हरेक वर्ष मार्च ८ मा मनाइने नारी दिवस फेरी यो बर्ष पनि घुम्दै फिर्दै आइ पुगेको छ । हरेक महिला समुह तथा हरेक महिलाहरुले मनाइने यो दिवसमा महिला अधिकारको पक्षमा भाषण, प्रतिबद्धता, अभियान र दिवसको अभाव छैन । हरेक वर्ष केही न केही नारा राखेर महिलाविरुद्धको हिसाबिरोधी अभियानमा लागि रहेकै छन् नेपाली महिलाहरु। यद्धपि महिला दिवस मनाउने क्रममै महिला अधिकार हननका घटनाहरू पनि सार्वजनिक नभैरहेका होइनन्। यसले महिला अधिकारको तथा हिंसा निर्मूल पार्ने स्पष्ट सरकारी नीतिको अभाव तथा भएका नीतिको कार्यान्वयन एवं अनुगमन गर्न नसकी सामाजिक परिवर्तन तथा सोचमा परिबर्तन आउन नसकेको प्रष्ट छ ।
शैक्षिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक सबै हिसाबमा अझै पनि पछाडी नै छ। नेपाली समाजमा अझै पनि कुनै पुरुष महिलामाथि निर्भर रहेको देख्न र सुन्न कठिन छ। यसको प्रमुख कारण हो बिधमान पितृसत्तामक तथा पुरातन पुरुषवादी सोच, संस्कार एवं सामाजिकीकरण। अझै पनि समाजले कुनै पुरुष आफ्नी श्रीमतीमा निर्भर रहेको पचाउँदैन। यहा सम्मकि कमाई गरेर ल्याए पनि महिला नै घरको प्रमुख पुरुष नै दरिनु पर्ने हुन्छ। यसको स्पष्ट अर्थ महिला सधैं पछाडि नै रहनुपर्छ। पारिवारिक होस् वा अन्य निर्णायक कुरामा पुरुषको बोली सर्वेसर्वा हुन्छ भने परिवारभित्र महिलाको स्थान नगन्य हुन्छ। हरेक दृष्टिकोणले पछाडि पारिएका नेपाली महिलाहरू विभिन्न खालका हिंसा र विभेदको सिकार हुन बाध्य छन्।
घरेलु हिंसा
लैंगिक विभेद
धर्म, संस्कृति र संस्कारले गरेको विभेद
सम्पत्तिमा अधिकार
आमाको नाममा नागरिकता
निर्णायक तहमा कम महिला
धर्मलाइ आधार बनाएर महिलामाथि गरिने विभेदहरु थुप्रै छन् हाम्रो समाजमा। हाम्रो धर्म तथा धार्मिक ग्रन्थमा महिलालाई लिएर उल्लेख भएका कतिपय मन्त्रको उदाहरण दिँदै समाजमा महिलाप्रति सोहीअनुरूपको व्यवहार गरिन्छ। नारी शालीन, सौम्य, कम बोल्ने, सहनशील हुनुपर्छ भन्ने भनाइअनुरूप प्रायः महिला आफूलाई उक्त छविमा ढाल्नु पर्ने हुन्छ जसको परिणाम शैक्षिक क्षेत्रहोस वा कार्य क्षेत्रमा नै लिगँ छुट्याइनु पर्ने हुन्छ । छोरी जन्मिएपछि नै अर्काको घरमा जाने जाति रूपमा परिचित हुनु पर्छ भने छोरा वंश धान्ने अंशियारका रूपमा। लिङ्गका आधारमा गरिने विभेद नै लैङ्गकि विभेद हो। अमेरिका, युरोपजस्ता अति विकसित मुलुकमा समेत महिलाहरू विभेदको सिकार भएका घटनाले समाचारको रूप पाइरहेका हुन्छन्। हाम्रो धर्ममा छोरी जन्मदा र छोरा जन्मदाकै कतिपय संस्कार फरक हुन्छन्, जस्तो कि छोराको ६ महिनामा र छोरीको ५ महिनामा अन्नप्रासन गरिन्छ। महिला भएकै कारण घरपरिवारभित्र भोग्नुपर्ने विविध खालका असमान व्यवहार तथा विभेद नै घरेलु हिंसा हो। हाम्रो समाजमा अझै पनि ठूला पारिवारिक निर्णयमा पुरुषको बाहुल्य हुनु पर्छ । श्रीमान् वा परिवारका अन्य सदस्यद्वारा महिलालाई मानसिक तथा शारीरिक यातना दिइदा पनि श्रीमान श्रीमति बिचको झगडा भनि कम महत्वका साथ हेरीनु, इमोसनल ब्ल्याकमेलिङ गर्नु, परिवारका सदस्य द्वारा महिलालाई यौन तथा मानसिक हिंसाको सिकार बनाउनु आदि घरेलु हिंसाभित्र पर्छन्। वैवाहिक बलात्कार, खान, लाउन नदिनु वा कुटपिट गर्नु, परपुरुषसँग सम्बन्ध राखेको आशंका गरी मानसिक यातना दिनु, हेपेर, होच्याएर बोल्नु वा सोहीअनुरूपको व्यवहार गर्नु, क्षमता प्रदर्शन गर्ने अवसर नदिनु, पठनपाठनलगायत बौद्धिक एवं व्यक्तित्व विकासमा बाधा पुर्यारउनु, अपशब्द प्रहार गरी गाली गर्नु आदि रुपका घरेलु हिंसाहरु हाम्रो देशमा मात्र नभै सँसार भरि नै यधपि छदैछ।
एउटै कोखबाट जन्मिएका सन्तानमा पनि फरक व्यवहारका साथ हुर्काइनाले बालबालिकामा विकृत भावना उत्पन्न हुन्छ। समान धरातलका दुई प्राणीमा फरक व्यवहारका कारण कतिपय छोराहरु जन्मसिद्ध अधिकार बोकेर आएको हुन्छ भने छोरी महिला भएकै कारणले उसलाई मानवसरह बाँच्न पनि कठिन हुन्छ। महिलाहरुले वंशजको सम्पत्तिमाथिको अधिकार माग्नु पनि आन्दोलन गर्नु परेको तितो यथार्थ हाम्रै सामु छन् ।अन्य देशमा झै आमाको नाममा नागरिकता पाउनु पर्छ भनि महिलावादीले आन्दोलन गरेर मात्र प्राप्त गरेका छन् ।आमाको नाममा नागरिकता दिने भन्ने कानुन त ल्यायो सरकारले तर आमाको नागरिकता श्रीमान्का नाममा भए मात्र उनका सन्तानले नागरिकता प्राप्त गर्न सक्ने भए। यस्ता खालका असमान व्यवहार, कानुन तथा नीति-नियमले नेपालका महिला विभेदित अवस्थामा भएको कुरा प्रस्ट हुन्छ। लामो समयको आन्दोलनपछि नेपाली महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिए पनि अझै सम्म निर्णायक तहमा महिलाको पहुँच कम नै छ। महिलालाई कोटा पुर्यावउन वा महिला पनि सहभागी छन् है भनेर देखाउन मात्र ठुलो कुरा होइन ।उनिहरुलाई पनि मौका प्रदान गरि निर्णायक तह सम्म पुराउनु आवश्यक छ । पूर्णरूपमा अधिकार प्राप्त गर्न हाम्रो संस्कार-संस्कृतिले निम्त्याएका विभेदमूलक सांस्कृतिक कुरामा परिवर्तन आउनुपर्छ। महिला शिक्षा एवं आर्थिक सबलीकरणमा जोड दिनुपर्छ र कानुनमा उल्लेख भएका महिला अधिकारसम्बन्धी नियम-कानुन हैकमवादी परम्पराबाट मुक्त हुनुपर्छ। हामीमाझ विद्यमान अशिक्षा अर्को प्रमुख जड हो। जबसम्म महिलाहरू शिक्षित हुँदैनन् उनीहरूको आर्थिक स्थितिमा प्रभुत्व रहँदैन तव सम्म आर्थिक रूपमा सबल हुन मुस्किल छ । महिलाका पक्षमा हाम्रो कानुन कमजोर छ। भएका कानुन पनि कार्यान्वयन भएका छैनन्। ति कानुन पुर्ण रुपमा लागु गरिनु पर्छ ।
खैर !!!!!
घरेलु हिँसा वा लैंगिक विभेद अथवा धर्म, संस्कृति र संस्कारले गरेको विभेद नै किन नहोस अथवा
सम्पत्तिमाथिको अधिकार जुन सुकै समस्या भएता पनि हामी आफ्नो अधिकार प्राप्तिको लागी सँघर्षरत नेपाली नारीहरुले आज पनि पच्चिसौ अन्तराष्ट्रिय नारी दिवस मनाए । विश्वभर मनाइरहेको यो दिवसमा धनकुटाका बिभिन्न समुहका महिलाहरुले पनि छुट्टा छुट्टै कार्यक्रम आयोजना गरि मनाएका छन् र हामी मानबअधिकारबादी सँस्थामा कार्यरत महिलाहरुले पनि महिला हिसा अन्त्य गरौ सभ्य सहिष्णुता कायम गरौ भन्ने मुल नारा राखी खुल्ला सडक महिला मैत्रि दौडको आयोजना गरि मनाइयो जसमा १२ जना महिला दिदि बहिनिहरुको सहभागिता रहेको थियो । जसमा धनकुटाकै दुर्गा भण्डारी प्रथम कोपिला लिखा दोश्रो र बिना राई तेश्रो हुनु भएको छ । साथै र हाडी फुटाउने खेलको पनि आयोजना गरिएको थियो त्यसा भने १९ जना सहभागीहरुले नाम दर्ता गरेका थिए सातौ न कि खेलाडि दुर्गा भण्डारिले नै हाडी फुटाइ पुरस्कार हात पारिन । सहभागी हुने तथा पुरस्कृत हुने सबैलाई हार्दिक बधाई ।
शुभ रहोस यहाहरुको पल
No comments:
Post a Comment