समयको भुमरी अनि परिस्थितीको खेलहरुमा
जीन्दगीको लडाईं लड्दै पड्दै जिवनलाइ खोज्दै थिए
कहिले अर्काको लागि त कहिले आफ्नै पहिचानको लागि किन नहोस
असहज र व्याकुलता भित्रको अन्तरद्वन्दमा फस्दै थिए
कहिले यही मनलाई ताल्चा मार्दै त कहिले आफैलाई सम्हाल्दै
सम्झौताका बाटाहरुमा बाटो खोज्दै एक्लै अघि बढ्दै थिए
आशाका दियालोहरुसगैँ एउटा पुर्ण तर सुनौलो विहानीको प्रतिक्षामा
जीवनको परिभाषा अलग अलग अनुभबहरुमा खोज्दै थिए
यहि एक मुठि सास बचाउने एक मुख माडको होडबाजीमा
एक माझीले डुगाँ खियाए जस्तै जीवनको रुप खोतल्दै थिए
तर जीवन आफै माथीको अन्याय र अत्याचारको प्रत्यक्ष साक्षी बनि
बिना प्रतिकार धैर्य गर्दै मौन प्रतिक्रिया दिदै वस्दो रहेछ
वास्तवमा जीवन सधैं देखे र भोगे जस्तो कहाँ हुदो रहेछ र ?
मानिसको जीवन देखे भन्दा धेरै अलग धारमा बग्दो रहेछ
चाहे त्यो आफ्नो भुमीमा होस वा भुमीवाट कोशौ टाढा
जिउनु र जियाउनु कै चक्रमा अघि पछि दौडीरहदो रहेछ
मनको इच्छा र अभिलाषालाई मारेर होस् वा लत्कारेर
आफ्नो अस्तित्वलाई ओझेल पारेर किन नहोस्
लक्ष्य र गन्तब्यहरुबाट अलग धार बनाएर बग्दो रहेछ
उहि पापी पेटको सवाल जवाफमा अल्झिइदो रहेछ
जीवनलाई कहाँ, कहाँ मात्र पुराउन्न रहेछ मान्छे
कहिले रणभुमीमा त कहिल्य मरुभुमीमा उभ्याइदै
कहिले समतल मैदानमा त कहिले कठाग्रीने जाडोमा
बिचरा हाम्रो जीवन एकतमासले आफ्नै तमासा हेरी बस्दो रहेछ
बिचरा हाम्रो जीवन एकतमासले आफ्नै तमासा हेरी बस्दो रहेछ।।।

No comments:
Post a Comment