Friday, November 27, 2009

देशको अवस्था

हैन आजभोली नेपालमा के भाको ?

गर्नु पर्नेकाम छोडी के के गर्छन के के गर्छन ।

आफ्नो पसिनाको कमाइ भए पो लोभ गर्नु?

मन्त्रीहरुले एकै दिनमा करोडौको खर्च गर्छन।

गर्नु पर्ने काम कति हो कति नेताहरु

भ्रष्टाचार मात्र कति गर्छन कति गर्छन।

मर्न पर्ने नेताहरु मर्या हैन गाँठे

सोझा जनताका छोरा छोरी कति मर्छन कति मर्छन।

काम कुरो गर्या केही हैन सभासदहरु

हावामा हाजीर गरी भर्पाइ मात्र कति भर्छन कति भर्छन।

एउटा रोगको निदान गर्न सक्या हैन कहिले

अव स्वाइनफ्लु नै कतिलाइ सर्छन कतिलाइ सर्छन।

एउटा जावो सियो बनाउन सक्या हैन आफ्नो देशमा

गफ र फुर्ती भने कति गर्छन कति गर्छन।

यस्तै हो भने यो देशमा अझै दश वर्ष भित्रमा

बम र बारुदको गोला कति झर्छन कति झर्छन ।

अझै पनि सोझा निमुखाका सन्ततीहरु

विनाकालमा कति मर्छन कति मर्छन ।

कठै ति विचरा कोखहरु विना कारण

रित्तिदे जादा विलौनै नाथे त कति गर्छन कति गर्छन


2 comments:

Unknown said...

अब यस् लाई पनि के देस भन्नु र कुनै भेडा राख्ने भेडिगोठ भन्नु उपयुक्त होला त्यो पनि मिल्दैन किनकी भेडीगोठमा कम्सेकम मिलेर त बस्छन यहाँ त भो कुरै नगरुम मनु जि .....

mgrgeen said...

हो नि प्रदिप जी खै के खै के? काही नभाको जात्रा हाडि गाउमा भनेको यहि हो ।