Monday, March 12, 2012

यति खेर खेलमय बनेको छ नेपाल !! काठमाण्डौ र धनकुटा भने फुटबलमय !!!

खेल जिवनको एक महत्वपुर्ण सारथी हो जसले मानिसलाई स्वास्थ्य त राख्छ नै त्यसमाथी फुर्तिलो पनि बनाउछ । आजभोलि नेपाल निकै खेलमय बनेको छ गत हप्ता मात्र पश्चिमाञ्चल खेलकुद महोत्सब सम्पन्न भएको छ र केही दिन यता काठमाण्डौमा एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता भइ रहेको छ । हाल सम्म घरेलु टिम नेपाल प्यालेस्टाइन र माल्दिभ्स सँग खेलेका दुइ वटै खेलमा कुनै पनि गोल नलगाइ सेमि फाइनलमा पुग्ने आशा टुटाइ खेलबाट बाहिरिएको छ भने छिमेकी राष्ट्र भारतका खेलाडीहरु पनि खेलबाट बाहिरी सकेका छन् ।



धनकुटा पनि अहिले फुटबल मय बनेको छ । धनकुटाका शहिद भिमनारायण श्रेष्ठको स्मृतिमा हरेक बर्ष खेलाइने भिमनारायण कप खेल खेल्नको लागी देशका विभिन्न भाग र बिदेशबाट पनि खेलाडिहरु आउने गरेका छन् । एक हप्ता सम्म चल्ने भिमनारायण कप फुटबल खेलमा सदाका बर्षहरुमा झै यो बर्षपनि बँगलादेश, पाकिस्तान, भारतको दार्जिलिङ र सिक्किमबाट खेलाडीहरु आएका छन् । खेलको आज तेश्रो दिन झापा र रुपन्देही भिड्दै छन् । यो भन्दा अगाडी सुनसरी र घरेलु टोली धनकुटा बि अनि मोरङ र बँगलादेशको खेल सकिसकेको छ भने सुनसरी र बँगलादेश बिजयी भइ सेमिफाइनलमा प्रबेश गरि सकेका छन् । अझै घरेलु टिम धनकुटा ए लगाएत अन्य थुप्रै खेलहरु हुन बाकी नै छ । तर निगाल्दो फागुन र लाग्दो चैत्रको हावाले खेलमैदानमा उडेको धुलोको कारण खेलाडीहरुलाई र प्याराफिटमा बसेर हेर्ने दर्शकहरुलाई पनि गाह्रो बनाएको छ ।
खेल हो हार जित त भइ हाल्छ त्यसैले खेलाडीहरु सबैले सदभाव र सहिष्णुता कायम राखुन ।

No comments: