दिए
कुनै दिन पासपोर्टको लाइनमा त कुनै दिन सभासद ज्युसँग भेट गर्दैमा विताइ दिए
कुनै दिन डा....संगको भेटमा त कुनै दिन Internet धाउनैमा विताइ दिए
कुनै दिन कसैको शुभकामना त कुनै दिन कसैको बधाइ लिदैमा विताइ दिए
कुनै दिन घरमा दशै त कुनै दिन काठमाडौमा तिहार मनाउदैमा विताइ दिए
जीन्दगीको रफ्तारलाई यसै गरी विताइ दिए
कुनै दिन ठुला वडा भनाउदाको फोन पतिक्षा गर्दैमा विताइ दिए
कुनै दिन फोन त कुनै दिन सबैलाई मेल गर्दैमा विताइ दिए
कुनै दिन बा, आमा संग त कुनै दिन साथी संगै विताइ दिए
कुनै दिन बाहिर पढन जादैछु भनि Interview दिदैमा विताइ दिए
कुनै दिन आफ्नै सपना टुटेको खवर संकलन गर्दैमा विताइ दिए
कुनै दिन आफ्नै भाग्य र कर्मलाई दोष दिदैमा विताइ दिए
यसै गरि जीन्दगीका चारपल मात्र हैन मेरा २ महिना नै विताइ दिए

Subscribe to:
Posts (Atom)