Thursday, October 14, 2010

मानस पटलमा उब्जिएका अनुभुतिका सृजनाहरु

मनका स्पन्दनहरु छाल बनि छछल्कि दिदा
भौतिक बादी मनहरु त्यसै त्यसै भौतारिदो रहेछ
अशख्य अनुतरित प्रश्नको बोझले पिरोलि दिदा
तन त्यसै त्यसै अशान्तिका पहाड उक्लिदो रहेछ

माया नामको जालले अनायासै पासो हालेर अल्झाई दिदा
आधी बेहरीको तुफान खै कताबाट आफै मडारिदो रहेछ
आन्तरिक द्वन्दको आसिम आकृति ज्वारभाटा बनि निस्कि दिदा
आस्था विश्वास र भरोसा माथीको समिश्रण कता कता बदलिदो रहेछ

जैविक गतिविधी भित्रका चिन्तन र मननले मन पिरोलि दिदा
समाजका दर्शन र आदर्श जस्ता मृगतृष्णाहरु भ्रममा बद्लिदो रहेछ
अन्तरमनका अशिमित चाहानाहरुको पुन्तुरोहरु अनायासै खोलिदा
विवेक शुन्य मनहरुले अहँकार मच्चाउदै अनुभुतिका रँगहरु टुक्राउदो रहेछ

बिवेक शुन्य मनहरु माझ अहँकारको हुडाँर डकार गर्दै गर्दा
जिवनका आवर्तन र परावर्तनको सँयुक्त रुप प्रतिविम्वित हुदो रहेछ
हजार स्मृतिहरु मानसपटलमा युद्द मैदान बनाई गस्ति गर्न थालि दिदा
सपना बनि हठाथ जिन्दगीले आफैलाई ब्यँग्य हान्दो रहेछ ।

3 comments:

डीआर न्यौपाने'सूर्य' said...

निकै सजीव भावमा पोखियो मन मनुजी को । निरन्तरताको कामना !
बडा दसैं २०६७ को मनु जी लगायत ब्लगका सम्पूर्ण पाठक हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

वेदनाथ पुलामी (उमेश ) said...

निकै शसक्त भावहरु छताछुल्ल हुने गरि पोख्नु भएको रहेछ ! निकै राम्रो रहेको छ !
तर एउटा कुरा , यसलाई कविता भन्दा पनि मोनोवाद जस्तो कुनै लेख नै लेख्नु भएको भए जाति हुने थियो कि ?

र विजय दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना छ - मनु जी !

मनु ठाडा मगर (MANU) said...

सुर्य जि र वेद जी दुवै जनामा समग्र रुपमा ढिलै भए पनि बिजया दशमी २०६७ को हार्दिक मँगलमय शुभकामना । अ........ खै वेद जी हुन त रमाइलै हुन्थ्यो होला है तर कस्तो अल्छि भा छु के म अचेल त्यै भएर यसो झारो टार्ने काम मात्र गरे अव यसैलाई त्यो रुपमा ढाल्न पर्ला एक दिन धन्यवाद है सुझाव को लागी ।