Monday, February 1, 2010

नदि जस्तै म

बगेर यहाँ सम्म आइपुग्दा
बाटो भुलेर आफै अल्मलिएँको छु!
सर्वस्व सुम्पेर आँखा चिम्लेर उफ्रन्दा
माखे साँङलोको जन्जरमा फसेको छु

सँसार आआफ्नो छ
ताल, सुर आफ्नो छ
खाली बिजिनेस बिजिनेसको छाल उर्लेको छ
मान्छे माथि मान्छे चढ्न उक्साउँदै छन् मान्छेहरु
उत्सर्गका लागि पालो पर्खदै छन् मान्छेहरु
चीत्कार थिच्दै जयजयकार उर्लेको छ ज्वालामा
म बिचैमा निथुक्क भिजेर एकछिन रोकिएको छु !

उड्ने आकासतिर
बग्दाबग्दै रोकिएर रमिता हेर्दैछु म एकछिन !
बिदेसिनेको हुल देखेर म त्यहा भित्र हराउदै छु

मर्नु बाँच्नुको दोसाँधमा
अनि
बग्नु नबग्नुको दोधारमा फसेर
मान्छेले उचाल्नु धकेल्नुको अर्थ नबुझेर
अहिले म अल्मलिएको छु

दोभान नभेटेर दोधारमा
आज अचानक नमिठो सँग ठोक्किएको छु
अगाडी बढ्ने बाटो नदेखेर अक्मक्किएको छु,
मन भरि पिडा र वेदना बोकी छट्पटिएको छु!
आफ्नो धरातल बिर्सदा कता जाउ भनि बिचैमा ठिङ्ग उभिएको छु!

4 comments:

kiran budha magar said...

मनु बहिनी नमस्कार !! तपाईंको नदी जस्तै म कबिता पढ्ने अबसर पाएको थीए जसमा राम्रो लाग्यो । जेहोस बस्तु परक कबिता लेख्नु भएको रहेछ समय सापेक्षछ र जसमा प्रतिक बिम्ब्, कला र बिचारको राम्रो समायोजन गर्नुभएकोछ ।!!!!!!

कैलाश said...

नानी यस्तै हो जीवन। अन्तर‌आत्माको आवाज हो सायद यो तपाईको। बग्दै जाने सिक्दै जाने हो नि हगि। बग्नु चाहि नछाड्नु। हुन त बग्न छाड्दा खेरी झनै राम्रो कविता सृजना हुन्छ होला। कविता रचिसकेपछि पुन बग्न थाल्ने नि। जय होस्

मनु ठाडा मगर (MANU) said...

धन्यवाद नरदाइ हजुरको हौसला नै मेरो लेखनको लागि एउटा आधार हो । धन्यवाद छ यहाको अमुल्य समय र सुझावको लाग । कैलाश दि धेरै धेरै धन्यवाद । अ..... अन्तरआत्माको गाथा नै हो नि हेर्नुं न कैले क कहिले के जिन्दगि को दौरानमा बग्न त नछोड्ने नै भनेको हेर्नुस न घरि घरि बाधा अड्चन त्येस्तै हो हाहा अनि खै त तपाई को चाइ सचि किन सेलायो ?? भेट्दै गरौला जय होस्

Anonymous said...

tapaiko sundar rachanako nimitta aabhari chum manu ji, dhanybaad
http://www.onlineliteratures.com/2011/01/blog-post_19.html