Friday, June 18, 2010

याद

थामेकि थिए अन्तरआत्मामा यादहरु धेरै धेरै पैले
अति निष्ठुरि नै बनि बस्यौ तिमी त्यहा जैले तैले
धेरै दिन पछि सम्झनाका पोकाहरु आज फोरे मैले
यहि निहुमा मनका भाव दुइ चार हरफ कोरे मैले

ढुँगालाइ नै नौनि बनाइ पगाल्ने सोच बनाइन कैले
समयले डाडा काट्यो बल्ल पछुतो लाग्दैछ निकै एेले
बिश्वास धेरै गरेकि या मायै गर्न जानिन कुन्नि मैले
टाढा रहि सम्झनाका कुइनेटामा बिताए समय धेरै पैले
यहि निहुमा मनका भाव दुइ चार हरफ बनाइ कोरे मैले

8 comments:

दूर्जेय चेतना said...

पीडा हुदा निकै भावहरु पोखिन्छन् यो सत्यकुरा हो।। त्यसैले पीडालाई बोध गर्न सक्नु पनि ठूलो कुराहो.. मनका कुरा पोख्नु भो अब लाग्छ हल्का भयो कि।। निकै राम्रो छ है म बह...

मनु ठाडा मगर (MANU) said...

हा हा दाइ एसो सिकी हेरेको नि कविता लेख्न। मनका खुल्दुलि फालिदिए साथी भाइ माझ साच्चै मन हल्का भो हा हा हा

डीआर न्यौपाने'सूर्य' said...

मनु जी मिठो छ। पढिरहन पाइयोस हजुरका भाव यसरि नै ।

Bed Nath Pulami said...

टाढा रहि सम्झनाका कुइनेटामा बिताए समय धेरै पैले
यहि निहुमा मनका भाव दुइ चार हरफ बनाइ कोरे मैले...
आहा कति मोठो भाव ...मनु जी निकै राम्रो .... हुन त कसैको याद निकै मिठो हुन्छ ! अनि त्यहि याद लेख्नु भा'छ कसरि भनौ म राम्रो छैन भनेर !
फेरी फेरी पनि लेख्दै गर्नुस है ... यस्ता यादहरु यानी यस्ता कविताहरु ...

मनु ठाडा मगर (MANU) said...

सुर्य जी धेरै धन्यवाद । अनि उमेश जी लाइ पनि। हा हा हसाउनु भयो खासै त्यस्तो राम्रो त हैन तर हुन चाही कसैको याद साचै मिठो हुन्छ ।

Manoj Kimdahang said...

lau lau dherai ramro chha
sachchi nai jindagi socheko jastai sadhhai hundaina
katipaya kura haru ko mittha yaad ma nai simit hunchhan
biteka din samjhinda tesai ramailo lagchha
ajha mitha yaad haru..........

Manoj Kimdahang said...
This comment has been removed by the author.
Manoj Kimdahang said...
This comment has been removed by the author.