Friday, November 28, 2008

श्रद्बान्जली का दुइ शब्द

गुमसुम छ संसार
हजार हेर्ने आखाहरु
बिचित्रका द‌ृष्य सहित
हृदय बिदारक छन् भाकाहरु
फैलिदैछन् रोगब्याधि
बिस्तारीत हुदैछन डाँकहरु
अशान्ती दुर्ब्याबहार र अपराधले
रित्तिदैछन् सयौ काखहरु
हेर्न बाध्य छु आफ्नै अनन्य मित्रका
छुटिदै गरेका साथहरु

यति बेला मेरा थरथर कापेका हृदय बाट बस्
टक्राइ रहेछु मृतक सबैलाइ हार्दीक श्रद्बान्जली

वास्तवमै यति बेला बिभिन्न किसिमका अपहरण पश्चात हत्या र समाजमा घटीरहेका बिबिध अपराधीक घटनाहरुले कैयौ काखहरु रित्तिदैछन् । हत्या पनी एक एक मात्र हैन एकै पटक २ २ जना । पहिला २ जना खेलाडीको र पछि निर्दोस बिद्यार्थीहरु । घरमा रहेका आमा बुवाहरुले घुम्न निस्केका र आफुले बेचेको मोवाइलको पैसा उठाउन गएका छोराहरु आउने आशमा बिच्छाएका आँखाहरु एकै चोटी जंगलमा सास बेगरको लास मात्र भेटाए पछि छोराहरु नआउने पू्र्ण बिश्वासका साथ लोलाएकै भए पनि उठाउन बाध्य छन् । राजधानीका बिभिन्न चोक चोकमा लगातार २ दिन सम्म टाएरहरु जलेर सेलाउनै नपाएका धुवा पूनः २ दिन पश्चात उहि कारणले सडकहरु बलेर आकाशका मडारिन बाध्य छन् । निर्दोश ति बबुराहरुको के गल्ती भन्ने सम्म कसैलाइ थाहा छैन । अब गल्तीनै केही नगरे पनि कहाँ नेर पुग्दा के हुनेहो कहाँ नेर आफ्नो कालले पनि आफैलाइ पनि पर्खीरहेको छ भन्ने त्रास मनमा उब्जिन थालेको छ । राजधानी जस्तो सुबिधा सम्पन्न शहरमै त यस्ता घटना दिन दहाडै घटीरहेका छन् भने राजधानी बाट पर के अबस्था होला सोच्नै पर्ने बेला भएको छ । राज्य यो अवस्थामा पनि टुल‍टुलु हेर्न बाहेक केहि गर्न सकि रहेका छैनन् गृहमन्त्री ज्यू कता हराउनु भयो केहि थाहा छैन प‍‌धान मन्त्री ज्यू शोक सन्तप्त परिवारमा हार्दीक समबेदना र घटना गराउने अपराधी पती घोर भर्तसना ब्यक्त गर्दामै ब्यस्त देखिनु भयो ।यो त भयो हाम्रो देशको घिनलाग्दो राजनीतिको तितो असर। यसका अलावा बिबिध बुदे समझदारी फेरी पनि कार्यान्वयन हुन नसक्दाका कारणहरुले सडक कति दिन अबरुद्द हुने हो कति दिन फेरी जल्नु पर्ने हो कसैले अडकलवाजी सम्म गर्न नसक्ने अबस्था छ । कति दिन सम्म देशका अब्यवस्थीत र घिनलाग्दो राजनीतिको शिकार हामी सोझा सीधा नागरीक बन्नु पर्ने हो? कस‍ैलाइ थाहा छैन ।अब जे नहुनु पर्ने हो हाम्रो देशमा त्यही नै भै रहेको छ ।यो अबस्थामा शोक सन्तप्त परिवार पति म पनि हार्दिक समबेदना तथा श्रदान्जली अर्पण गर्न चाहान्छु । हिजो बेलुकी लगभग न बजे तिर दमकमा बस दुर्घटनामा परि मेरा अनन्य मित्र सुदेशको अल्पायु मै दिवङ्गत भएको छ । दिवङ्गत आत्माको चिर शान्तिको कामना पनि यसै मार्फत ब्यक्त गर्न चाहन्छु ।
आखिरी हामी साथीहरुले श्रद्बान्जलीका दुइ शब्द बाहेक के नै पो दिन सकिदो रहेछ र

4 comments:

कैलाश said...

हो मनु जी यस्तै छ हाम्रो परिवेश। साथी सुदेशको साथै सम्पूर्ण दिवांगत आत्मलाई चीर शान्तिको कामना भन्छु म पनि।

डीआर न्यौपाने'सूर्य' said...

हो मनु जि म ढिलै भए पनि समबेदना प्रकट् गर्दै तपाइको यो ब्लग् रुपि मित्रताको डोरिमा सहयात्रा गर्ने प्रयास गरेको छु,आसा छ साथ पाउछु होला अनि मेरो पनि एउटा सानो मित्रतारुपि गोरेटो छ कहिले काहि बाटो बिराउनु भयो भने पाइला राख्न नबिर्सनु होला। धन्यबाद्

Nepali Highway said...

dami 6 ni ta blog.
tapai ko haso ra boli pani misiyako 5
Narendra Raule

mgrgeen said...

लौ दुबै जना नयाँ मित्र पो पाल्नु भएछ गाठे मेरो ब्लगमा तपाईं हरुलाई पनि धेरै स्वागत छ है एसो माया नमरी कैल कै चिर्दै गर्नुस् हैत
हो नि कैलाश दिदी अब के गर्नु त हौ दुनियाँ यस्तै छ त सिकरु जी अब साथ दिये पछि त साथ अवस्य पनि पौनु हुनेछ बरु धन्यबाद तपाइलाइ पनि मलाइ साथ दिन आइ पुग्नु भाकोमा
नरेन जी अब भन्नत मन लागेको थिअन है तै पनि मेरो ब्लग को खुब तारिफ गरि दिनु भकोमा धन्यबाद ५ ल
येसो कैले काइ चियाउदै गर्नु होला